कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार
२० साउन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार

कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले  धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिकालगायतका स्थानीयतहहरूले लकडाउनको घोषणा गरिसकेका छन् ।  

विराटनगरमा समुदाय स्तरमा कोरोना फैलिए पछि महानगरपालिकाले साउन १६ गते राती देखि लकडाउनको घोषणा गरेको थियो । महानगरपालिकाले लकडाउनको घोषणा गरेपछि नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।  नगर क्षेत्रमा अनावश्यक हिंडडुल गर्न,  तोकिएका र तोकिएका स्थानबाहेक व्यपार व्यवसाय सञ्चालन गर्न पनि रोक लगाइएको छ । विराटनगर महानगरपालिकाले लकडाउनको घोषणा गरे पनि केही दिन स्थानियले लकडाउनको वेवास्था गरेका थिए । तर, सोमबार विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएपछि स्थानिय त्रसित भएका छन् ।  

मंगलबार विहानै देखि विराटनगरमा विगतका दिनमा भन्दामानिसको चहलपहल घटेको छ । स्थानीय प्रशासन र विराटनर महानगरपालिकाले नगर क्षेत्रभित्र माइकिङ गरेर अत्यावश्यकबाहेक  घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ । मंगलबार देखि विराटनगर महानगर क्षेत्रमा लकडाउन कडा पारिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । पराजुलीले भने, ‘मंगलबार देखि लकडाउन कडा पार्दै पिसिआर परीक्षण बढाउँदै लैजाने योजना महानगरको छ ।’ लकडाउन पालना गराउन प्रहरी परिचालन बढाइएको छ । विशेष गरी विराटनगर प्रवेश गर्ने नाकाहरूमा प्रहरीले कडाइ गरेको छ ।

सोमबार मोरङको रंगेली नगरपालिकामा एउटै घरका १४ जनामा कोरोना पोजेटिभ देखिएपछि  रंगेली नगरपालिकाले बजार क्षेत्र र भारतसंगको सीमावर्ती वडाहरूमा मंगलबारदेखि आवतजावत बन्द गरेको छ । यस्तै सुनवर्षी नगरपालिकाले पनि समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । यता मोरङको सुन्दर हरैंचा नगरपालिकाले भने बिहीबार देखि लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै मोरङको रतुवामाई नगरपालिकाले पनि मंगलबार देखि लकडाउन गर्ने निर्णय गरेको छ । रतुवामाइले मंगलबार राती देखि १० दिन लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख रविन राईले जानकारी दिए ।  

मोरङमामात्रै हैन प्रदेश १ का अन्य जिल्लाका स्थानिय तहहरूले पनि लकडाउन गर्न थालेका छन्। सुनसरीको इनरुवा र दुहवीमा लकडाउन गर्ने निर्णय भइसकेको छ । यस्तै झापाको शनिअर्जुन र विर्तामोड नगरपालिकाले पनि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरिसकेका छन् । यस्तै बाह्रदशी गाउँपालिकाले पनि आंशिक रुपमा लकडाउनको निर्णय गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

मोरङमा २० संक्रमित थपिए

मंगलबार  मोरङका ५ वटा स्थानीय तहमा २० जना संक्रमित भेटिएका छन्  । मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । प्रदेश १ मामंगलबार  ४३ जनाकोरोना संक्रमित थपिएका छन् । सुनसरीमा  १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।  

प्रदेश १ माकोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जनामोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जनाप्रदेश १ बाहिरकाजिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मामंगलबार ९ सय ९७जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

लोकप्रिय
अर्को समाचार
कोरोना कहर: स्थानीय तहमा निषेधाज्ञा, शैक्षिक संस्था धमाधम बन्द हुँदै
०५ पौष २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना कहर: स्थानीय तहमा निषेधाज्ञा, शैक्षिक संस्था धमाधम बन्द हुँदै

केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।

बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चिालन गरिरहेका थिए। सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन्।

त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ। शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए।महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ।

नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए। औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ।

त्यस्तै दोधारा चाँदनी नगरपालिकामा पनि एक साताका लागि निषेधाज्ञा गरिएको छ। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ।

अत्यावश्यक कामबाहेक सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए। कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले समुदायमा सङ्क्रमण फैलिने क्रममा रहेकाले भीडभाड नगर्न र सावधानी अपनाउन आग्रह गरे। रासस  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस