प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन्। ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन्। नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्। आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।
‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ। यद्यपि उहाँहरूको कुरा खास अर्थपूर्ण छैन’, नेपाल पक्षका एक नेताले भने। ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन्। खनालको स्वास्थ्यअवस्था बुझ्ने बहानामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन्।
डल्लुस्थित इतिहासकार महेशराज पन्तको पुस्तकालय अवलोकन गर्ने कार्यक्रम तय गरेर खनाललाई भेट्न पुगेकी भण्डारीले ओलीलाई सहयोग पुग्नेगरी पार्टी एकतामा जोड दिएकी थिइन्। ‘एमाले विभाजित हुनुहुँदैन। सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भएकाले पनि एमालेलाई एकताबद्ध बनाउने काममा तपाईंको भूमिका मुख्य रहन्छ। सकेसम्म पार्टी एकताबद्ध बनाउने जिम्मा तपाईंको पनि हो’, राष्ट्रपति भण्डारीले खनालसँग भनेकी थिइन्। खनाल पार्टी अध्यक्ष भएका बेला भण्डारी उपाध्यक्ष थिइन्। त्यसकारण पनि ओली–खनाल मिलेर जानुपर्ने उनको संकेत थियो।
दोस्रो पटक राष्ट्रपति हुने बेलामा भण्डारीले खनालसँगै लामै कुराकानी गरेकी थिइन्। त्यसपछि भने उनीहरूबीच खासै कुराकानी भएको थिएन। त्यति बेला खनालले पनि राष्ट्रपति बन्न इच्छा देखाएका थिए तर पाएनन्। त्यसपछिका तीन वर्ष उनीहरूबीच भेटघाट र कुराकानी भएको थिएन। शनिबार अचानक खनाललाई भेट्न पुगेकी भण्डारीले उनीसँग एक घण्टा कुरा गरेकी थिइन्। खनालको स्वास्थ्य अवस्थाबाट सुरु भएको कुराकानीमा मुलुकको स्वास्थ्य अवस्था हुँदै पार्टीको आन्तरिक जीवनमा आएको संकटबारे छलफल भएको थियो।
‘राष्ट्रपतिज्यूले एमाले विभाजन हुनु राम्रो होइन भन्नुभयो। खनालले पनि पार्टी विभाजन हुनुहुँदैन, त्यसका लागि आफूहरू चिन्तित रहेको बताउनु भयो’, खनाल निकट स्रोतले भन्यो। खनाल आफैंले पनि राष्ट्रपतिबाट एमाले विभाजन नहोस् भन्नेमा जोड रहेको बताएका थिए। ‘उहाँ आउनुभयो, मैले स्वागत गरें। पार्टीहरू विभाजन हुन राम्रो होइन, एमालेमा पनि विवाद नहोस् भन्ने उहाँको चाहना देखियो’, खनालले शनिबार भनेका थिए।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलगअलग पार्टीको रूपमा कायम रहन भनेसँगै एकीकृत ‘नेकपा’ मा विभाजन भयो। दुई पार्टी पूर्ववत् अवस्थामा फर्केपछि एमालेभित्र ओली समूहले नेपाल पक्षलाई निषेध गरेको छ। फागुन २८ गते ओलीले एमाले केन्द्रीय कमिटीको बैठक राखी आफू अनुकूल निर्णय गरेपछि खनाल–नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो। सोही अनुरूप अहिले देशभर समानान्तर कमिटी गठन भइरहेका छन्।
नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले गत साता केन्द्रीय कमिटी बैठकमा एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने सम्भावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयसहित प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई त्यही बैठकले अस्वीकार गरिदियो। त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुई महिने कार्यक्रम घोषणा ग¥यो। सो निर्णयलगत्तै खनाल–नेपाल समूहले सातवटै प्रदेशका इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउन थाल्यो।
एमालेका ७ लाख संगठित सदस्यमध्ये साढे तीन लाख आफ्नो पक्षमा रहेको दाबी गर्दै खनाल–नेपाल समूहले युवा, विद्यार्थी र जिल्ला कमिटीहरू बनाउन थालेपछि ओली पक्ष अप्ठ्यारोमा पर्यो। यसै कारण राष्ट्रपति भण्डारी एमालेलाई विभाजन हुन नदिन खनाललाई भेट्न पुगेको अनुमान गरिएको छ। भेटको मुख्य उद्देश्य खनालमार्फत पार्टी विभाजन रोक्न कोसिस गर्नु, खनाल निकट नेताकार्यकर्तालाई ओली समूहमै क्रियाशील गराउनु र विरोधका आवाज मत्थर बनाउनु रहेको थियो। खनालले राष्ट्रपतिसँगको भेटका क्रममा पार्टी विभाजन हुन नदिने तर आन्तरिक संघर्ष भने जारी राख्ने जवाफ दिएका थिए।
‘उहाँ (भण्डारी) ले पार्टी विभाजन नहोस् भन्ने उद्देश्य राख्नु स्वाभाविक हो, त्यसलाई अन्यथा मान्न मिल्दैन’, राष्ट्रपति निकट स्रोतले भन्यो। स्रोतका अनुसार राष्ट्रपति भण्डारीमा सक्रिय राजनीतिको चासो कायमै छ।
नेकपा अस्तित्वमा छँदाका बेला पार्टीमा विवाद बढ्दा पनि राष्ट्रपति भण्डारीले पालैपालो नेताहरूसँग भेटघाट गर्ने गरेकी थिइन्। उनले वामदेव गौतम, जनार्दन शर्मा, वर्षमान पुन, विष्णु पौडेल, ईश्वर पोखरेललगायतका नेतासँग नियमित परामर्श गर्ने गरेकी थिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।
भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।
उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।