‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’
१० साउन २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’

सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गइरहेका छन्। जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झैझगडालगायत कारणले हत्याहिंसाजस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ।

प्रहरी तथ्यांकअनुसार २०७३/७४ मा १ सय २३ जना, २०७४/७५ मा १ सय १६ जना, २०७५/७६ मा १ सय २० जना, २०७६/७७ मा १ सय २२ जनाको हत्या भएको छ। गोली हानेर, कुटपिट गरेर, थुनुवा बनाएर, पानीमा डुबाएर, विषालु पदार्थ ख्वाएर, झुन्ड्याएर लगायत अनेक यातना दिएर हत्या हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी तथ्यांकअनुसार पाँच वर्षयता हत्या हुनेमध्ये बालबालिकाको संख्या बढी छ। पारिवारिक रिस पोख्न बालबालिकालाई हत्याको निसाना बनाइएको अनुसन्धानले देखाएको छ। 

अधिकांश आपराधिक घटना पारिवारिक लेनदेन तथा रिसइबीका कारण हुने गरेको अनुसन्धानले देखाउँछ। प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षको चैतमा ७५, वैशाखमा ५४, जेठमा ४९ र असार २५ जनाको हत्या भएको छ। हत्या हुनेमा १८ जना बालबालिका मात्र छन्। नेपाल प्रहरीका पूर्वडिआइजी वसन्त कुवँरले पछिल्लो समय आपराधिक घटना बढेको बताए। उनले पछिल्ला वर्षहरूमा भएको अपराधिक घटनालाई हेर्दा पाँच वर्षयता यस्ता घटना तीव्र रूपमा बढेको जानकारी दिए। ‘हामीले अपराध कम भएको जस्तो त ठानेका छौं तर अपराध बढेको छ,’ उनले भने, ‘तथ्यांक केलाएर हेर्दा समाज झन् असुरक्षित बनेको छ।’

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरका अनुसार तराईका जिल्लाहरूमा हत्याका घटनाहरू बढेका छन्। अभिभावकसँगको रिस साँध्न बालबालिको हत्या भएका घटनाहरू बढेको उनको भनाइ छ। ‘हत्याका घटना कसरी बढिरहेका छन् भनेर भन्न सकिन्न तर पछिल्लो समय केही घटना बढेका छन्, त्यसको निसानामा बालबालिका पनि रहेको देखिन्छ, हत्या भएका अधिकांश घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ, बाहिर आएका केही घटना हत्या भनिए पनि अनुसन्धानपछि त्यसको तथ्य अर्कै हुन सक्छ,’ उनले भने। 

उनका अनुसार हत्याका घटना पुष्टि गर्न समय लाग्छ। गम्भीर अपराध गरेर फरार हुने व्यक्तिलाई प्रहरीले चौतर्फी खोजीकार्य गरेको उनको भनाइ छ। ‘तराईका जिल्लामा भएका हत्याका घटनाको अनुसन्धान गर्दा हत्याराहरू सीमापारि गएर लुक्छन्, त्यसकारण प्रहरीलाई पनि अनुसन्धान गर्न कठिनाइ छ,’ उनले भने, ‘तर ढिलोचाँडो पक्राउ परेका छन्।’  

गत वैशाखमा बारामा एकै परिवारका दुई बालकको हत्या भएको थियो। घरदेखि नजिकै बाख्रा चराउन गएको अवस्थामा मदरसा परिसरमा उनीहरूको हत्या भएको थियो। कलैया उपमहानगरपालिका–७ रंगपुरका नौ वर्षीय उस्मान अन्सारी र सात वर्षीय अमिन अन्सारको घाँटी रेटेर हत्या भएको प्रहरीले पुष्टि गरिसकेको छ। वैशाखमै लमजुङका सात वर्षीय बालक युकेश गुरुङको हत्या भयो। दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेशलाई परिवारकै सदस्यले ऐना फुटाएको निहुँमा हत्या गरेका थिए।

यस्तै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्ने उनी वैशाख १ गते साँझ घरनजिकै मृत अवस्थामा भेटिए। चिर्पट प्रहार गरेर उनको हत्या भएको प्रहरी अनुसन्धानपछि पुष्टि भयो। जेठमा हतौडा प्रहार गरी दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भयो। मामाघर आएका बेला नारायण भुलले घरमै हथौडा प्रहार महेशको गरेका थिए। 

कैलालीको टीकापुर नगरपालिका–१ का विवेक विष्ट सोमबार बिहान ११ बजे घरनजिकैबाट बेपत्ता भए। परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्दा उनको बुधबार हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो। शव झाडीमा अड्किएको अवस्थामा भेटिएको थियो। टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा शव भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले पुष्टि गरे।

यी उदाहरण कलिलो उमेरमै हत्याराको निसाना बनी ज्यान गुमाउनेहरूका हुन्। बालबालिका मात्रै होइन, पछिल्लो समय किशोरीहरूको पनि हत्या हुने क्रम बढेको छ। ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले सामान्य निहुँ तथा अपराध गर्न हिँडेका व्यक्तिले सानो अपराध लुकाउन ठूला अपराध गर्ने गरेको बताइन्। उनले पछिल्ला घटनाहरूलाई हेर्दा त्यसको निसाना बालबालिका पनि हुने गरेको जानकारी दिइन्। ‘अहिले हत्याका घटना बढिरहेका छन् तर ती हत्या कसरी भए भनेर अनुसन्धान गर्दा एउटा घटना लुकाउन अर्को घटना घटाइएको भेटिएको छ,’ उनले भनिन्, ‘चोरी गर्न हिडेकोेले हत्या नै गरेर फर्किएका घटना पनि छन्।’ उनका अनुसार यस्ता घटना ग्रामीण क्षेत्रमा बढ्न थालेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको बताए। उनले भने, ‘कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ।’ उनले दुस्मनी साँध्दा र बदलाको भाव राख्दा जघन्य अपराधहरू बढिरहेका बताए।

हालै गृहमन्त्रीको पद सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पनि पछिल्लो समय बालबालिका हत्या, महिला हिंसालगायत घटना बढिरहेकाले राज्यले यसको निराकरणमा चासो र चिन्ता राखेको बताए। उनले समाजसेवी, कर्मचारी, बालबालिका, सुरक्षा निकायका प्रमुखलगायतसँग अपराध न्यूनीकरण र रोकथामबारे छलफल गरेको जानकारी दिए। 

पछिल्लो समय ठाउँठाउँमा हुने हत्या र गम्भीर अपराधका घटनाले राज्यलाई नै कमजोर पारेकाले राज्यले त्यसबारे बढी चासो राख्ने गरेको बताए। उनले भने, ‘आपराधिक घटना बढिरहनु राम्रो होइन, यस्ता घटनाले समाजलाई झन् असुरक्षित बनाइरहेको हुन्छ, समाजमा सबै सुरक्षित साथ जिउन पाउनुपर्छ।’ उनले सामाजिक अपराध कम गर्न सबै प्रहरी एकाइहरूलाई निर्देशन दिइरहेको जानकारी दिए।

लोकप्रिय
अर्को समाचार
कोरोना कहरले आपराधिक घटना बढ्दै
२३ कार्तिक २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना कहरले आपराधिक घटना बढ्दै

कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले बताएको छ।  

रोजगारी नहुँदा युवाहरु आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने सम्भावना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। ‘अहिले धेरै युवाहरु गाउँमै बेरोजगार बसेका छन्,’ उनले भने, ‘यसले गर्दा उनीहरुमा वितृष्णा र नैराश्यता बढ्दै गएको छ, मदिरा सेवन लगायतका क्रियाकलापले अपराधका घटना बढ्दै गएका छन्।’

कात्तिक ९ गते मदिरा सेवन गरेका दुईजनाले कुटपिट गर्दा पञ्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय कमलबहादुर साउदको ज्यान गयो। स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरेर साउदमाथि कुटपिट गर्दा उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दसैंको राती सिगास गाउँपालिका–६ मा दुई समुदायबीच मदिरा सेवन गरेर कुटाकुट हुँदा घटना प्रहरीसम्म पुग्यो। रोकाया र दलित भएको विवादले उग्र रुप लिएपछि केही घाइते समेत भए। सोही दिन पाटन नगरपालिका–१ मा दुई वटा छुट्टाछुट्टै झडप भए। दुवै घटना गाउँमा मिलाइयो।

यि प्रतिनिधिमुलक घटनामा मदिरा सेवन प्रमुख कारण देखिए पनि गाउँघरमा बेरोजगार युवाको ठूलो जमात छ। कोरोना प्रभावका कारण भारत लगायत अन्य देशमा रोजगारी गर्ने युवा रोजगारी गुमाएर गाउँमै बेरोजगार छन्। स्थानीय सरकारले पनि बेरोजगार युवाको लागि प्रत्यक्ष रोजगारी मिल्न सक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिड्ने युवाबाटै बढी आपराधिक घटना हुन थालेका हुन्। धेरै घटना प्रहरीसम्म पुग्न सकेका छैनन्।

कोरोना प्रभावितको लागि स्थानीय सरकारले कृषि, पशुपालन लगायतका आयमुलक क्रियाकलाप सञ्चालन गर्न बजेट बिनियोजित गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। स्थानीय तहले प्रभावितको लागि ल्याएका कार्यक्रमले छोटो समयमै प्रतिफल दिने खालका कार्यक्रम नल्याउँदा रोजगारी गुमेर गाउँमा बसेका स्थानीय समस्यामा छन्।

अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्। धेरै जसो बेरोजगार युवाहरु यसको कुलतमा फसेका छन्। यसले गाउँघर जताततै अशान्ति फैलिएको छ’, पुर्चौडी नगरपालिका–१ का धनविर धामीले भने, ‘गाउँमा आयस्रोतका कुनै माध्यम छैनन्, युवाहरु गाउँ डुल्यो हल्लियो अधिकांश मदिराको लतमा लागेका छन्।’ कोरोना प्रकोपमा परिवारिक कलह, मनमुटाव, घरेलु हिंसा, महिला हिंसा, सम्बन्धविच्छेद जस्ता घटनासमेत बढ्न थालेका अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए।

दसैं आसपासमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सात वटा उजुरी दर्ता भएका छन्। कोरोना महामारीका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरू बेरोजगार बस्न बाध्य भएका छन्। गाउँमा विभिन्न खालका आपराधिक घटना बढ्दै गएपछि प्रहरीले हरेक गाउँमा गस्ती बढाएको जनाएको छ। जिल्लाका सबै प्रहरी चौकीबाट गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले बताए।

अहिले कोरोनाको त्रास, भयको कारण मानिसहरु तनावमा छन्। तनाव भएका बेला सानोसानो कुरामा पनि झनक्क रीस उठ्ने, आवेशमा आउने, जिद्दीपन, चिटचिटाहटपन, छट्पटी बढ्ने, निर्णय लिन गाह्रो पर्ने, जाँडरक्सी तथा लागू प्रदार्थको सेवन बढ्ने, शंका लाग्ने आदिजस्ता लक्षण देखा पर्न सक्छन्। यस्तो भएमा परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ। धेरैजसो घरेलु हिंसा तथा महिला हिंसा जाँडरक्सी तथा लागू पदार्थको सेवनका कारणले भएको देखिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
उच्च संख्यामा किन हराउँछन् किशोरी ?
उच्च संख्यामा किन हराउँछन् किशोरी ? १६ जेष्ठ २०७७ ३ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस