एउटै गाउँका ५८ जनाको कोरोना परीक्षणमा ४८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएपछि ताप्लेजुङको तोक्मे क्षेत्रलाई सिल गरिने भएको छ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले स्थिति जटिल बन्दै गएको बताउँदै तोक्मे क्षेत्रमा सिल गरिने र घरभन्दा बाहिर निस्किए संक्रामक रोग निवारण ऐन अनुसार ठाउँको ठाउँ कारवाही गर्ने नीति लिएको जानकारी दिए।‘आफैंमा निशेधाज्ञा छ,तर पनि अबको प्रशासनिक उपस्थिति पहिले भन्दा कडाइ र ठाउँको ठाउँ कारवाही गर्ने उद्देश्यप्रेरित हुने छ’ प्रजिअ पाण्डेले भने।
ताप्लेजुङमा बिहीबारमात्र ताप्लेजुङमा ४८ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये २४ महिला र २४ पुरुषको रिर्पोट पोजेटिभ आएको प्रजिअ पाण्डेले बताए। बुधवार मात्र ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिएका थिए।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।
व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।
शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।