ओली नरम हुँदा नेपाल कडा
०९ साउन २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली नरम हुँदा नेपाल कडा

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।

यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ। ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिएका थिए। उनले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिनाह भएको घोषणा गरेका थिए। ‘उहाँ (ओली) ले पार्टी एकताकै लागि लचिलो नीति लिनुभएको हो। बैठकले पनि विवाद निरुपण गर्ने, संवाद गर्ने र पहल गर्ने जिम्मेवारी उहाँलाई नै दिएको छ’, प्रवक्ता प्रदीप ज्ञवालीले भने।

ओलीले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता बचाइराख्न वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए। त्यसको प्रतिक्रियास्वरुप बिहीबार नेपालले आफू कुनै प्रलोभनमा नपर्ने बताए। त्यसपछि शुक्रबार नेपालले ओलीको आम माफीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरू जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। महाराजाधिराज बोल्नुभएको छ। हामी गदगद भयौं। हाम्रा महाराजाधिराज कति खुसी भएछन्, हामीलाई आम माफी दिएछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो।’ नेपालले ओलीप्रति व्यंग्य गर्दै थपे, ‘यही हो कम्युनिस्ट प्रवृत्ति ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ 

४३औं पुष्पलाल स्मृतिदिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालले एकताका लागि आफूले संयम अपनाउँदाअपनाउँदै पनि ओलीमा सुधार नदेखिएको बताए। ‘म त मान्छे सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, पुष्पलाल स्मृतिसम्बन्धी चम्पादेवीको कार्यक्रममा मैले मिठोमिठो शब्द मात्र निकालें, एउटा शब्द पनि तलमाथि ननिस्कोस् भन्ने सोचें तैपनि सुध्रने कुरै छैन,’ नेपालले शुक्रबारको कार्यक्रममा भने।

असार २७ गते राति एमाले विवाद निरुपणका लागि बनेको कार्यदलका सदस्यले तयार पारेको १० बुँदे सहमति प्रस्तावमा नेता नेपालले असहमति रहेको जनाउ दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थासम्म आइपुग्दा आफूले कार्यदलमा पठाएका सदस्यहरूको आग्रहलाई समेत नेपालले अस्वीकार गर्दै आए। उता ओलीले पनि बालकोट पुगेर नेपाललाई पार्टीमा कुनै स्थान नभएको र लाल गद्दार घोषणा गरेर १० बुँदे सहमति कार्यान्वयन नहुने संकेत गरेका थिए। यसबीचमा ओली पक्षले बाँदर जुलुस निकाल्ने र नेपालको पुतला जलाउनेसम्मको काम गरेपछि नेपाल पक्षबाट अखिल फोर्स, पिपुल्स भोलेन्टियर्स बनाउनेजस्ता काम भए।

यसैबीच ओली पक्षले गत आइतबार स्थायी कमिटी बैठकबाट १० बुँदे प्रस्ताव अनुमोदन गरेर एकताका लागि थोरै लचकता प्रस्तुत गरेको थियो। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोधेर एकता कठिन मोडमा पुर्‍याएको संकेत गरेको थियो। त्यसपछिका सबै बैठकमा ओलीलाई पार्टी एकताका लागि दबाब बढ्दै गयो। अनि उनले आम माफीको घोषणा गरे। तर नेपालले सत्ताच्युत भएपछि पनि ओलीमा दम्भ र अहंकार उस्तै रहेको, आफूलाई गुन्डा देखाएर तर्साउन खोजेको आरोप लगाएका छन्। 

‘दिउँसो (बिहीबार) म भक्तपुरमा गएँ। १ हजार १ सदस्यीय पिपुल्स भोलेन्टियर्स घोषणामा मैले भनें– डनगिरी नसिक्नु, सताउने काम नगर्नु, अनि माधव नेपालको घरको वरिपरि गएर बाँदर जुलुस निकाल्ने बाँदरे प्रवृत्ति नबोक्नु। माधव नेपालको घरछेउ रिङरोडमा राति १० बजेको समयमा २०/२५ जना पुगेका थिए। उपरखुट्टी लगाएर मोटरसाइकलमा बसेका रहेछन्। माधव नेपाल तर्साउँदा तर्सिने मान्छे हो ? कोही तर्सिनेवाला छैन। हामी विशेष धातुले बनेका मान्छे हौं। स्टालिनले भनेझैं कम्युनिस्टहरू विशेष धातुले बनेका हुन्छन्, सबैलाई चेतना भया,’ नेपालले भने। त्यसपछि उनले आफू सिंगो पार्टीलाई एकताबद्ध बनाउन लागेको बताए। ‘हामी सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौं। सिंगै पार्टी एकताबद्ध हुन सक्दैन भने सहकार्य गरेर जान चाहन्छौं। मतभिन्नताका बीचमा पनि एकताको सम्भावना खोजी गर्छौं’, नेपालले भने, ‘राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, विकास निर्माण, भ्रष्टाचारको विरोधलगायतका विषयमा हामी सँगसँगै कार्यगत एकता गरेर जान सक्छौं, आन्दोलनलाई त्यसरी पनि लैजानुपर्ने आवश्यकता छ।’

नेता नेपालले ओलीको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठेको बताएका छन्। ‘दुईतिहाइ बहुमत पाएको कम्युनिस्ट पार्टी, नेकपा एमाले १ सय २१ सिटबाट घट्दा घट्दा ८३ मा पुगेको छ, अझै कति घट्ने हो ठेगान छैन। जसले आफ्नो घर सम्हाल्न सक्दैन, आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन, पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न सक्दैन, त्यसले समाजको अन्तरविरोधको के समाधान गर्न सक्छ’, नेपालले भने। उनले पार्टीभित्रको अहिलेको अन्तरविरोध पद र प्रतिष्ठासँग जोडिएको नभई ओलीसँगको चरम अविश्वासले उत्पन्न भएको बताए। 

‘पार्टीको अन्तरविरोध पदप्रतिष्ठा, इगोको लडाइँको होइन। यो वैचारिक मान्यताबीचको, वैचारिक विचालनसँग जोडिएको लडाइँ हो, पार्टीभित्र देखा परेका विकृति, विसंगतिहरू, नीति, विचार, विधि र आचरणसँग जोडिएको अन्तरविरोध हो। आपसी विश्वासको पक्ष पनि आएको छ किनभने हाम्रो व्यवहारले ठूलो अविश्वासको खाडल पैदा गरेको छ। एकसेएक तथ्य प्रमाणहरू छन्, त्यसकारण ती सबैको गहिरो चिरफार गर्नुस्, समय धेरै गइसकेको छ,’ उनले भने।

अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस