ताप्लेजुङको फुङलिङमा निषेधाज्ञाको अवधि २४ जेठसम्मका लागि बढेको छ। जिल्ला प्रशासन कार्यालयले चौथो पटक निषेधाज्ञाको अवधि थप गर्दै २४ जेठसम्मका लागि निषेधाज्ञा थप भएको जनाएको हो।
तेस्रो पटक थपिएको निषेधाज्ञाको अवधि १७ जेठमा सकिँदै छ। आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले निषेधाज्ञा थप ७ दिनका लागि थप गरिएको जानकारी दिए।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।
व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।
शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।