संग्रह
तारे होटललाई क्वारेन्टिन बनाउने विषय टुंगिएन
कोरोना भाइरसको बढ्दो संक्रमणबीच सरकारले विदेशमा रोजगारी गुमाएका लाखौं नेपालीको उद्धार गर्न गृहकार्य थालेको छ । अलपत्र नेपालीको उद्धार मिति टुंगो नभए पनि नेपाल ल्याएर क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न छलफल चलिरहेको होटल व्यवसायीले बताएका छन् ।
ताप्लेजुङबाट विदेशिएका नागरिकको संख्या ७ हजार बढी
ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ ।
आजको आवश्यकता : नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन
कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी
जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् ।
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।