संग्रह
तानातानमा जसपा
नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्।
कैलालीमा झडप
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।
रसुवामा नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्नै कार्यालयमा बोर्ड राखे
रसुवामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आ–आफ्नै कार्यालयमा बोर्ड राखेका छन्। एमाले र माओवादी (केन्द्र) एकीकरण हुनु अगाडि सञ्चालनमा रहेका कार्यालयमा बोर्ड राखिएको हो।
महन्थ बन्लान् प्रधानमन्त्री
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।
मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ : यामलाल कँडेल (अन्तर्वार्ता)
एमालेका १९ जना माननीयहरुले संसदीय दलले के भन्छ त्यो अनुसार चल्नुपर्ने हुन्छ । संसदभित्र रहेका राजनीतिक पार्टीहरुको अव दलगत सम्वन्ध हुन्छ । व्यक्तिगत सम्वन्ध व्यवहारिक हुनसक्छ तर, राजनीतिमा त्यसले काम गर्दैन् ।
नेपाल पक्षले स्पष्टीकरण नदिने
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।
‘पार्टीभित्रै संघर्ष आत्मसमर्पण असम्भव’
नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो।
ओलीलाई घनश्याम भुषालको पत्रः कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्, अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्
नेकपा एमाले नेता घनश्याम भुषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। भुषालले मंगलबार पठाएको पत्रमा प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दे उनले लगाएको आरोप बनावटी भएको बताएका छन् ।
नेता पाण्डेको अध्यक्ष ओलीलाई प्रश्नः प्रचण्डको मतियार तपाई हो कि अरु कोही?
उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, 'मलाई 'प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो। किनकि ०७४ अशोज १५ गते तपाई एक्लैले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो।'
घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिकाे कार्बाही भद्दा मजाकः योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कार्बाही भद्दा मजाक भएको टिप्पणी गरेका छन्।