संग्रह
उच्च संख्यामा किन हराउँछन् किशोरी ?
नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र डरलाग्दो छ ।
कोरोना कहरले आपराधिक घटना बढ्दै
कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ।
‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको बताए। उनले भने, ‘कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ।