उच्च संख्यामा किन हराउँछन् किशोरी ?
१६ जेष्ठ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
उच्च संख्यामा किन हराउँछन् किशोरी ?

नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा  हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र  डरलाग्दो छ । बालिका बेचबिखनदेखि लिएर यौनजन्य क्रियाकलापमा संलग्न, घरेलु मजदुर, आपराधिक क्रियाकलाप, इन्टरनेटको दुरुपयोग जस्ता कार्यमा संलग्न गराउन बालिका हराउने गरेको खोजतलास केन्द्रको प्रतिवेदनले देखाएको छ ।  

खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनविक्रम दाहालले बढी संख्यामा हराउने बालिका १४ देखि १८ उमेरसमूहका रहेको बताए । वर्षेनी हराउने बालकालिकाको संख्या हेर्दा एकदेखि १४ वर्ष उमेर समूहका बालक र बालिकाको संख्या बराबर नै देखिन्छ, दाहालले भने, ‘तर १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ । किशोरअवस्थामा पुगेका हराउने बालिकाको संख्या हेनुपर्छ, बालकको भन्दा तेब्बर बढी भएको देखिन्छ ।’  

केन्द्रको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ हजार ३ सय ३० बालबालिका हराएका थिए । जसमा बालकको संख्या ९ सय २३ छ भने बालिकाको संख्या १४ सय ७ रहेको छ । उक्त तथ्यांकलाई उमेरसमूहको आधारमा हेर्दा १ देखि १४ वर्ष उमेर समूहमा बालक ६ सय ३७ र बालिका ४ सय ५१ गरी जम्मा १ हजार ८८ जना बालबालिका हराएका छन् भने १५ देखि १८ वर्षसम्मको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या मात्रै ९ सय ५८ रहेको छ । त्यस्तै सोही उमेर समूहमा हराउने बालकको संख्या २ सय ८४ रहेको केन्द्रको तथ्यांकमा देख्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ किशोरवस्थामा हराउने बालिकाको संख्या आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा अझ बढेको छ । केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकमा १५ देखि १८ वर्ष उमेर समूहमा हराउने बालिलकाको संख्या मात्रै १ हजार ६ सय ८५ रहेको छ । जुन निकै डरलाग्दो हो । सोही उमेर समूहमा हराउने बालकको संख्या भने ४ सय २ रहेको छ । केन्द्रको तथ्यांकको आधारमा पनि पुष्टि हुन्छ कि किशोरावस्थामा हराउने बालकभन्दा बालिकाको संख्या एकदमै उच्च र डरलाग्दो छ ।  

केन्द्रमा राखिएको चालु आर्थिक वर्षको पुस मसान्तासम्मको तथ्यांक हेर्दा ६ महिनाको अवधिमा हराउने बालबालिकाको संख्या १७ सय १६ रहेको छ । जसमा बालकको संख्या ५ सय ४८ र बालिकाको संख्या ११ सय ६८ रहेको छ ।  

केन्द्रका इन्चार्ज दाहालले किशोरावस्थामा हराउने बालिका बढी मात्रामा यौन कार्य र अपराधिक कार्यमा संलग्न हुन पुगेको बताउँछन् । आफ्ना अभिभावकले बालबालिकको मनोविज्ञान बुझ्न नसक्दा, अभिभावकको संरक्षण नहुँदा, साथीभाइको लहलहैमा लाग्दा, धन, सम्पत्ति र विवाहको प्रलोभनमा फस्दा र गरिबीका कारण घर छोडेर हिँड्ने र पछि हराउने वा बेचिने गरेको उनको भनाई छ ।  

बालबालिका खोजतलास केन्द्रले प्रहरी, केन्द्रीय बालकल्याण समितिलगायतका सरकारी निकायसँग समन्वय गरेर हराएका बालबालिका खोज्ने काम गर्दै आएको बताइएको छ ।

केन्द्रमा उल्लेख गरिएको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअनुसार १५ देखि १८ वर्षमुनिका कुल हराएका बालबालिकामध्ये ८०.७४ प्रतिशत बालिका देखिनुले यस उमेर समूहका बालिकाका किन बढी हराइरहेका छन् र कति बालिका बेचिन पुगेका छन् भन्ने विषयको अध्ययन गर्न जरुरी देखिन्छ ।

लोकप्रिय
अर्को समाचार
बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
०५ पौष २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने  एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले  हिजो काठमाडौँ स्थित टोखा नयाँ बसपार्कबाट नुवाकोट तादी गाउँपालिका ६ का २४ वर्षीय सुमन तामाङ पक्राउ हो । 

नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नावालिकाहरुलाई ललाई फकाई गरेर वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएको आरोपमा तामाङ पक्राउ परेका हुन्। पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धानका ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार गोप्य सूचनाको आधारमा ब्युरोबाट खटिएका प्रहरी टोलीले तामाङलाई पक्राउ गरी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा संलग्न गराएको ४ जना नावालिकाहरुलाई उद्धार पनि गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ अदालतबाट पक्राउ परेका तामाङको सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जानकारी दिएको छ।

उद्धार गरिएका नावालिकाहरुलाई हाल सुरक्षित आवास गृहमा राखिएको छ।

अभियुक्तले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाई फकाई गरी गेष्ट हाउसहरूमा वेटर तथा सर सफाइको काममा लगाई दिने भनी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने कार्य गरेका अनुसन्धानबाट खुल्न आएको  प्रहरीले जनाएको छ।

बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्यको लागि पठाउने गरेको पाइएको छ। त्यसैगरी बालिकाहरूलाई यौनजन्य कार्यमा लगाए बापत ग्राहकहरूबाट प्रति व्यक्ति ५ हजार रुपैयाँ देखि ७ हजार सम्म दिने गरेको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले बताए।

त्यस्तै अनुसन्धानका आधारमा पीडित बालिकाहरूलाई विगत ५ महिना देखी गेष्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको बताइएको छ।

नयाँ बसपार्क वरिपरि रहेका होटलमा ग्राहक ल्याउनको लागि एजेन्ट समेत परिचालन गरी ग्राहक ल्याए बापत प्रति व्यक्ति २ हजार देखी हजार सम्म कमिसन दिने गरेको ब्युरोको अनुसन्धानबाट खुल्न आएको छ।

ब्युरोबाट नियमित रुपमा प्रहरी परिचालन गरी विकृतिहरू हुन सक्ने सम्भावित स्थानहरूमा सूचना संकलन र निगरानी गर्ने कार्य भईरहेको ब्युरोका प्रवक्ता पङ्गेनीले बताए।यस घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएकोले ब्युरोको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको उनले बताए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस