माधव नेपाल पक्षका भनिएका लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरु तेश्रो धारमा लागेपछि प्रदेश नेता तथा कार्यकर्ताहरु अलमलमा परेका छन्। यसअघि नेपालको पक्षमा खुलेरै लागेका प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु समेत नेपालको नव गठित पार्टी नेकपा (एकीकृत समाजवादी) मा खुल्न सकेका छैनन्। उनीहरु पर्ख र हेरको स्थितिमा छन्।
यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु रुपन्देहीका घनश्याम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे र ठाकुर गैरे, गुल्मीका गोकर्ण बिष्ट, युवराज ज्ञवाली लुम्बिनीका प्रभावशाली नेताहरु हुन्। यी नेताहहरुले पार्टी एकीकरणका लागि भन्दै तेश्रो धार पक्रेपछि प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताहरुसमेत अलमलमा छन्।
उनीहरु अहिले पनि पार्टी फुटेर नभई जुटेर अगाडि बढ्नु पर्ने भन्दै आएका छन्। सुर्य चिन्ह छोडेर नयाँ पार्टीमा जाँदा जनमत गुम्ने डरले दोश्रो तहका केन्द्रीय नेताहरु नवगठित पार्टीमा खुल्न नसकेको स्थानीय नेताहरुको विश्लेषण छ। कार्यकर्ताको यही मनोभाव बुझेर नेताहरु तेश्रो धार पक्रेर पार्टी एकताका लागि पहल गरिरहेको गुल्मीको मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सोपकोटाले बताए। सापकोटा यसअघि नेपाल पक्षमा खुलेर लागेका नेता हुन्।
गुल्मीका १२ पालिकामध्ये ७ वटा पालिकाका अध्यक्ष यसअघि माधव नेपाल पक्षमा खुलेरै लागेका थिए। तर अहिले ती कोही पनि नेपालको नवगठित नेकपा एकीकृत समाजवादीमा खुलेका छैनन्। सापकोटाले आफूहरु अझैपनि पार्टी एकताकै पक्षमा रहेको र त्यसका लागि नेताहरुले गरिरहेको प्रयास सफल हुने विश्वास व्यक्त गरे।
विभाजनले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षलाई फाइदा नहुने कार्यकर्ताको बुझाइ छ। नेताहरुमा भने सुर्य चिन्ह छोड्दा जनमत गुम्ने डर देखिन्छ। यसअघि नेपाल पक्षमा खुलेर लागेपनि अहिले तटस्थ बसेका रुपन्देहीका एकजना स्थानीय नेताले एमाले कार्यकर्तामा रहेको सुर्य चिन्ह प्रतिको आत्मीयता तोड्न त्यति सजिलो नभएको बताए। तर नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङले भने आम नेता कार्यकर्ता ओली प्रवृत्तिसँग थाकिसकेको भन्दै नेकपा (एकीकृत समाजवादी) को पक्षमा ठूलो जनाधार रहेको दावी गरे।
केही दिनमा कसको पक्षमा कति भन्ने कुराको निर्क्योल हुने उनले बताए। ढिलो चाँडो ओलीको साथ सबैले छोड्ने दावी गुरुङले गरे। तेश्रो धारमा लागेका भनिएका नेताहरु पनि नेपालकै पक्षका रहेको दावी नेपाल पक्षका जिल्ला तहका नेताहरुको छ। लुम्बिनीमा अहिले नै नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनाधार कति छ भन्ने किटान गरिहाल्दा हतार हुने नेपाल पक्षको भनाइ छ। भने ओली पक्षले दुईचार जना नेता जाँदैमा सिंगो कार्यकर्ता पंक्तिले एमालेको साथ नछोड्ने दावी गर्छन्।
लुम्बिनीमा प्रदेशसभा र स्थानीय तहमा ओली समूहकै पकड छ। प्रदेश सभामा एमालेका हाल ३६ सांसद छन्। तीमध्ये २ जना मात्रै नेपाल पक्षका हुन, सांसद बिष्णु पन्थी र रमा घर्ती। पन्थी नेपाल समूहले गठन गरेको कपिलवस्तुको समानान्तर जिल्ला कमिटी अध्यक्षसमेत हुन्। तर नेपालले नयाँ पार्टी खोलेपछि भने दुवै जना पर्ख र हेरको अवस्थामा छन्।
आफू ओलीको साथमा नभएको बताएकी पाल्पाकी सांसद घर्तीले पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने भन्दै एकीकरण हुने विश्वास व्यक्त गरिन्। यसअघि नेपालको पक्षमा खुलेका केही स्थानीय जनप्रतिनिधिहरु पनि अहिले खुिलसकेका छैनन्। उनीहरु अझैपनि तेश्रो धार पक्रेका भनिएका नेताहरुको पहलमा पार्टी एकीकरण होला की भन्ने आशमा बसेका छन्।
लुम्बिनीबाट नेकपा (एकीकृत समाजवादी) मा रामकुमारी झाँक्री, मेटमणी चौधरी, डा. बेदुराम भुसाल लगायतका नेता छन्। नेकपा (एकीकृत समाजवादी)मा गएका यी नेताहरुको क्षेत्रमा भने तुलनात्मक रुपमा नेपाल पक्ष बलियो देखिएको छ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।
उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।