ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?
२० फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?

बिहानको करिब ९ बजेतिरको समय। सबै खानापिनको तयारी गरिरहेको अवस्था। अचानक दोभान बजारलाई आगोको अन्धमुस्ल परिवेशले छोप्छ। साँघुरो बाटो र दायाँबाँया जोडिएर बनेका काठ र टिन मिश्रित घर। बजारको बीच भागबाट छुटेको आगो एकपछि अर्को घरलाइ लपेट्दै अघि बढ्छ। गुहारका चित्कार सुनिन्छन् तर आगो निभाउने अवस्था नै रहँदैन। निकै व्यस्त मानिएको दोभान बजार छिनभरमै उजाड भएको छ। मंगलवार बिहान दोभान बजारमा भएको आगलागिको घटनाले बर्षेनि आगलागिका भइरहने जिल्लाको रूपमा ताप्लेजुङलाइ फेरी चिनाएको मात्र छैन,खडेरी समयको सुरुवातमै दोभानवासीलाई पर्नुसम्मको पीडा पनि दिएको छ।  

‘अचानक आगो देखियो, निभाउन सम्भव पनि थिएन र भएन पनि,’ पीडित टंक खतिवडाले भने। उनले त्यहाँ मनि ट्रान्सफर र ग्लोबल आइएमई बैंकको शाखासहित बैंकिङ सेवासमेत सञ्चालन गरिररहेका थिए। अब उनका लागि ती सबै सम्झनामा मात्र सीमित भएका छन्। ‘हुनसम्मको पीडा आयो, सर्वश्व सकियो।’ अर्का पीडित डम्बर धितालले भने। स्थानीय भोला पौडेलेको घरनजिकबाट उम्किएको भनिएको आगो कसरी सुरु भयो भनेर केही पत्तो लागेको छैन।

फुङ्लिङ बजारतर्फबाट तमोर नदी र मैवाखोला तथा आठराई त्रिवेणीबाट मेवाखोला तरेपछि दोभान बजार आउँछ। मेरिङ्देन र मिक्वाखोला गाउँपालिका समेत यही केन्द्र हुँदै आउजाउ गरिछ। ताप्लेजुङकै दोस्रो ठूलो व्यापारिक केन्द्र र निर्वाचन क्षेत्र नं १(ख)का अधिकांश जनताको दैनिक उपभोग्यवस्तु खरिद–बिक्री गर्ने केन्द्र भएकोले दोभान बजारमा पसल ठूला–ठूला थिए। अलैंची कारोबारका लागि भण्डारणस्थलसमेत त्यहीँ बनाएर राखिएको र खाद्यान्न, लत्ताकपडा, भाडावर्तनसहितको निकै मोटो परिमाणमा कारोबार गर्नेहरूकै घर/पसल जलेकोले क्षतिको विवरण करोडौंको हुने अनुमान गरिएको छ। आगलागीका कारण ४९ घर जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक संकलन भएको जानकारी दिइन्। घरधनीबाहेक २२ परिवार बसेका घर÷डेरामा क्षति पुगेको उनले बताएकी छन्। 

‘केही पशु चौपायासमेत क्षत भएको भन्ने छ, तर क्षतिको तथ्यांक संकलनको कार्य बल्ल सुरु भएकाले त्यसको पूर्ण विवरण आउन समय लाग्छ,’ उनले भनिन्। प्रायः अधिकाँस काठ र टिनले बनेका घर र साँघुरो बाटो भएकोले आगोले छिनभरमै दोभान बजार खरानी बनाएको थियो। आगलागी सुरु भएको खबर पाउनासाथ पुगेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दाहरूले आगो निभाउने सक्दो प्रयास गरेका थिए। कच्ची सडक भएकोले दोभान बजारसम्म पुग्न फुङ्लिङको बारुण यन्त्रलाइ निकै समय लागेको थियो। सामान्यतया यात्रुबाहक साना सवारीलाई फुङ्लिङ बजारबाट दोभान पुग्न करिब १ घण्टा लाग्छ। आगो दन्किरहेको समयमा चलेको हावा, भण्डारण गरिएका ग्याँस सिलिण्डरको पड्काइ र एकपछि अर्को घर प्रवेश गर्दै सल्किएको आगोका कारण आगो नियन्त्रणमा ल्याउन भने अपराह्न करिब साढे २ बजेको थियो।  

पीडितलाइ राहत र पुनर्निर्माणमा सहयोग गर्छौं : प्रधानमन्त्री  

प्रधानमन्त्री केपी शर्मा ओलीले दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र दोभान बजार पुनर्निर्माणमा सरकारले सघाउने बताएका छन्। मंगलबार मोरङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पीडितलाइ तत्काल राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्ने बताए। उनले यस कार्यमा समन्वय र सहजीकरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाइ आग्रह गरेका छन्। यस्तै पूर्वपर्यटमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले समेत दोभान बजारमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आवासविहीन भएकालाई तत्काल राहात उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्। आगलागीलगत्तै विज्ञप्ति प्रकाशित गरी उनले यस्तो बताएका हुन्।

लोकप्रिय
अर्को समाचार
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो
११ मंसिर २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।

व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।

शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस