दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८ सय ५० रुपैयाँ आउँछ। न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ। निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन्। बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन। बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन।
नेपाल सरकारले बेरोजगार युवाका लागि कम्तीमा १०० दिन काम दिने नीतिका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ। गाउँपालिका तथा नगरपालिकामार्फत सञ्चालन हुने यो कार्यक्रम कतै प्रभावकारी बनेको छ भने कतै बेरोजगारको चित्त दुखाउने बाटो बनेको छ।
गाउँमा चलेको पारिश्रमिकको दर नपाएको भन्दै काठेखोला गाउँपालिका–५ बिहुँका युवाले रोजगार कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका छन्। गत वर्ष सोही कार्यक्रमले दिएको दैनिक ज्याला दरसमेत यस वर्ष घटाएको भन्दै उनीहरु रोजगार कार्यक्रममा सहभागी नभएका हुन्।
दिनभर काम गर्दा पाउने ५१७ रुपैयाँले परिवारको एकदिनकै खर्च चलाउन कठिन हुने बिहुँका एक युवाले बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनेको दैनिक पारिश्रमिक यो वर्ष ५१७ रुपैयाँ मात्रै तोकेको छ। काम गरेपछि भुक्तानीको प्रक्रियासमेत झण्झटिलो र खर्चिलो भएको भन्दै युवाले काम गर्न नमानेको स्थानीय अगुवा किसान ज्ञानु श्रीषले बताउँछन्।
मौसममा पाइने खेतीपातीको काम बेमौसममा पाइँदैन। अन्य रोजगारीको स्रोत नभएका १३७ महिला र पुरुष वडामा छन्। बेरोजगारको सूचीमा सूचीकृत भएका युवाले ज्याला कम र प्रक्रिया झण्झटिलो भएको भन्दै काम गर्न नमानेपछि वडाले पाउने बजेट नै फिर्ता जाने अवस्था आएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए। “दश जनाको समूह बनाएर नाइके छान्नुपर्ने, कतिपयले नाइकेले लगाएको काम गर्न सकिन्न भनेर काम गर्नै मानेनन्”, कँडेलले भने, “बैंकमार्फत भुक्तानी समूहलाई हुने भएकाले युवाले विश्वास गरेनन्।”
गाउँमा चलेको दरको आधा हुनेगरी सरकारले पारिश्रमिक तोकेकाले उनीहरु कामका लागि तयार नरहेको उनको भनाइ छ। एक सय दिन काम पाउनेले ६० दिनको खर्च चल्नेगरी पारिश्रमिक नपाउने भएकाले काम गर्न नसकेको गुनासो उनीहरुले गर्ने गरेका छन्। कामका लागि आवश्यक सामग्री, दिनको खाजालगायतका सुविधा दिनसके युवा यस कार्यक्रममा आकर्षित हुने उनले बताए। “दिनभर घोटिएर खर्च नचले के अर्थ ?”, स्थानीय ज्ञामनाथ कँडेलले भने, “कम्तीमा न्यूनतम चलेको ज्यालादर राज्यले दिनुपर्छ।”
वडाले पहिलो चरणमा काम गर्नका लागि ३० जनाको नाम प्राथमिकताका आधारमा गाउँपालिकालाई सिफारिस गरेको थियो। पहिलो १०० दिनका लागि काम गर्ने युवासमेत तयार नभएपछि प्रक्रियामा जान नसकेको कँडेलले बताएका छन्। सूचीकृत हुनका लागि उत्साहित भएर वडा कार्यालय पुगेका युवा काम पाउने बेला वडाको नजिकै नपरेको वडा कार्यालयको वडा कार्यालयमा पुगेका युवा काम पाउने बेला वडाको नजिकै नपरेको वडा कार्यालयको अनुभव छ।
बढ्दो युवा पलायन, जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।
नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ। वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो।
नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ। पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ। -रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।