‘अहिलेसम्म हामीले आफैलाई चिनेका रहेनछौं, यो तालिमले किशोरावस्था भनेको के हो भन्ने राम्रारी जान्ने मौका मिल्यो’ १७ वर्षीया सुस्मा कार्कीले भनिन् । अर्का २० वर्षीय टेकेन्द्र कटुवाल भन्छन् ‘किशोरावस्था कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा त बल्ल पो थाहा पाएँ ।’ ‘किशोरावस्था बुझ्नसके सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेबारे छ्याङ्ग भयो’ फरक क्षमताकी १८ वर्षीया पवित्रा मगरको भनाई थियो ।
माथिका भनाई उदयपुरको रौतामाई गाउँपालिकाद्वारा आयोजित किशोर–किशोरीलक्षित १० दिने ‘रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम’मा सहभागी किशोर–किशोरीका हुन् । कार्की, कटुवाल र मगरजस्तै रौतामाईका ८ वटै वडाका १६ देखि २० वर्ष उमेर समूहका ४० किशोर–किशोरीलाई किशोरावस्थाको महत्व, उपयोग र समाजलाई दिने योगदानबारे बुझाउन तालिम आयोजना गरिएको हो ।
किशोरावस्थालाई राम्ररी बुझेर उपयोग गर्नसके उनीहरु मात्र नभएर समाज र देशकै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ रुपान्तरण प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिमले किशोरावस्थाको महत्व, गर्न सकिने काम र प्राप्त हुने सफलता, भविष्यमा गर्ने दिसानिर्देशलगायत बिभिन्न कुराबारे आँखा खुलाएको सहभागीहरुले बताएका छन् । अभिभावक, साथीभाई र समाजबाट हुने उपेक्षा, दुर्व्यवहार, विभेद र हिंसाविरूद्ध लड्दै जीवनोपयोगी सीप सिकाउन वर्ल्डभिजन इन्टरनेशनलको साझेदार जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरको सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिमप्राप्त किशोर–किशोरीले समुदायमा गएर १२ देखि १५ वर्ष उमेर समूहका किशोरावस्था उन्मुख बालबालिकालाई सिकेको ज्ञान बाँड्नुपर्नेछ । रौतामाईका अध्यक्ष गजेन्द्र खड्काले ८ वटै वडाको सहभागिता रहेको तालिमले ५ सयबढी बालबालिकालाई ज्ञान बाँड्ने अपेक्षा गरिएको बताए । उनका अनुसार बालबालिका किशोरावस्थामा प्रवेश गर्ने उमेर अत्यन्त सम्बेदनसिल भएकाले त्यो अवस्थाको सदुपयोग गर्दै आफू, समाज र राष्ट्रलाई योगदान पुर्याउँने लक्ष्यले तालिम आयोजना गरिएको हो ।
किशोरावस्थाको सदुपयोग गर्दै समाजमा विद्यमान बिकृति, बिसंगति र सामाजिक अपराधमा कमी ल्याउन सकिने उपाध्यक्ष कुमारी ज्युठकुरी बताउँछिन् । तालिम प्राप्त किशोर–किशोरीलाई सिकेको ज्ञान बाँड्न तत्कालै सबै वडाका बस्तीबस्तीसम्म खटाउने कार्यक्रम बनाएको पनि उनले जानकारी दिईन् ।
वर्ल्डभिजनका जनसम्पर्क विशेषज्ञ प्रमिल अधिकारी र तालिम प्रमुख चन्द्रकुमारी सुब्बाले सहभागीलाई आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक/सामाजिक समावेशीकरण, किशोरावस्थामा राम्रो बानी, पोषण, प्राथमिक उपचारबारे प्रशिक्षण दिएको सहभागीको भनाई छ । त्यस्तै सामाजिक गतिबिधिमा नागरिक सहभागिता, प्राकृतिक स्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसाविरुद्ध लड्ने उपाय, लघु उद्यम विकास आदि विषयमा पनि सिक्न पाएको सहभागीले बताए ।
फागुन ५ देखि १४ गतेसम्म चलेको तालिममा किशोर–किशोरीमैत्री १५ विधामा जीवनोपयोगी सीपबारे प्रशिक्षण दिइएको जिड्सका कार्यक्रम संयोजक अजयकुमार साहले बताए । उनले तालिमप्राप्त ‘साथी सहजकर्ता’ लाई केहीदिनभित्रै गाउँपालिकाको समन्वयमा हरेक वडा र गाउँगाउँ खटाएर १२ देखि १६ वर्षका किशोरावस्था उन्मुख बालबालिकालाई किशोरावस्थाको महत्वबारे सिकेको कुरा जानकारी गराउन परिचालन गरिनेछ ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले तालिम समापन गर्दै समाजलाई राम्रो बनाउन बालबालिका र किशोरावस्थादेखि नै प्रशिक्षत गर्दै लानुपर्नेमा जोड दिए । समाज र देशको भविष्य भनेकै युवाहरुको काँधमा हुने हुनाले उनीहरुलाई बाल्यावस्था र किशोरावस्थामै प्रशिक्षित गर्न सके रुपान्तरण संभव भएको सिडिओ पाण्डेले बताए । शारिरीक र मानसिक परिवर्तनको महत्वपूर्ण घडी किशोरावस्था भएकाले उनीहरुका लागि लगानी गर्न तीनैदहका राज्य लाग्नुपर्ने सुझाव उनको थियो ।
प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले वर्षेनी लागुऔषधको कुलतमा फस्नेको आँकडा डरलाग्दोगरी बढ्दै गएको भन्दै यस्ता दुर्व्यसन, मानसिक तनावजस्ता समस्याबाट बँचाउन किशोरावस्थामै ध्यान दिनुपर्नेमा जोड दिए । देशका हजारौं युवा दैनिक दुर्व्यसनमा फस्दै गएको बताउँदै एसपी दाहालले त्यसबाट बच्न राज्य, अभिभावक, समाज र किशोरहरु स्वयं रुपान्तरण हुन आवश्यक भएकाले यस्तो प्रशिक्षण महत्वपूर्ण हुने बताए । बिभिन्न क्षेत्र र संस्थाका वक्ताले सामाजिक रुपान्तरणमा लागुऔषध दुर्व्यसन र प्रयोग, बाल तथा महिला हिंसा, दुव्र्यवहार, बालबिबाह तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको सुनाउँदै यस्ता घट्नाको सामना गर्न किशोर–किशोरीको महत्वपूर्ण भूमिका हुने बताए ।
वर्ल्डभिजनका विशेषज्ञ अधिकारीले जिड्सको साझेदारीमा उदयपुरको सामाजिक रुपान्तरणमा वर्ल्डभिजनले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । नेपालसहित विश्वका धेरै मुलुकको सामाजिक रुपान्तरणमा वर्ल्डभिजनले सहयोग गर्दै आएको स्मरण पनि अधिकारीले गराएका थिए ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको ग्लोबल तथ्यांकले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक ७ जनामध्ये एक व्यक्तिमा मानसिक समस्या देखाएको छ। साथै १५ देखि २९ वर्षे उमेर समूहको कुल मृत्युमा अत्महत्या चौथो स्थानमा छ। परिवर्तित सन्दर्भमा अस्वाभाविक प्रतिस्पर्धा तथा भौतिकवादी दौडमा सफल हुन नसक्दा युवावस्थामा मानसिक समस्या देखिनु स्वाभाविकै ठानिए पनि लाउँलाउँ।।।खाउँखाउँ उमेरका किशोर/किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। अनि किशोरावस्थामा देखिने मानसिक समस्यालाई कुनै भूगोल तथा आर्थिक सम्पन्नता र विपन्नताले निर्देशित गरेको पाइँदैन बरु संसारभर स्कुले उमेरका बच्चामा दिमागी रोग बढेको देखिएपछि सबैले चिन्ता गर्नुपर्ने भयो नै। साथै, विश्व स्वास्थ्य संगठनको आंकडा भन्दा नेपालको तथ्यांक खासै पृथक नभएकाले किशोरावस्थाको दिमागी रोगलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समयमै ध्यान दिनुपर्ने देखिन्छ। किशोरावस्थामा के कारणले दिमागी समस्या देखिन्छ रु अनि के कस्तो रणनीतिक परिवर्तन तथा आनीबानी फेर्दा स्कुले उमेरका बच्चालाई मानसिक समस्याबाट बचाउन सकिन्छ त? भन्ने विषयमा भएका अन्वेषण उल्लेख गर्नु यो आलेखको लक्ष्य हो।
प्रकाशित दर्जनौँ अध्ययनअनुसार किशोरावस्था जीवनको अन्य पक्ष भन्दा निकै हिसाबले पृथक छ। राम्रो अवसरका लागि स्कुले विद्यार्थीहरू ठूलो जोखिम तथा चुनौतीको सामना गर्न तयार हुन्छन्। धेरै व्यक्तिमा गरिएको ब्रेन इमेजिंगले उत्प्रेरणा र सिक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने मस्तिष्कको लिम्बिक रिजन्स वयस्क र बच्चाको तुलनामा किशोरावस्थामा निकै क्रियाशील हुन्छ। स्कुले विद्यार्थीहरूले नवीन ज्ञान र प्रविधि अन्य उमेर समूहको तुलनामा छिटो सिक्नुको कारण उनीहरूको लिम्बक सिस्टमले न्युरोनल नेटवर्कसँग दरिलो सम्बन्ध राख्न सक्नुलाई मान्छन् न्युरोसाइन्टिस्टहरू। न्युयोर्क विश्वविद्यालयका डा. अग्लिस्का टिमुलाको समूहले सन् २०१२ मा प्रकाशित गरेको अन्वेषणले जीतको संभाव्यता न्युन भएको अवस्थामा समेत किशोरहरू जोखिम लिन हिच्किचाउँदैनन् भन्ने देखायो। त्यस्तै सन् २०१५ मा प्रकाशित अर्को अनुसन्धानले स्कुल उमेरका प्रशिक्षार्थीहरू युवाको तुलनामा आफ्नो ज्ञानलाई समयानुकूल परिमार्जन गर्दै आफूलाई प्रतिस्पर्धी बनाउँछन् भन्ने देखायो। स्मार्टफोन र कम्प्युटरमा भएका अपडेट्स तथा नवीन एप्सहरूलाई हाइस्कुलका विद्यार्थीले अभिभावकको तुलनामा सजिलै आत्मसाथ गर्न सक्नुको कारण उनीहरूको नबिन दिमागी क्षमता देखियो। त्यसैले घरमा कुनै इलेक्ट्रोनिक सामान बिग्रँदा छोराछोरीको मद्दत माग्नु अस्वाभाविक हुँदैन।
विश्वभर स्कुले विद्यार्थीको सुताइको ढाँचा फेरिएको देखिन्छ। राति ढिलोसम्म जागा बस्ने बानी प¥यो उनीहरूमा। संयुक्त राज्य अमेरिकाका हाइस्कुलका विद्यार्थीमा गरिएको एउटा अध्ययनले सुताइको अवधि र सुखको अनुभूतिबीच अनौठो अन्तरसंबन्ध स्थापित गरेको छ। सन् २००९ देखि झण्डै एक दशकसम्म गरिएको उक्त अध्ययनले पछिल्ला वर्षहरूमा दैनिक ७ घण्टा रात्रि विश्राम नलिने विद्यार्थीको संख्या सालिन्दा बढेको देखायो। सुताइ अवधि घट्दा विद्यार्थीले पढाइमा राति बढी समय खर्चिए अनि उनीहरूले थप विषयगत ज्ञान हासिल गरी आफूलाई शैक्षिकरूपले थप सुरक्षित महसुस गर्नुपर्ने हो। तर यथार्थमा परिणाम पृथक देखिएको छ। जसै राति ७ घण्टा नसुत्ने विद्यार्थीको संख्या बढ्दै गएको छ, हाइस्कुलका विद्यार्थीले आफूलाई थप दुःखी र असहाय महसुस गरेका पाइएको छ। मोलिकुलर लेभलमा गरिएको अर्को अनुसन्धानअनुसार दिनको कम्तीमा ७ घण्टा पनि सुताइ नपाउँदा मानवीय दिमागले दैनिक हासिल गरेको ज्ञानलाई उचित तवरले प्रशोधन गर्न नसक्ने भएकाले पढाइमा धेरै समय खर्चिए पनि उपलब्धि भने ऋणात्मक हुन्छ। पढाइमा खर्चिएको समयको अनुपातमा शैक्षिक उन्नयनको अवसर नपाउँदा विद्यार्थीमा निराशा छाउनु अस्वाभाविक भएन। तसर्थ, पढ्ने विद्यार्थीले उच्च सफलताका लागि सुताइमा पनि ध्यान दिन आवश्यक देखिएको छ।
विद्यार्थीले राति कम सुत्नुको मतलब उनीहरूले किताबी अध्ययनमा थप समय खर्चिएको भन्ने कुरा मान्न तयार छैनन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस् एन्जलसस्थित सेन्टर फर द डेभलोपिङ एडोलेसेन्टका निर्देशक एन्ड्रियु फुलिग्नी र एन्ड्रियाना ग्याल्भेन। सामाजिक सञ्जालको विस्तारले विद्यार्थीलाई ज्ञान हासिलमा तगारो मात्र नहालेको बरु उनीहरूलाई सुत्ने अवसरबाट समेत वञ्चित गरेको ठान्छन् प्राध्यापकद्वय। सामाजिक सञ्जालमा अत्यधिक लागु हुँदा विद्यार्थीले पढ्ने र सुत्ने दुवै असल क्रियाकलापमा समय दिन नसकी कक्षागत परीक्षामा दयनीय प्रस्तुति गरे। त्यसै कारण स्कुले बच्च थप दुःखी हुन पुगेको ठान्छन् उनीहरू। एक अर्को अध्ययनले आइफोन र स्मार्ट फोनको आगमनसँगै विद्यार्थीको सुताइ अवधि अनि विषयगत दक्षतामा ह्रास हुँदै गएको देखाएको हुँदा फुलिग्नी र ग्याल्भेनको सोसियल नेटवर्क थ्यौरीको आधिकारिकतालाई थप मद्दत गर्याे।
सामाजिक सञ्जाल र स्मार्ट प्रविधिले विद्यार्थीलाई सकारात्मक भन्दा नकारात्मक परिणाम दिएको देखिए पनि आधुनिक प्रविधिबाट किशोर/किशोरीलाई पृथक राख्न संभव छैन। त्यस्तो प्रतिकूल अवस्थामा नवीन ज्ञान हासिल गर्ने लगाव, जोखिम उठाउन सक्ने विलक्षण क्षमता अनि सधैँ नयाँ परीक्षणमा रुचि राख्ने किशोरावस्थालाई कसरी सकारात्मक ऊर्जाका साथ उपयोग गर्ने त भन्ने विषयमा विशेषज्ञको सल्लाहप्रति ध्यान दिन आवश्यक देखिएको छ।
न्युयोर्कस्थित माउन्ट सेनाइ मेडिकल कलेजका अनुसन्धानकर्ताले जामा पेडिएट्रिक्समा सन् २०१३ मा प्रकाशित गरेका एक क्लिनिकल ट्रायलले किशोर/किशोरीलाई प्राथमिक तहका विद्यार्थीको कक्षामा स्वयम्सेवकको दायित्व दिँदा साइटोकाइन इन्टरल्युकिन सिक्स भन्ने रासायनिक पदार्थको उत्पादन घटेको पाइएको छ। साइटोकाइन इन्टरल्युकिन सिक्सले शरीरमा पीडा अनुभूति गराउने भएकाले उक्त केमिकलको उत्पादन घट्नेबित्तिकै किशोरले खुसीको अनुभूति गरे थिए। यसरी तल्लो कक्षाका विद्यार्थीलाई सहयोग गर्नेहरू ग्रुप अर्को समूहको तुलनामा अधिक आत्मसन्तुष्ट देखिएका थिए। प्रसन्नताले व्यक्तिलाई चिन्ता मुक्ति दिने भएकाले उनीहरूमा मानसिक रोगको संभाव्यता न्यून हुने वैज्ञानिक निष्कर्ष रह्यो। आफू भन्दा साना स्कुले बच्चालाई सहयोग गर्दा किशोर/किशोरीको मानसिक स्वास्थ्यमा सुधार हुने स्वीकार गर्याे।
सन् २०१४ मा चाइल्ड डिभलोपमेन्टमा प्रकाशित एक फरक अध्ययनअनुसार कौतुहलताको ऊर्जा बोकेका हाइस्कुलका विद्यार्थीलाई रुचिअनुसारको अतिरिक्त क्रियाकलापमा संलग्न गराई स्वयम् उत्खननको अवसर दिन सके उनीहरूको ज्ञान तिखार्न सकिन्छ। हाजिरजवाफ, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप, अनि विज्ञान तथा सामाजिक अभियानमा विद्यार्थीलाई प्रेरित गरी उनीहरूको रुचिअनुसारको विषयमा सहभागी गराउनु उपलब्धिमूलक देखिएको छ। साथै, उक्त उमेर समूहकाले योगदानमा आफ्नो भूमिका खोज्ने भएकाले उक्त पक्षमा समेत ध्यान दिनुपर्ने हुन्छ। सभाकक्षमा म्युजिकल प्रस्तुति दिन अराउनु भन्दा उनीहरूको गानाबजानाले हजुरबा/आमा पुस्ताको दुःख हरण गर्न मद्दत गर्छ भन्ने व्याख्याले उनीहरूलाई आफ्नो क्रियाकलापप्रति आत्मसन्तुष्टि दिन्छ। आत्मस्वाभिमानले किशोर मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने देखिएको छ।
डिभलोपमेन्टल साइकोलोजीका गुरुहरूको विचारमा युवा युवतीहरू आफ्नो कामले अर्को व्यक्ति तथा समाजलाई के कस्तो योगदान गर्याे भन्ने विषयमा अधिक चासो राख्छन्। घरायसी धन्दामा आमालाई सघाउँदा पाएको स्याबासी अनि गाउँ टोलको सडक सफाइमा आफूले खेलेको भूमिकाले समेत युवालाई मानसिक समस्याबाट टाढा राख्ने ठान्छन् विज्ञहरू। त्यसैले युवाहरूको भोलिन्टिएर एक्टिभिटिज समाजका लागि मात्र फाइदाजनक नहुने बरु किशोर दिमागलाई भड्कन नदिन सहायकसिद्ध हुने देखिएको छ।
अस्ट्रेलियन अनुसन्धान समूहले सन् २००५ मा प्रिभेन्सन साइन्समा प्रकाशित गरेको अनुसन्धानले किशोर/किशोरीको आफ्नो अभिभावकसँगको सम्बन्धले उनीहरूको मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे चिरफार गरेको छ। आफ्ना बा/आमासँग सुमधुर संबन्ध स्थापित भएका विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्छन्। माता/पितासँगको सुमधुर स्वस्थले ब्रेनको महत्वपूर्ण भाग एमिग्डेलाको परिपक्वतामा सकारात्मक भूमिका खेल्ने भएकाले सहज पारिवारिक वातावरणमा हुर्किएका बच्चाहरू मानसिक रोगको सिकार हुने संभावना न्यून हुन्छ। सधैँ पारिवारिक कलहमा हुर्किएका बच्चाको ब्रेन डिभलोपमेन्ट राम्रो हुन नसक्ने भएकाले उनीहरूको मानसिक थकान कालान्तरमा दिमागी रोग बन्न सक्ने देखिन्छ। त्यसैले बच्चाको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै माता/पिताले आफूबीचको संबन्ध सन्ततिको दिमागी कुशलताका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझ्न आवश्यक छ। संबन्ध बिच्छेदको दर अधिक भएको देशका बच्चामा मानसिक समस्या अत्यधिक देखिनु केबल संयोग मात्र होइन बरु माता/पिताको स्वस्थ सम्बन्ध र सन्ततिको आत्महत्या दरका बीचसमेत प्रत्यक्ष संबन्ध छ भन्ने बुझ्नुपर्छ।
किशोरावस्थामा मानसिक रोगको आकडा उकासिनु कुनै पनि परिवार, समाज र राष्ट्रका लागि शुभ संकेत होइन। तसर्थ, यो महारोगको इलाजका लागि सबैले हातेमालो गर्न आवश्यक छ। पारिवारिक सुमधुरता र विद्यार्थीलाई पर्याप्त सुताइको वातावरण बनाउने दायित्व माता/पिताको रह्यो भने किशोरलाई सामाजिक स्वयम्सेवकको अवसर प्रदान गर्ने काम स्थानीय निकायको काँधमा छ। सामाजिक सञ्जाल र इलेक्ट्रोनिक मिडियाको कुलतले युवाको दिमागलाई विषाक्त बनाउने क्रम दिनानुदिन बढ्दै गएकाले राज्य स्तरबाटै आवश्यक कदम चालिनु आवश्यक छ। किशोरको दिमागलाई स्वस्थ राख्न सबै पक्षले आआफ्नो क्षेत्रबाट योगदान गरौँ। युवाको मानसिक स्वास्थ्य सुधार्न सबैले योगदान गरौँ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।