संग्रह
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
असार १० भित्रै ल्याउनुपर्ने नीति कार्यक्रम गोरखाका दुई पालिकाले ल्याएनन
असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम दुई साता बितिसक्दा समेत गोरखाका दुईवटा गाउँपालिकाले ल्याउन सकेको छैन । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा सिरानचोक र गण्डकी गाउँपालिकाले नीति कार्यक्रम ल्याउन बाँकी छ ।
गण्डकी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो ।
मधेस प्रदेश सरकारको नीति कार्यक्रममा चुरे र प्रकृति संरक्षण
आइतबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘चुरे जोगाऔं, मधेस बचाऔं’, ‘जहाँ बाटो तहाँ रुख, जसले ल्याउँछ परमसुख’ जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरिएको छ।