कोरोना कहरमा जनताका सारथि बने शाही
०८ असार २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना कहरमा जनताका सारथि बने शाही

जुम्ला हिमा गाउँपालिका–१ बड्की निवासी कांग्रेसका युवा नेता लक्ष्मण शाही स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए। उनले गाउँपालिकाभित्रको स्वास्थ्य शिक्षामा आमूल परिवर्तन ल्याउनेदेखि रोजगारी सिर्जना गर्नेसम्मका विषय समेटेर घोषणा पत्र सार्वजनिक गरे। तर निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रजबहादुर शाहीबाट उनी ४५ मतले पराजित भए।

पराजित भएपनि उनी जनताको सुखदुःखमा साथ दिनेभावनामा कहिल्यै विचलित भएनन्। अहिले उनी जनताको घरदैलोमा पुग्छन्। जनताका समस्यामा एकाकार हुँदै आएका छन्। कोरोना कहरबीच पनि नेता शाही जनताको घरदैलोसम्म पुगिरहे। स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गर्न आग्रह गरे। घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, सेनिटाइजरको लगाउन, साबुनपानीले नियमित हात धुन भन्दै उनी सचेतना फैलाउन थाले। ‘निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्न कत्ति पनि विचलित भएको छैन। जनताको हरेक सुखदुखमा साथ दिने प्रयत्न गरिरहेको छु,’ उनी भन्ने गर्छन्।

पहिलो चरणमा कोरोना संक्रमण हुँदा नयाँ प्रकारको रोग प्रवेश गरेको भन्दै गाउँमा त्रास थियो। जनता आत्तिएका थिए। कालापहाडदेखि आउने क्रम निकै बढ्दो थियो। त्यो समयमा उनी गाउँगाउँमा पुगेर सचेतना फैलाउँदै थिए। उनले भने, ‘हिमा गाउँपालिकाभित्रका २३ वटै गाउँमा पुगेर सचेतना दिएर कोरोना संक्रमणविरुद्धको लडाइँमा उभिन ऊर्जा थप्ने कार्य गरियो। उतिबेला यो निकै चुनौतीपूर्ण कार्य थियो।’

जनताको हरेक संकट समाधान, सामाजिक विकास र गाउँपालिकाको उन्नति र प्रगतिमा आफूले साथ दिने गरेको उनी बताउँछन्। उनको यो कार्यप्रति स्थानीय पनि सन्तुष्ट छन्। गाउँपालिका अध्यक्ष जितेर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत कुरामा जोड दिने लक्ष्य उनको थियो। तर निर्वाचन जित्न सकिएन। तैपनि जनताको सेवाबाट पछि हटेको छैन। नेता शाहीले भने, ‘समाजसेवा रहरले गर्ने विषय होइन, त्यसका लागि आत्मैदेखि जनसेवाको भावनाको विकास हुनु जरुरी छ।’

पहिलो चरणको कोरोना कहरमा उनले गाउँपालिकाभरि १० हजार मास्क बाँडे। स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराए। क्वारेन्टिनमा बसेकाहरूका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री दिए। प्रहरी चौकीका लागि स्वास्थ्य सामग्री दिए। उनले भने, ‘उतिबेला कोरोना भाइरस सबैको लागि नयाँ थियो। ज्यानको प्रवाह नगरी गाउँबस्तीमा पुगेर सचेतना फैलाउने कार्य भयो। यो कार्यले मनमा सन्तुष्टि मिलेको छ।’

दोस्रो लहरमा उनले सबै गाउँमा पुगेर ६ हजार १ सय मास्क बाँडे। मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न अपिल गरे। त्यसबाहेक आफ्नो गाउँपालिकाभित्रका संक्रमितसँग फोन गरेर समस्या बुझ्ने, समाधान गर्ने प्रयत्नदेखि निरन्तर उत्साह, ऊर्जा दिने काम गरिरहेका छन्। उनले भने, ‘अहिले जनता सबै कोरोनाबाट बच्नु छ। कोरोनाबाट बचाउन हरेक प्रयत्न गर्नु जरुरी छ। यो कार्य भइरहेको छ।’ नेता शाहीले गरेको सेवा हेर्दा अहिले हिमाका जनता पश्चात्तापमा छन्।

‘निर्वाचनमा मान्छे चिनेनौं। गल्ती भयो। निर्वाचित गरेको भए सेवा रामै्र पाइने थियो’ भन्दै शाहीसामु पछुताउँछन्। अहिले शाही पनि बढी जनसम्पर्कमा छन्। नेता शाहीले स्वास्थ्य क्षेत्रमा निकै काम गर्नुपर्ने स्थिति रहेको बताउँछन्। शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नेछौँ। आधुनिक कृषि प्रणालीको विकास गर्ने र पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकासँग छलफल हुने गरेको उनको भनाइ छ। उनी गाउँपालिकाका नकारात्मक विषयमा खबरदारी गर्छन्, सकारात्मक काममा सघाउँछन्। उनी भन्छन्, ‘स्थानीय सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध भइरहेको छ।’

युवा नेता शाहीले कर्णाली प्राविधिक शिक्षालयमा ओभरसियर विषयमा अध्ययन गरे। त्यो समयमा कर्णाली प्राविधक शिक्षालयको विद्यार्थीहरूका संयोजक बने। कांग्रेसनिकट सांस्कृतिक संगठनको जुम्ला अध्यक्ष उनी दुईपटक नेपाल तरुण दलको जुम्ला अध्यक्ष, सांस्कृतिक संघको केन्द्रीय सदस्य हुँदै अहिले नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य छन्। जुम्लाको संगठन विभागको संयोजक रहेका शाही कोरोना रोकथाम तथा नियन्त्रणका लागि बस्तीस्तरका कार्यकर्तालाई सचेतनाका क्रियाकलाप गर्न निर्देशन गरिएको बताउँछन्।

लोकप्रिय
अर्को समाचार
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
२७ साउन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने गरी वर खोलमा निर्माणाधीन मोटरेबल पुल । तस्बिरः विनोद/नागरिक

बर्खामा बर्सेनिजसो सडक सञ्जालबाट विच्छेद हुने जरेवरका बासिन्दालाई योपटकको बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आस थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो। तर यो पुलको चारवटा पिलर ठडिनेबाहेक केही भएको छैन।

मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का लिएको यो पुलको चारवटा पिल्लर ठडिएका छन्। यतिबेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ। हिउँदमा कुलो जस्तै भएर बग्ने बुडुवा खोला बर्खामा तर्न नसक्ने अवस्थामा हुन्छ। यहाँका स्थानीय घाँस–दाउरा र मेलापात गर्न निर्माणाधीन मोटरेबल पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ। पुलको काम सक्न १५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला, बाढी आएर काम रोकियो,’ उनले भने। पुल र सडकको बीचमा फिलिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन्।

ऋषिङ गाउँपालिका–४, मधुवन र ५, रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेबल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति टरिसकेको छ। ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नुपर्ने हो। तर पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न। ज्वाला खोला सहित शालिकराम करिडोरमा मात्र चारवटा पुल शिलान्यास गरिएको थियो। एउटा पनि सम्पन्न भएको छैन। रिस्ती खोलामा दुई पुल शिलान्यास भए। दुवै निर्माणाधीन अवस्थामा छ।

यी लगायत तनहुँमा गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो। तर तोकिएको तिथिभित्र एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। तीमध्ये ६ वटा पुल गत असारमा सकिनुपर्ने थियो। तीनवटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ। बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ। असोजमा सकिनुपर्ने पुलको पनि गति उतिसारो अघि बढेको छैन।

कोरोना भाइरस संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन्। उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन्। तर, लक्ष्य अुनसार सकेनन्।’ निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनले दाबी गरे। कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार अब ६ महिना म्याद थपिने उनले जानकारी दिए। निर्माणको म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइ छ।

गत वर्ष शिलान्यास भएका दुईवटा पुलको काम भने अलि धेरै भएको छ। रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए। ‘दुवै पुलको ९० प्रतिशत हाराहारीमा काम भएको छ। अब स्ल्याब राख्ने काम मात्र बाँकी हो,’ उनले भने। १२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो।

चालु वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ। बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस