नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्।
मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन्।
उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताए। यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने उनको भनाइ छ।
उनले भने, ‘अवश्यपनि यसले केही सन्देश त दिएकै छ। प्रत्येक निर्वाचनले दिने परिणामको बारेमा विश्लेषण गर्नुपर्दछ। जनताको झुकावहरु कसैप्रति किन गइरहेको छ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडी बढ्नैपर्छ । गम्भिर चिन्तन मनन गर्नु आवश्यक छ। आफूमा भएका कमी कमजोरी सुधार्यो भने मात्रै जनताले विश्वास गर्छन्। होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन्। हुनत सबैको परीक्षाको घडी शुरु भएको छ। सबैले परीक्षामा पटक–पटक उर्तिण हुनुपर्छ। त्यसमा सबैको ध्यान जाओस्।’
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।
उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।