आजको आवश्यकता : नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन
२५ जेष्ठ २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
आजको आवश्यकता : नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन

कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजिन विधेयक २०७७’ माथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णराज विष्टले कोरोनाको सङ्त्रमणसँगै नयाँ श्रमशक्ति र रोजगारीबाट बाहिरिएका श्रमिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए ।

“नयाँ आउने श्रमशक्तिको व्यवस्थापनमा एकातिर समस्या बढ्दै गएको छ, अर्कातर्फ रोजगारीबाट बाहिरिने अवस्था ज्यादै चुनौतीपूर्ण बन्दैछ, अब अझै माथि उठेर देशमा रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नु जरुरी छ”, पूर्वश्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री विष्टले भने । 

कोभिड–१९ का कारण मुलुक ७० दिनभन्दा बढी समयदेखि बन्दाबन्दी अवस्थामा  रहेको, आर्थिक क्रियाकलाप चलायमान नहुँदा लाखौँ मजदूरले रोजगारी गुमाइसकेको, वैदेशिक रोजगारीमा गएका मजदू स्वदेश फर्कने क्रम शुरु भएको,  भइरहेको श्रमशक्ति रोजगारीबाट बाहिरिँदै गएका बेला बाहिरबाट फर्किएर आएका युवालाई रोजगारी दिनुपर्ने मुलुकसामु ठूलो चुनौती भएका  अवस्थामा तुलनात्मक हिसाबले उत्पादन वृृद्धिमा जोड दिनुपर्ने उनले बताए। मुलुकको उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सकिएन भने रोजगारीको अवसर सिर्जनाको कुनै सम्भावना नहुने र अर्थतन्त्रलाई समूल विकास गर्न नसकिने विष्टको धारणा थियो । 

दुई वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत दुई लाखलाई रोजगारी दिने गरी आगामी आवको बजेट विनियोजन भएको, अन्य विभिन्न शीर्षकमा समेत आगामी  आवमा रोजगारीलाई प्राथमिकता दिइएकाले  बजेटको प्रशंसा गर्दै उनले केन्द्र र प्रदेश तथा स्थानीय तहबीच समन्वय भएन भने अपेक्षानुसार प्रगति हासिल गर्न नसकिने जिकिर गरे ।

उनले श्रम बजारको माग र आपूर्तिका लागि काम र जनशक्तिका बीचमा सन्तुलन कायम गर्न नसक्दा हुने बेरोजगारीको अवस्था गम्भीर र चुनौतीपूर्ण रहेका अवस्थामा सरकारले सीपयुक्त जनशक्ति विकासका लागि बजेट व्यवस्थापन गर्नु सुखद् हो भने । उनले देशभित्र र बाहिर प्रतिस्पर्धा हुन सक्ने गरी जनशक्ति उत्पादन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

अन्तरराष्ट्रिय श्रम सङ्गठनले चौथो संस्करणका रुपमा सार्वजनिक गरेको एक विश्लेषणमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको र आगामी असारसम्म यो अवस्था अझै गम्भीर र भयावह बन्ने देखिएको तथा नेपालका सन्दर्भमा १६ देखि २० लाख  मजदूर रोजगारीबाट बाहिरिने खतरा अनुमान गरिएको पूर्वमन्त्री विष्टले बताए। सङ्कटपूर्ण अबस्थामा मुलुकको कृषि र औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना गर्न पर्याप्त सम्भावना रहेको उनले बताए ।

विष्टका अनुसार विकसित देशले जुन प्रकारले आर्थिक समृद्धि हासिल गरेका छन् र जनसाङ्ख्यिक लाभको पर्याप्त सदुपयोग गरेका छन्, सोहीअनुसार हाम्रो मुलुकले १९९२ देखि जनसाङ्खिक लाभ प्राप्त गर्ने चरणमा प्रवेश गरे पनि त्यसलाई सदुपयोग गर्न सकेको छैन । जनसाङ्ख्यिक लाभलाई ठीक ढङ्गले प्रयोग गर्न नसकिए आर्थिक समृद्धिमा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

एक उत्पादनशील जनशक्ति बराबर एक आश्रित जनशक्तिको अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कता जाला  भनी उनले प्रश्न गरे।  उनले वैदेशिक रोजगारीमा गएर अलपत्र परेका व्यक्तिलाई उद्धार गरी मुलुकमा भित्र्याउन रोजगारदाता र गन्तव्य मुलुकलाई जिम्मेवार बनाउन सरकारसँग आग्रह गरे । उनीहरुलाई जिम्मेवार बनाउन नसक आफैँले गम्भीरताका साथ उद्धार गर्नसमेत उनले सरकारसँग माग गरे। सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेकाको उद्धार थालिसकेको छ । 

उनले अहिले मुलुकमा सबैभन्दा बढी घण्टा काम गर्ने ३८ प्रतिशत श्रमिक सबैभन्दा बढी गरीब भएको सन्दर्भ जोड्दै उक्त विडम्बनापूर्ण अवस्थालाई सुल्टो बनाउन सामाजिक न्यायमूलक कार्यक्रम ल्याउनु जरुरी रहेको औँल्याए । 

विनियोजन विधेयकमाथिको छलफलका क्रममा श्रम मन्त्रालयको खर्च रकममा एक सय रुपैयाँ कटौती गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै नेपाली काँग्रेसकी डिला संग्रौलाले अहिलेको विषम परिस्थितिमा आर्थिक स्रोत सुक्दै गएको र बेरोजगार बढेका अवस्थामा नागरिक रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताए । 

श्रमिकले न्यूनतम पारिश्रमिक पाउन नसकेको, उद्योग प्रतिष्ठानले मैत्रीपूर्ण व्यवहार नगरेको र सामाजिक सुरक्षा कमजोर रहेका अवस्थामा विनियोजन विधेयकमा उल्लेख भएको सैद्धान्तिक कुराले मजदूरको हकहितको रक्षा गर्न नसक्ने उनले जिकिर गरे । 

उनले श्रमिकलाई सहुलियत दरमा ऋण दिने कुरा बजेटमा उल्लेख भए पनि वास्तविक श्रमिकले पाउन सक्ने अवस्था नरहेको बताए । उनले श्रमिकको उत्पादन बिचौलियाले खाने गरेको तर्फ ध्यानाकर्षण गराउँदै उत्पादनको बजारीकरणको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए ।

लोकप्रिय
अर्को समाचार
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
१० असार २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
भेरीगंगा नगरपालिकाको नगरसभामा सहभागीहरु । तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

‘विगतमा हामीले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका थियौं,’ मेयर चन्दले भने, ‘यो वर्ष कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरुमा बजेट केन्द्रीत गरेका छौं ।’ नगरपालिकाले भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुको विवरण रोजगार सुचना केन्द्रमा अद्यावधिक गरेर उनीहरुलाई निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रमा लगाउने जनाएको छ ।  

‘कोभिड १९ का कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका युवाहरुको सीपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरिनेछ,’ बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर चन्दले भने, ‘त्यस्ता व्यक्तिहरुलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण, सेवा, व्यवसाय, कृषि, उद्योगलगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी राजगारी प्रदान गर्नेछौं ।’

नगरपालिकाले स्थानीय स्तरमा रोजगारी सृजना गर्नका लागि उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरुमा निर्माण व्यवसायीको संलग्नतालाई पूर्ण निधेष गर्ने जनाएको छ । ‘उपभोक्ता समितिमार्फत निर्माण हुने योजनामा रोजगार सुचना केन्द्रमा सुचिकृत युवाहरुलाई परिचालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘उपभोक्ता समितिको नाममा निर्माण व्यवसायीलाई निषेध गर्दा पालिकाभित्रै धेरै रोजगारीहरु सृजना हुन्छ ।’

आगामी आर्थिक वर्षदेखि नगरपालिकाले कृषि व्यवसायमा पर्न सक्ने सम्भावित जोखिम कम गर्नका लागि कृषकहरुको कृषि विमा गर्ने जनाएको छ । यस्तै विपन्न, गरिब तथा श्रोत–साधन कम भएका नागरिकहरुको आय–आर्जन वृद्धिका लागि मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गर्ने, एक वर्ष पुराना पकेट क्षेत्रलाई ब्लकमा स्तरोन्नति गर्ने, उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

नगरपालिकाले कोरोना महामारीका कारण भारतसहित विदेशबाट फर्केर आएका युवाहरुलाई कृषिकर्ममा जोड्ने कार्यक्रम पनि ल्याएको छ । च्याउ खेती मौरीपालन, अदुवा, टिमुरलगायतका उच्च मुल्यका कृषि खेती गर्ने युवाहरुलाई अनुदान दिइने कार्यक्रममा उल्लेख छ । कोरोना संक्रमणका कारण घर फर्किसकेका युवाहरुलाई फेरि विदेश पलायन हुनबाट रोक्नका लागि युवा लक्षित पशुपालन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘युवा शक्ति रोजगारीका लागि बाहिर जाँदा कृषि र पशुपालन लोप हुँदै गइरहेको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कृषि र पशुपालनमा युवाशक्तिलाई आकर्षित गर्नका लागि विशेष कार्यक्रम घोषणा गरेका हौं ।’

नगरपालिकाले वडा नं. १, २, ३, ५, ६ र ७ लाई बाख्रापालन पकेट क्षेत्र र ४, १०, ११, १२, १३ लाई दुधको पकेट क्षेत्र घोषणा गरेको छ । नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्याम’मार्फत उद्यमशीलता र विभिन्न सीपविकास तालिम मार्फत बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने उल्लेख छ ।  

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा अंग्रेजी तथा स्थानीय मातृ भाषाबाट कक्षा सञ्चालन गर्नका लागि प्रोत्साहत गर्ने भएको छ । यसका साथै सबै विद्यालयलाई जंक फुड निषेधित क्षेत्र घोषणा गर्नुका साथै कक्षा कोठामा मोबाइल फोनको प्रयोगलाई पनि निषेध गरिने उल्लेख छ । यस्तै प्रत्येक माध्यमिक विद्यालयमा एक बिद्यालय एक पुस्तकालय, एक विज्ञान प्रयोगशाला, एक आइसीटी ल्याबको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ‘एक घर पाँच जडिबुटी, पाँच योग कार्यक्रम’मार्फत नगरपालिकाका सम्पूर्ण घरमा पाँच वटा जडिबुटी र पाँच वटा योग अनिवार्य गराई सम्पूर्ण जनतालाई स्वस्थ जीवन जिउने वातावरण निर्माण गर्ने उल्लेख छ । नगरपालिकाले ‘जडिबुटी परिचयात्मक’ कार्यक्रममार्फत सम्पूर्ण जनताहरुलाई जडिबुटी सम्बन्धी जानकारी गराउने, नगरपालिकाको केन्द्रमा नमुना जडिबुटी उद्यान बनाउने उल्लेख छ ।  

नगरपालिकाले आगामी आर्थिक वर्षभित्र मैनतडामा दलित संग्रहालय र राजी संस्कृति संग्रहालय स्थापना गर्ने भएको छ । ‘दलित समुदायको बाहुल्यता रहेको मैनतडामा दलित संग्रहालय र राजी जातिको बाहुल्यता रहेको क्षेत्रमा राजी संग्रहालय स्थापना गरिने छ,’ उनले भने, ‘भाषा, कला तथा संस्कृति एवं परम्पराको सम्मान, संरक्षण, प्रवद्र्धन एवम् विकाससँगै पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा हामीले लिएका छौं ।’ यस्तै अन्तर जातीय विवाहलाई प्रोत्साहन गर्नका लागि जोडी सम्मान कार्यक्रम पनि नीतिमा राखिएको छ ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस