ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक वर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक वर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ लाख ३८ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सागर दाहालका अनुसार अघिल्लो आव २०७६/०७७ मा ६लाख ९८ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो।
दाहालका अनुसार चालू आवमा १ हजार ८५ वटा सवारीलाइ ट्राफिक नियम उल्लंघन गरे बापत कारवाही गरिएको छ। मापद पदार्थ सेवन गरी सवारी चलाउने,हेलमेट नलगाउने,नम्बर प्लेट नभएका र लापरवाही पूर्वक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्नेहरु कारवाहीमा परेका हुन्।
दाहालका अनुसार ६ सय वटा मोटरसाइकल,२ सय ७५ वटा जीप,१ सय ४९ वटा ट्राक्टर,४२ वटा ट्रक र १९ वटा अटो (टेम्पो) चालक सवारी नियम उल्लंघन गरे बापत कारवाहीमामा परेका छन्। अघिल्लो आवमा १ हजार १ सय ५० वटा सवारी कारवाहीमा परेका थिए। गत साउन १ गतेबाट यो असार ३१ सम्मको अवधिमा जम्मा १७ वटा दुर्घटना भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ति घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै पुरुष रहेको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा २३ जना घाइते भएका थिए।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।
व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।
शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।