संग्रह
नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने
नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।
‘ओलीको कारबाही दुराशयको निरन्तरता’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ।
नेपाललाई एक्ल्याउने ओली रणनीति
नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्। आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।
कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो
‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेत मात्रै हो, नकारात्मक ढंगबाट ओली जी हिँडे हाम्रा पनि बिकल्पहरु थुप्रै छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौँ,’ ज्ञवालीले नागरिकसंग भने ‘यदि अँझै त्यहि नकारात्मकताको बाटोमा हिँडिरहे हाम्रा यस्ता कैयन बिकल्पहरुलाई अन्य प्रदेशमा पनि खुल्ला राख्ने छौँ ।’
ओली नरम हुँदा नेपाल कडा
नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।
अर्थमन्त्रीले संसद्मा श्वेतपत्र प्रस्तुत गर्दै, ओलीले पनि सम्बोधन गर्ने
मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दैछन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची बनेको छ।
'केपी ओली भ्रष्टाचारका महानायक हुन्'
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए।
एमाले एकताको अस्त्र : १० बुँदे सहमति
नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गरिन्, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गरेकी थिइन्।
पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने
विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।