कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ।
रोजगारी नहुँदा युवाहरु आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने सम्भावना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। ‘अहिले धेरै युवाहरु गाउँमै बेरोजगार बसेका छन्,’ उनले भने, ‘यसले गर्दा उनीहरुमा वितृष्णा र नैराश्यता बढ्दै गएको छ, मदिरा सेवन लगायतका क्रियाकलापले अपराधका घटना बढ्दै गएका छन्।’
कात्तिक ९ गते मदिरा सेवन गरेका दुईजनाले कुटपिट गर्दा पञ्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय कमलबहादुर साउदको ज्यान गयो। स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरेर साउदमाथि कुटपिट गर्दा उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दसैंको राती सिगास गाउँपालिका–६ मा दुई समुदायबीच मदिरा सेवन गरेर कुटाकुट हुँदा घटना प्रहरीसम्म पुग्यो। रोकाया र दलित भएको विवादले उग्र रुप लिएपछि केही घाइते समेत भए। सोही दिन पाटन नगरपालिका–१ मा दुई वटा छुट्टाछुट्टै झडप भए। दुवै घटना गाउँमा मिलाइयो।
यि प्रतिनिधिमुलक घटनामा मदिरा सेवन प्रमुख कारण देखिए पनि गाउँघरमा बेरोजगार युवाको ठूलो जमात छ। कोरोना प्रभावका कारण भारत लगायत अन्य देशमा रोजगारी गर्ने युवा रोजगारी गुमाएर गाउँमै बेरोजगार छन्। स्थानीय सरकारले पनि बेरोजगार युवाको लागि प्रत्यक्ष रोजगारी मिल्न सक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिड्ने युवाबाटै बढी आपराधिक घटना हुन थालेका हुन्। धेरै घटना प्रहरीसम्म पुग्न सकेका छैनन्।
कोरोना प्रभावितको लागि स्थानीय सरकारले कृषि, पशुपालन लगायतका आयमुलक क्रियाकलाप सञ्चालन गर्न बजेट बिनियोजित गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। स्थानीय तहले प्रभावितको लागि ल्याएका कार्यक्रमले छोटो समयमै प्रतिफल दिने खालका कार्यक्रम नल्याउँदा रोजगारी गुमेर गाउँमा बसेका स्थानीय समस्यामा छन्।
अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्। धेरै जसो बेरोजगार युवाहरु यसको कुलतमा फसेका छन्। यसले गाउँघर जताततै अशान्ति फैलिएको छ’, पुर्चौडी नगरपालिका–१ का धनविर धामीले भने, ‘गाउँमा आयस्रोतका कुनै माध्यम छैनन्, युवाहरु गाउँ डुल्यो हल्लियो अधिकांश मदिराको लतमा लागेका छन्।’ कोरोना प्रकोपमा परिवारिक कलह, मनमुटाव, घरेलु हिंसा, महिला हिंसा, सम्बन्धविच्छेद जस्ता घटनासमेत बढ्न थालेका अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए।
दसैं आसपासमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सात वटा उजुरी दर्ता भएका छन्। कोरोना महामारीका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरू बेरोजगार बस्न बाध्य भएका छन्। गाउँमा विभिन्न खालका आपराधिक घटना बढ्दै गएपछि प्रहरीले हरेक गाउँमा गस्ती बढाएको जनाएको छ। जिल्लाका सबै प्रहरी चौकीबाट गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले बताए।
अहिले कोरोनाको त्रास, भयको कारण मानिसहरु तनावमा छन्। तनाव भएका बेला सानोसानो कुरामा पनि झनक्क रीस उठ्ने, आवेशमा आउने, जिद्दीपन, चिटचिटाहटपन, छट्पटी बढ्ने, निर्णय लिन गाह्रो पर्ने, जाँडरक्सी तथा लागू प्रदार्थको सेवन बढ्ने, शंका लाग्ने आदिजस्ता लक्षण देखा पर्न सक्छन्। यस्तो भएमा परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ। धेरैजसो घरेलु हिंसा तथा महिला हिंसा जाँडरक्सी तथा लागू पदार्थको सेवनका कारणले भएको देखिन्छ।
बर्खामा बर्सेनिजसो सडक सञ्जालबाट विच्छेद हुने जरेवरका बासिन्दालाई योपटकको बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आस थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो। तर यो पुलको चारवटा पिलर ठडिनेबाहेक केही भएको छैन।
मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का लिएको यो पुलको चारवटा पिल्लर ठडिएका छन्। यतिबेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ। हिउँदमा कुलो जस्तै भएर बग्ने बुडुवा खोला बर्खामा तर्न नसक्ने अवस्थामा हुन्छ। यहाँका स्थानीय घाँस–दाउरा र मेलापात गर्न निर्माणाधीन मोटरेबल पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन्।
वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ। पुलको काम सक्न १५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला, बाढी आएर काम रोकियो,’ उनले भने। पुल र सडकको बीचमा फिलिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन्।
ऋषिङ गाउँपालिका–४, मधुवन र ५, रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेबल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति टरिसकेको छ। ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नुपर्ने हो। तर पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न। ज्वाला खोला सहित शालिकराम करिडोरमा मात्र चारवटा पुल शिलान्यास गरिएको थियो। एउटा पनि सम्पन्न भएको छैन। रिस्ती खोलामा दुई पुल शिलान्यास भए। दुवै निर्माणाधीन अवस्थामा छ।
यी लगायत तनहुँमा गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो। तर तोकिएको तिथिभित्र एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। तीमध्ये ६ वटा पुल गत असारमा सकिनुपर्ने थियो। तीनवटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ। बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ। असोजमा सकिनुपर्ने पुलको पनि गति उतिसारो अघि बढेको छैन।
कोरोना भाइरस संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन्। उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन्। तर, लक्ष्य अुनसार सकेनन्।’ निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनले दाबी गरे। कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार अब ६ महिना म्याद थपिने उनले जानकारी दिए। निर्माणको म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइ छ।
गत वर्ष शिलान्यास भएका दुईवटा पुलको काम भने अलि धेरै भएको छ। रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए। ‘दुवै पुलको ९० प्रतिशत हाराहारीमा काम भएको छ। अब स्ल्याब राख्ने काम मात्र बाँकी हो,’ उनले भने। १२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो।
चालु वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ। बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।