संग्रह
लुम्बिनी प्रदेश : कित्ता क्लियर नहुँदा प्रदेश र जिल्लाका नेता–कार्यकर्ता अलमलमा
यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु रुपन्देहीका घनश्याम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे र ठाकुर गैरे, गुल्मीका गोकर्ण बिष्ट, युवराज ज्ञवाली लुम्बिनीका प्रभावशाली नेताहरु हुन्। यी नेताहहरुले पार्टी एकीकरणका लागि भन्दै तेश्रो धार पक्रेपछि प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताहरुसमेत अलमलमा छन्।
नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा
नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेका नेता माधवकुमार नेपालसहितका नेताहरु सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।
अष्टलक्ष्मी मेरै चाहनामा मुख्यमन्त्री बन्नु भएको हो तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छः माधव नेपाल
‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’
ओलीले ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्न बाध्य भए: नेपाल
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।
निर्वाचन आयोग पुगे माधव नेपाल
नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।
सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत
नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।
प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!
प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हुन्।
नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै
प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ।
प्रदेश १ का १० सांसद समाजवादीमा
नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ।
सत्ताको सात घुम्ती
नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्र लाई हित हुने काण्ड कदापि मान्न सकिन्न।