ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको संख्या ७ हजार २१६ जना रहेको पाइएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार यहाँका ९ स्थानीय तहका वडा समितिमार्फत रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि विदेशिएका नागरिकको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ । उनका अनुसार यि ४ कारणले भारत बिदेशिका नागरिकको संख्या ६ सय ७ जना रहेको छ ।
भारत बाहेक तेस्रो मुलुक गएका नागरिकको संख्या ६ हजार ६०९ जना रहेको छ । प्रजिअ निरौलाका अनुसार फुङ्लिङ नगरपालिकाबाट भारत गएका नागरिकको संख्या १ सय २ र भारतबाहेक तेस्रो मुलुक गएका नागरिकको संख्या १ हजार १४४ जना गरी कूल १ हजार ५४६ जना बिदेशिएका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकाबाट ३७ जना भारत र ५ सय २३ जना अन्य तेस्रो मुलुक गरी ५ सय ६० जना, मिक्वाखोला गाउँपालिकाबाट ३२ जना भारत र ३ सय ५१ जना अन्य तेस्रो मुलुक गरी ३ सय ८३ जना र मेरिङ्देन गाउँपालिकाबाट ८० जना भारत र ७ सय १ जना अन्य तेस्रो मुलुक गरी ७ सय ८१ जना बिदेशमा रहेको बिबरण जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ ।
यस्तै मैवाखोला गाउँपालिकाबाट ९७ जना भारत र ५ सय ९४ जना अन्य मुलुक गरी ६ सय ९१ जना, आठराई त्रिबेणी गाउँपालिकाबाट ४९ जना भारत र ७ सय ८० जना अन्य मुलुक गरी ८ सय २९ जना, पाथीभरा याङ्वरक गाउँपालिकाबाट ७४ जना भारत र ९ सय ३४ जना अन्य मुलुक गरी कूल १ हजार ८ जना रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि बिदेशीएको तथ्याङ्क प्राप्त भएको प्रजिअ निरौलाले बताए ।
सिरिजङ्घा गाउँपालिकाबाट १ सय २६ जना भारत र ८ सय ७३ जना अन्य मुलुक गरी ९ सय ९९ जना तथा सिदिङ्वा गाउँपालिकाबाट १० जना भारत र ४ सय ९ जना अन्य मुलुक गरी ४ सय १९ जना रोजगारी, भ्रमण अध्ययन र उपचारका लागि बिदेशीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले उडान उद्धार गरी ल्याउनुपर्ने अवस्था आएमा सो प्रयोजनका लागि ताप्लेजुङबाट रोजगारी, भ्रमण अध्ययन र उपचारका क्रममा भारतसहित तेस्रो मुलुक गएका नागरिकको तथ्याङ्क यहाँका सबै वडा समितिमार्फत स्थानीय तहले गर्ने निर्णय गरेको थियो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।
व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।
शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।