'केपी ओली भ्रष्टाचारका महानायक हुन्'
२६ साउन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
'केपी ओली भ्रष्टाचारका महानायक हुन्'

राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्।  

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। 

नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको बताउँदै उहाँले ओली सरकार पटकपटक भ्रष्टाचारमा डुबेको बताए। उनले कोभिड १९ मा पनि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको बताए।

उनले भने, 'हामीलाई सरकार बनाउने चाहना थिएन, पार्टीका संसदीय दलका नेताले पटक पटक सरकारमा जाने मेरो चाहना होइन भन्नुभएको थियो, जनताले दिएको म्यान्डेट, तर संसदमा बहुमत अर्कै पार्टीको नेतालाई मान्न तयार भएपछि के गर्ने ? संसद विघटन गरेर संसदलाई समाप्त गर्ने भ्रष्टाचारका महानायक केपी शर्मा ओलीले त्यो कदम चालेपछि हामी बाध्य भयौँ, सांसदहरु बाध्य हुनुभयो, आफैँले हस्ताक्षर गरेर दिएका माननीयहरुले भन्नुपर्यो, तपाईले सत्ताबाट अलग्गिनु पर्छ, त्यो स्थिती कसले ल्यायो ? हामीले ल्याएका हौँ?'

'सदनमा २ वर्षसम्म हामीले कुनै पनि अब्जेक्शन बिना समर्थन गर्यौं, हामीले नीति तथा कार्यक्रममा समेत समर्थन जनायौँ, तर यो सरकार पटक पटक भ्रष्टाचारमा डुब्न थाल्यो, कोभिड १९ आएपछि अर्बौं रुपैयाँ भ्रष्टाचार भएपछि हामीले बाध्य भएर मुलुकका जनताको जिउधनको सुरक्षा, संविधान बचाउन र भ्रष्टाचारीहरुका महानायक केपी शर्मा ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा ५ दलको गठबन्धन बनाएको हो।'

उनले केपी शर्मा ओलीलाई भ्रष्टाचारी राजनेता भने आफू स्वीकार्न तयार रहेको बताए। गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा २४ गते नै गर्नुपर्ने के जरुरी थियो भन्दै प्रश्न गरेका थिए।

उनले भने, 'गिरीबन्धु टी स्टेटको २८० बिघा जग्गा २४ गते नै गर्नुपर्ने के जरुरी थियो ? वैधानिकता सकिएको सरकारकमा अर्बौं रुपैयाँको भ्रष्टाचारमा संलग्न सरकारका प्रधानमन्त्री अनि राजनेता, भ्रष्टाचारी राजनेता भन्नुस्, स्वीकार्न म तयार छु, भ्रष्टाचारको नायिके भन्नुस् म स्वीकार्न तयार छु, तर राजनेता हुने चरित्र हुनुपर्यो, त्यो हामीले देखेनौँ।' 

कोभिड १९ का सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको बताउँदै उनले त्यसमा संलग्न हुने भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन पनि आग्रह गरे। 

अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस