एमालेले जिते ओली प्रधानमन्त्री
१२ भदौ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमालेले जिते ओली प्रधानमन्त्री

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ। एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न र लोकप्रिय मत हासिल गर्न प्रधानमन्त्रीमा ओलीलाई अघि सारेर चुनावमा जाने निर्णय शनिबार केन्द्रीय समिति बैठकले गरेको हो। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भइसकेको छ।  

ओलीलाई एकपटक पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय बैठकले गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिए। उनका अनुसार मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सक्ने ‘भिजन’ भएको नेता चाहिएकाले ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो। ‘सत्ता गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को हुने भन्ने हानथाप छ। गठबन्धनको भिजन र मिसन के हो भन्ने पनि कसैलाई थाहा छैन। त्यसकारण जनताले मुलुकमा राजनीतिक स्थायित्व खोजेकाले त्यसका लागि अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय एमाले केन्द्रीय कमिटी बैठकले गरेको हो,’ ज्ञवालीले भने।

ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपालको मिचिएको भूमि समेटेर चुच्चे नक्सा जारी गरिएको थियो। २०७४ सालको निर्वाचनपछि ओली दोस्रोपटक प्रधानमन्त्री भएका थिए। पहिलोपटक प्रधानमन्त्री (संविधानसभाबाट संविधान जारी भएपछि) भएका बेला ओलीले भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेका थिए।

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि मुलुकलाई राजनीतिक स्थायित्व दिनु अहिलेको आवश्यकता रहेकाले प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीलाई अघि सारिएको बताए। मुलुकको आवश्यकतालाई ध्यान दिएरै यस्तो निर्णय गरिएको जिकिर उनले गरे। ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार तोकेर निर्वाचनमा जानु उपयुक्त हुने देखियो,’ एमाले उपमहासचिवसमेत रहेका गुरुङले भने। राष्ट्रियताको सवालमा दूरगामी निर्णय गर्न र त्यसलाई टुंगोमा पुर्‍याउन पनि दुईपटक प्रधानमन्त्री भएका ओलीलाई एमालेले फेरि प्रधानमन्त्रीका रूपमा अघि सारेको उनको भनाइ थियो।

बैठकले चुनावी कमान्डर ओलीलाई तोक्दै उम्मेदवार छनोट मापदण्ड पनि तय गरेको छ। शुक्रबार सुरु भई शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत रूपमा छलफल भएको थियो। समूहगत छलफलपछि बैठकले ओलीको प्रतिवेदन पारित गर्दै उम्मेदवार छनोट मापदण्डसमेत तय गरेको हो। ‘पार्टीलाई संगठनात्मक र वैचारिक रूपले एकताबद्ध तथा कार्यशैलीमा एकरूपता ल्याउन अध्यक्ष ओलीको प्रतिवेदन पारित भएको छ, जसले पार्टीभित्र एकमना एकताको सन्देश दिएको छ,’ प्रचार विभाग प्रमुख गुरुङले भने।

उम्मेदवार छनोटका पाँच मापदण्डमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता छन्। बैठकले भदौ २२ भित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। गुरुङले समानुपातिकतर्फ नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशितालाई ध्यान गर्न निर्देशन दिइएको बताए। जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुन सक्ने पनि उनले बताए।

त्यस्तै प्रत्यक्षतर्फ उम्मेदवारका लागि कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय बैठकले गरेको छ। उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक रायसुझावसहित केन्द्रमा पठाउनुपर्ने गुरुङले बताए।

गुरुङले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई पुनः दोहोर्‍याउनु न्यायोचित नहुने ठहर बैठकले गरेको बताए। स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा दिएर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार बन्न नदिने एमालेले जनाएको छ।

सहकार्यका लागि आह्वान

एमाले अध्यक्ष ओलीले केन्द्रीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रगतिशील र वामपन्थीहरूको एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले समापन सम्बोधनका क्रममा एकता र सहकार्यको सम्भावना कायमै रहेको बताउँदै सहकार्यका लागि आह्वान गरेका छन्। ‘नेकपा एमाले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूको एकता र सहकार्यका लागि आह्वान गर्छ तर त्यस्तो एकता सक्कली हुनुपर्छ। एकताका नाममा अल्मलिने भूलचाहिँ एमालेले गर्दैन,’ ओलीले भने। उनले दक्षिणपन्थी शक्तिहरूलाई पार लगाउन केही शक्ति उतैतिर टाँसिएको बताए। तिनीहरूसँग सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे। ‘साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो,’ उनले भने, ‘विचार मिल्नेहरू एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं।’

ओलीले पार्टी निर्णय नगरी आफैं उम्मेदवारी घोषणा गर्दै हिँड्ने नेताहरूलाई त्यसो नगर्न चेतावनीसमेत दिए। ‘आफैं उम्मेदवार भएँ भन्दै नहिँडौं। पार्टीले निर्णय गर्न बाँकी छ,’ ओलीले निर्देशात्मक मन्तव्य दिँदै भने, ‘आफैंले आफैंलाई उम्मेदवार घोषणा गर्ने होइन। पार्टीले उठाए चुनाव लड्ने हो। पार्टीले जसलाई उठाउँछ उसैलाई जिताउने हो।’ ओलीले सामाजिक सञ्जाललाई एमालेको विचार प्रवाह गर्ने र पार्टीको पक्षमा जनतालाई प्रस्ट पार्ने माध्यमका रूपमा उपयोग गर्नसमेत निर्देशन दिएका छन्। ओलीले पार्टीको नीतिविपरीत नहिँड्न, विरोधीहरूका बीचमा पनि लोकप्रिय बन्न र पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत आग्रह गरे।

वाम गठबन्धनको प्रस्ताव पेस गरेका घनश्याम भुसाललगायत नेतालाई जवाफ दिँदै ओलीले एमाले सिध्याउन तयार भएकासँग कसरी गठबन्धन हुन्छ भनेर प्रश्न गरेका थिए। ‘तरबार लिएकासँग मित लाउन सकिन्न। एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन सक्दैनन्। उनीहरूसँग एकता र सहकार्य हुन सक्दैन,’ ओलीले भने ।

लोकप्रिय
अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस