‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको बताए। उनले भने, ‘कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ।
वायुसेवा निगममा अनियमितताको चाङ
नेपाली पाइलटलाई तालिम दिई उडान योग्य बनाउन चासो नदिएर जुहारचनले १८ जना विदेशी पाइलट भर्ति गरेका छन्। जसले गर्दा निगममा नेपाली पाइलट पछि परेका छन्। त्यस्तै, पाइलटलाई तालिम सञ्चालन गर्ने केन्द्र छनोटमा समेत जुहारचनले नियमविपरीत सस्तो तालिम केन्द्र छाडेर महँगो तालिम केन्द्र छनोट गर्दा निगमलाई एक वर्षमा झन्डै ५० लाख १६ हजार ७ सय १० नोेक्सान भएको केन्द्रले ठहर गरेको छ।
निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे
निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ। निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन्।
हङकङमा भएको घटना सामान्य हो: निगम
गत अप्रिल २७ तारिखमा नेपाल वायुसेवा निगमको न्यारोबडी ए २० जहाज काठमाडौं–हङकङ उडानका क्रममा दुर्घटनानजिक पुगेको घटनालाई निगमले सामान्य भनेको छ। गत सोमबार नागरिकमा काठमाडौं–हङकङ उडानका क्रममा जहाज गम्भीर दुर्घटनानजिक पुगेको समाचार छापिएको थियो।
जहाज उडानमा बारम्बार लापरवाहीः हङकङमा जहाज दुर्घटनानजिक पुगेको घटना गुपचुप
आफ्नै बाबुको लापरबाहीले भएको घटना अनुसन्धान गर्न अपरेसन डाइरेक्टरले एक समिति गठन गरे। तर घटना गुपचुप गराउने उद्देश्यले समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन।
उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै
उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।
उडानमा जन्मदिन मनाउँदा कारबाही
पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’
संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी
कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।
अक्सिजनको अभाव: चिकित्सक झनै दबाबमा
कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।
Loading...