प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी
०७ असार २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी

इलाम जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् ।

सूर्याेदय नगरपालिकाले लकडाउन केही खुकुलो भएका बेला बेरोजगारको हातमुख जोर्ने अवसर दिनेगरी योजना सञ्चालन ग¥यो । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगरले यहीबेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा रोजगारी दिएपछि उनीहरूलाई खाने–लाउने मेलो मिलेको हो । नगरले वडा २ को रमिते खेलमैदान निर्माणमा ६७ जना, वडा ६ कार्यालय जाने सडक र कार्यालय परिसरको सडक स्तरोन्नतिमा ४८ जनालाई रोजगारी दिएको छ । वडा १४ को हजुरे खानेपानी मुहान संरक्षणमा पनि ३७ जनाले रोजगारी पाएको नगरका रोजगार कार्यक्रम संयोजक विष्णु रिजालले बताए । ‘लकडाउनका बेला राहत वितरण गर्नुभन्दा सुरक्षाका उपाय अपनाएर रोजगारी दिनु उचित लागेर हामीले कार्यक्रम सञ्चालन ग¥यौं,’ रिजालले भने, ‘बेरोजगार युवाले महिनादिन रोजगारी पाउनुभएको छ ।’  

चालू वर्ष सूर्याेदयलाई यस कार्यक्रममा २५ लाख ९२ हजार रुपैयाँ विनियोजित छ । ‘कार्यक्रम सम्पन्न हुँदा सबै बजेट सदुपयोग हुने नै सम्भावना छ,’ संयोजक रिजालले भने, ‘तीनवटा योजनामध्ये २ वटामा ९६÷९६ प्रतिशत र एउटामा ७५ प्रतिशत रकम श्रममै खर्च भएको छ ।’  

रोङ गाउँपालिकामा चालू वर्ष १६ लाख ४ हजार रुपैयाँ आएको छ । गाउँपालिकाले ६ वटै वडामा १० योजना सञ्चालन गरिरहेको छ । अहिले सबै योजनाको काम भइरहेको र १ सय २० जनाले रोजगारी पाएको कार्यक्रम संयोजक सुरबी गुरुङले बताइन् । ‘लकडाउनले गर्दा काम गर्न ढिलो भयो तर निर्धारित समयमा काम सक्नेगरी चलिरहेको छ,’ उनले भनिन् । रोङले पहिरो नियन्त्रणका लागि तारजाली, खोप केन्द्र भवन निर्माण, खानेपानी मुहान संरक्षण र सडकका योजनामा यो रकम खर्च गरेको छ ।  

माइजोगमाई गाउँपालिकाले वडा ३ को एउटै सडकको स्तरोन्नतिमा सबै रकम खर्च गर्दैछ । २ सयजनाले रोजगारी पाउनेगरी काम सुरु हुँदैगरेको कार्यक्रम संयोजक विवेक श्रेष्ठले बताए । माइजोगमाईमा चालू वर्ष यो कार्यक्रममार्फत् २७ लाख ८९ हजार रुपैयाँ विनियोजित छ ।  

जिल्लाका फाकफोकथुमबाहेक सबै नगर र गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम चल्दैछ । यी स्थानीय तहमा सडक, कुलो, सिँचाइ, भवनलगायतमा बेरोजगारहरूलाई महिनादिनसम्मको रोजगारी सिर्जना गरिएको स्थानीय तहहरूले जनाएका छन् । चालू वर्ष इलाम नगरपालिकामा १० लाख, देउमाई नगरमा १७ लाख ८१ हजार र माई नगरमा १३ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ । चुलाचुली गाउँपालिकामा १६ लाख ७ हजार, माङ्सेबुङमा १० लाख र सन्दकपुर गाउँपालिकामा  ३८ लाख २८ हजार रुपैयाँ विनियोजित छ । 

लोकप्रिय
अर्को समाचार
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
२१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन, जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ। वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने  उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ। पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ।  

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।  

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ। -रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस