नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा रहेका नेता माधवकुमार नेपालसहितका नेताहरु सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्। नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेताहरुलाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको हो।
नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालसहितको टोलीले रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल गर्ने बताइएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि निर्वाचन आयोगले भदौ ९ गते बोलाएको छ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।
उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।