प्रधानमन्त्री रोजगार कार्यक्रम : जमुनाहरूको बाँच्ने आधार
१९ मंसिर २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री रोजगार कार्यक्रम : जमुनाहरूको बाँच्ने आधार
प्रधानमन्त्री कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीको सडक सरसफाइमा जुटेका महिलाहरु।

भक्तपुरको सूर्य मढीकी जमुना दुवालको तीन जनाको परिवार छ, आफू र दुई छोराहरू।सात र १७ वर्षका दुई छोराहरू सानै उमेरका भएकाले दुवै जना स्कुलमा अध्ययनरत छन्। श्रीमानको भने चार वर्ष अगाडि नै मृत्यु भइसकेको छ। यस कारण उनको परिवारको आम्दानीको मुख्य आधार नै जमुना एक्लै हुन्।

तर पनि उनको केही रोजगारी थिएन। सामान्य लेखपढ मात्रै गरेकी उनले कहीँ रोजगारी पाउने कुरा पनि भएन। त्यसो भएकोले छोराहरूको पढाई खर्चका लागि मात्रै होइन, विहान बेलुकीको छाक टार्नसमेत हम्मे हम्मे थियो उनको परिवारलाई। तर अहिले उनलाई अलि सहज भएको छ।किनकि उनले वर्षमा एक सय दिन भने पनि रोजगारी पाएकी छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत। प्रधानमन्त्री रोजगारी कार्यक्रम नै मेरो बाच्ने आधार भयो, उनले नागरिकसँग भनिन्, नभए हामी तीन जनाको परिवार भोक भोकै मर्नुपर्ने हुन्थ्यौँ। उनले अहिले भक्तपुर नगरपालिका वडा नं ८ अन्तर्गत वडामा मजदुरीको काम पाएकी छन्। यही काम उनको परिवारको लागि बाँच्ने आधार बन्यो। 

जमुना भन्दा खास फरक छैन, सोही वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने अर्की महिला सरस्वती गाइजूको पनि। उनको परिवारमा आफू, श्रीमान्, ससाना दुई छोरीहरू र एक छोरा गरी पाँंचजनाको परिवार छ। तर कमाउने कोही पनि छैनन्। श्रीमान् त छन् तर सामान्य लेखपढ मात्रै भएकाले रोजगारी छैन। दुई छोरी र एक छोरा स्कुल पढ्दै छन्। यही कारण उनको लागि पनि बाँच्ने आधार बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम। यसरी नै यही वडामा रहेका जमुना, सरस्वती, रविना बोहजू, लक्ष्मीश्वरी सैंजूजस्तै दस जना महिलाहरूको बाँच्ने आधार बनेको छ प्रधानमन्त्री रोजगारी कार्यक्रम।

यस वडामा जस्तै संघीय सरकारबाट सञ्चालित यो कार्यक्रम बेरोजगार, अति विपन्न र असहाय परिवारको जीवन उकास्नका लागि वरदान बनेको छ, जुन भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म सञ्चालित छन्। छाक टार्न निकै समस्या थियो, उनीहरूको सामूहिक भनाई थियो, यो कार्यक्रमको माध्यमबाट हामीलाई निकै सहज भयो। त्यसैको पैसाले दैनिक साँझ बिहान छाक टार्न निकै सहज भएको उनीहरूको भनाई हो। उनीहरु यो कार्यक्रम सय दिन मात्र नभई धेरै भए राम्रो हुने बताउँछन्।

नगरपालिकाले जनाए अनुसार प्रत्येक वर्ष बेरोजगारहरूको सूचीकृत गर्नका लागि निवेदन आह्वान हुने गर्दछ। र सूचीकृत सूचीमा रहेकाहरूलाई मापदण्डका आधारमा काम दिने गरिन्छ। त्यसपछि वडाले समस्या भएका परिवारका सदस्यहरूलाई रोजगारी दिने गरिन्छ। त्यस अनुसार नै केन्द्रबाट आएको बजेटका आधारमा लाभग्राही छनोट गरेर योजना निर्धारण गरेर काम अघि बढाइन्छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो चौडा गर्ने, मर्मत गर्ने, सरसफाई गर्ने लगायतका धेरै काम हुने गर्दछन्। यसले वडामा विकास पनि हुने र वडाको गुजारा चलाउन गाह्रो हुनेहरूले गुजारा पनि चलाउन पाइने गर्दछ।

रोजगार सेवा केन्द्र भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारी रामप्रसाद बोहजूका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकामा विभिन्न योजनाहरू सम्पन्न भइसकेका छन्। केही योजनाहरू सम्पन्न हुने क्रममा छन्। यी योजनाले नगरकै करिब ५१ जनालाई कुल पाँच हजार एक सय दिन रोजगारी उपलब्ध गराए बापत ज्याला र कार्यक्रम खर्चबापत ४१ लाख रुपैयाँ खर्च गरेको उनले जनाए। उनका अनुसार अधिकांश योजनाहरू सरसफाई तथा सम्पदा संरक्षणमै केन्द्रित छन्। यसबाट जीवित सङ्ग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुगेको छ भने रोजगार कार्यक्रम गरिबको लागि गरिखाने कार्यक्रम बनेको छ।

लोकप्रिय
अर्को समाचार
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
२१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन, जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ। वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने  उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ। पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ।  

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।  

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ। -रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस