नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने
०३ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने

नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन र पार्टीमा अनुशासनहीन काम गरेकाले उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। पार्टी विधानमा कुनै पनि सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ। ओलीलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट हटाउने तयारी नेपाल–दाहाल समूहको छ। विधानको व्यवस्थाअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको रावलले बताए।  

यसअघि पुस ७ गते बसेको नेपाल–दाहाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर सो पदमा माधवकुमार नेपाललाई चयन गरेको थियो। ‘पार्टी सदस्यताबाट पनि किन निष्कासन नगर्ने भनेर उहाँ (ओली) सँग पहिला स्पष्टीकरण माग गर्ने निर्णय भएको छ, त्यसपछि मात्रै अर्को कारबाहीको प्रक्रिया सुरु हुन्छ,’ रावलले भने। नेकपाको अन्तरिम विधानको धारा ५६ मा अनुशासनको कारबाही प्रक्रियाबारे उल्लेख छ। सो धाराको (क) मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा कारबाही गर्ने व्यवस्था छ। 

यसबाहेक केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत काम गरेमा अनुशासनको कारबाही गर्न सकिने विधानमा उल्लेख छ। सोही धाराको (ख) मा अनुशासनात्मक कारबाही र कारबाही प्रक्रियाबारे व्यवस्था छ। धारा ५६ (क) मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखित रूपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्थाअन्तर्गत ओलीलाई स्पष्टीकरण सोधिने बताइएको छ।

बैठकले ओली समूहमा रहेका महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रदेश १ का अध्यक्ष घनेन्द्र बस्नेत तथा सहइन्चार्ज जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, जयन्ती राई, राम कार्की, पदम राई र पेसल खतिवडालाई तोकेको छ। प्रदेश १ का इन्चार्ज भीम आचार्य छन्। बैठकमा सबै प्रदेशबाट पार्टीको रिपोर्टिङ लिइएको थियो। सातवटै प्रदेशको रिपोर्टिङ अनुसार ७० देखि ८० प्रतिशत नेताकार्यकर्ता नेपाल–दाहाल पक्षमा भएको निष्कर्ष निकालेको छ। ‘सबै कमिटीमा ७० देखि ८० प्रतिशत सदस्य रहेको रिपोर्टिङ छ,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने। 

नेपाल–दाहाल समूहले अब बस्ने स्थायी कमिटीको बैठकबाट ओली समूहमा गएका नेताहरूलाई सबै कमिटीबाट हटाउने र पदपूर्ति गर्ने तयारीसमेत गरेको छ। अबको स्थायी कमिटी बैठकबाट महासचिव पनि तोकिनेछ। स्थायी कमिटीको शुक्रबारको बैठकमा पार्टी एकता प्रक्रियालाई पूर्णता दिन बनाइएको कार्यदलले पेस गरेको प्रस्तावमा समेत छलफल भयो। प्रस्तावमा पूर्वएमालेले लिएको जिम्मेवारी र पूर्वमाओवादीले लिएको जिम्मेवारीलाई यथावत् राखेर कमिटीहरूलाई पूर्णता दिने उल्लेख छ।

बैठकले सहिद दिवसको अवसरमा १६ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन र आमसभा गर्ने निर्णय गरेको छ। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेपाल–दाहाल समूहले राजधानी केन्द्रित कार्यक्रममा जोड दिने नीति लिएको छ। बैठकमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। ब्रिफिङमा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको जानकारी गराइएको थियो। 

स्थायी कमिटी सदस्य रघु पन्तका अनुसार संघर्षका कार्यक्रम अघि बढाउन कांग्रेस वा अन्य दललाई साथमा लिने रणनीति बनाए पनि सफल नभएकाले आफ्नै शक्ति नै भरपुर उपयोग गर्ने निर्णय भएको छ। ‘अन्य दलले पनि आन्दोलन गरिरहेका छन् तर नेकपासँग भएको शक्तिलाई नै उतार्ने निर्णय गरिएको छ,’ पन्तले भने।

अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस