दार्चुलाबाट सुरु हुँदै एमाले चुनावी सभा
१४ कार्तिक २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
दार्चुलाबाट सुरु हुँदै एमाले चुनावी सभा

एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उम्मेदवारी दर्तापछि घरदैलो गरिरहेका नेताहरूले अब खुला सभाको कार्यक्रम पनि बनाएका छन्।  

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले १८ गते दार्चुलाको खलंगामा पहिलो चुनावी सभा गर्ने भएको छ। ओलीले दार्चुलासँगै कैलाली, कञ्चनपुरलगायत जिल्लामा हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्। एमालेले राष्ट्रियतालाई चुनावी मुद्दा बनाएको छ। उसले पहिलो चुनावी सभा दार्चुलामा राख्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ। एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागसमेत समेटेर नेपालको चुच्चे नक्सा प्रकाशन गरेका थिए। नक्सामा पछिल्लो पटक समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतसँग कूटनीतिक पहल गरी फिर्ता गर्न एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने नेताहरूले बताउँदै आएका छन्। सुदूरपश्चिमको दार्चुलामा पहिलो चुनावी सभा राखेर त्यहाँबाट यो विषयलाई उठाउने एमाले रणनीति छ।

‘१८ गते बिहान ११ बजे दार्चुलामा हुने सभालाई सम्बोधन गर्न ओली हेलिकोप्टरबाट त्यहाँ जानुहुनेछ’, प्रचार विभाग उपप्रमुख रिजालले भने। रिजालका अनुसार त्यसै दिन उनले सुदूरपश्चिमका अन्य दुई जिल्लामा हुने सभालाई पनि सम्बोधन गर्नेछन्। ती जिल्लाको कार्यक्रम भने तय भइसकेको छैन।

तीन दिनअघि मात्रै महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा भारतीय पक्षले बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका २ दुम्लिङका नौ वर्षीय पवन महराको मृत्यु भएको घटनालाई लिएर एमालेले आपत्ति जनाइसकेको छ। सभामा एमालेले यो विषयलाई पनि प्राथमिकताका साथ उठाउने बताइएको छ। ‘सुदूरपश्चिममा एमालेको संगठन केही कमजोरजस्तो भएको र स्थानीय नेताहरूले पनि पार्टी अध्यक्षको माग गरेकाले पहिलो सभा दार्चुलामा हुन लागेको हो,’ एमालेका एक नेताले भने।  

ती नेताका अनुसार एमालेले जनमत आफ्नो पक्षमा ल्याउन अध्यक्ष ओलीले सम्बोधन गर्नेगरी चुनावी सभा गर्न लागेको हो। भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ जेठ ७ गते नेपालको चुच्चे नक्सा प्रकाशन गरेको थियो। यो विषयलाई चुनावी अजेन्डा बनाउन एमालेले पहिलो चुनावी सभा दार्चुलामा राखेको एमाले नेताहरूले बताएका छन्। भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर एमाले नेतृत्वको सरकारले नक्सा जारी गरेको र उक्त जमिन फिर्ता ल्याउन पनि एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने नेताहरूले बताउँदै आएका छन्। नेपालको अतिक्रमित भूभागसमेत समेटेर नक्सा जारी गरेका कारण आफू नेतृत्वको सरकारलाई हटाइएको ओलीको बुझाइ छ।

एमाले प्रचार विभाग उपप्रमुख रिजालका अनुसार पार्टीले कात्तिक १८ देखि मंसिर १ गतेसम्म विभिन्न जिल्लामा चुनावी सभा गर्ने छ। अध्यक्ष ओलीले ४० जिल्लाका ५० निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्नेछन्। सुदूरपश्चिम प्रदेशका दार्चुला, कैलाली, कञ्चनपुर, कर्णाली प्रदेशका केही जिल्ला, लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्रदेश १ का झापा, मोरङ, सुनसरी, वाग्मती प्रदेशका केही जिल्ला, गण्डकी प्रदेश, मधेश प्रदेशका जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने छन्। रिजालले ओलीले सम्बाधेन गर्ने केही जिल्लाका कार्यक्रम तय भइसकेको र केही जिल्लामा तय हुन बाँकी रहेको बताए। ओलीले सम्बोधन गर्न नभ्याएका जिल्ला र निर्वाचन क्षेत्रमा उपाध्यक्षहरू युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु रिमाललगायतका पदाधिकारीले सम्बोधन गर्नेछन्।

ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न कार्यक्रम सकेर देश दौडाहमा निस्किन थालेका हुन्। एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। दार्चुलामा एमालेका गणेश ठगुन्ना र सत्ता गठबन्धनका दिलेन्द्रप्रसाद बडु चुनावी मैदानमा छन्।

लोकप्रिय
अर्को समाचार
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष
२६ माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।

बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस