सत्ताको सात घुम्ती
१७ भदौ २०७८
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्ताको सात घुम्ती

समाजसँग राजनीतिले शक्ति माग्दा पार्टीको जन्म हुन्छ।नेकपा (एमाले) स्थापना गरेदेखि त्यसैमा पाँच दशक बिताएपछि एमालेबाटै ‘क्लोनिङ बर्थ’ पाएर माधवकुमार नेपालको अध्यक्षतामा अस्तित्व देखाएको नेकपा (एकीकृत समाजवादी) समाजसँग शक्ति मागेर जन्मनुभन्दा एमालेका विकृति तथा विसंगतिविरुद्धको अनिवार्य नतिजा भन्नु वास्तविकता हुन्छ।

आफ्नो पार्टीभित्रको स्वेच्छाचारिता, संगठित अराजकता र ‘बुर्जुवा विकृतिविरुद्ध’ माधवकुमार नेपालले ‘साहसिक विद्रोह’ नै गरेका हुन् जसलाई पचाउन एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई हम्मेहम्मे परिरहेको देखिन्छ। सत्ता परिवर्तनको सन्दर्भमा नेपालविरुद्ध उनको आक्रोश सोही सकसको हतास र आत्मनाश रूप हो। नेपालका कदमबाट ओली यति थर्कमान र विक्षिप्त भएको पाइयो, उनले आफ्नो अनिश्चित राजनीतिक भविष्य बुझेर नै होला, नेपालविरुद्ध सार्वजनिक कार्यक्रममा अपशब्दमै ओर्लिए।

कम्युनिस्ट गुटबीच स्वार्थको मापदण्डले एकअर्कालाई हेर्ने, परिभाषित र गालीगलौज गर्ने काम चलिरहन्छ। एमाओवादीलाई केपी ओली ‘टेरोरिस्ट’ मात्र भन्दैनथे, भेटेसम्म छ्याँस्न कहिल्यै बाँकी राखेनन्। २०७४ को निर्वाचनमा जनताले एमालेलाई उसको कम्युनिस्ट आकृति हेरेर होइन, लोकतन्त्रवादी प्रकृति हेरेर शानदार विजयजन्य मतादेश दिएका थिए। तर अध्यक्ष ओलीको अहंकारले त्यो मतादेशको निहितार्थलाई आत्मसात गर्न सकेन।आफूसँग असहमत हुने कसैलाई उनले सहेनन्। 

एमाले फुटाउन माधव नेपाललाई उक्साउने उनको निकटतम एउटा समूह, पार्टी फुटिसकेपछि एमालेमै फर्किएको गतिविधिले गुणात्मक राजनीतिबारे त्यो पार्टीको दोस्रो पुस्ताको मनोवृत्ति तथा नियत उदांग बनाएको छ।एमाले फुटेपछि प्रदेश सरकारहरूमा परेको प्रभावस्वरूप जसरी मुख्यमन्त्रीहरू र प्रदेश इन्चार्जहरूको हेरफेर भइरहेको छ, यही काम पार्टीभित्रको विवादकै बेला ओलीले समाधान गरेका भए एमाले फुटाउन को आउँथ्यो र !

नेपालको संविधान २०७२ लेखनको काम असंवैधानिक तरिकाले जालझेल, छलछाम, तानतुन र चोर बाटोको यात्राका रूपमा भइरहँदा एमाले अध्यक्ष ओली त्यसका मुख्य खेलाडी थिए।यसो गर्नुको एउटै कारण उनलाई प्रधानमन्त्री बन्न हतार थियो। २०७२ मा भूकम्प गएको डेढ महिनापछि जेठ २५ गते भएको ४ दलको १६ बुँदे सहमतिअनुसार संविधान जारी भएको भोलिपल्ट नेपाली कांग्रेसले सत्ता हस्तान्तरण गर्नुपर्ने बुँदामा ओलीको विशेष जोड थियो। वास्तवमा नेपालको संविधान २०७२ ‘नयाँ’ होइन, चारीत्रिक रूपमा अन्तरिम संविधानको विस्तारित संस्करण हुन पुगेको छ।यो आज यसकै स्रष्टाबाट प्रताडित, पीडित, असुरक्षित र बेवारिस भइरहेको छ।परिवर्तनको वैधानिक संहिताका रूपमा संविधान प्रमाणित भएन, सत्ताको आशक्तिका लागि फगत हत्कण्डा भयो।मुख्य पार्टीहरू र सत्ताको चरित्र सोही हत्कण्डाको दुष्परिणाम हो।

सही कम्युनिस्टले सघीय राज्यसंरचना तथा विकेन्द्रीकरणमा विश्वास गर्दैन तर यो संविधानमा कम्युनिस्ट विरोधी मान्यता कम्युनिस्टहरूबाटै लादिएको छ। संघीयताको जोड माओवादीको हो।लेनिनले प्रष्टै भनेका छन्– ‘...पुँजीको सारा इतिहास हिंसा, लुटमार, रक्तपात र भ्रष्टाचारको इतिहास हो। र, हामी कुनै रूपमा पनि ससाना राष्ट्र बनाउने पक्षमा बिल्कुलै छैनौं, अन्य परिस्थिति अनुकूल होस त, हामी निश्चय नै केन्द्रीयकरणको पक्षमा तथा संघात्मक सम्बन्धका कूपमण्डूकहरू जस्तो आदर्शको विपक्षमा हुनेछौँ।’ समाजवादी संविधान बनाउने नाममा लेनिनको यो दृढतालाई चुनौती दिएर उनका नेपाली अनुयायी हौं भन्नेहरूले धज्जी उडाए।

गिरिजाप्रसाद कोइरालाले पार्टीका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कांग्रेस छाडेर हिँड्न विवश बनाउन सके आफू सर्वशक्तिमान हुने सपना देखेर त्यसै गरे।आखिर कांग्रेसलाई कहिले माओवादीको र कहिले एमालेको वैशाखी टेकेरमात्र हिँड्ने हैसियतमा पुर्‍याए।सोही चरित्रको पुनरावृत्ति गर्दै, ठीक त्यस्तै उद्देश्य र नियतबाट ओलीले एमालेका संस्थापक नेताद्वयलाई पार्टीबाट निस्कन बाध्य बनाए।आखिर उनको अतिआकांक्षा र नियतका कारण आफू नै सत्ताच्यूत भए र एमालेलाई पनि विभाजित, स्खलित र कमजोर बनाए।

अपराधका निम्ति आँट र आँटिलालाई नेताको आड ओलीराजको विशेषता भएको थियो।नेताहरूको अभयदानमा मुलुकको संविधान प्रताडित र गुण्डाराजमा गयो।अपराधीले नेताको आत्मीयता पाउन साह्रै सजिलो भयो।जेल अपराधीहरूका हेडक्वार्टर भए। अपराधीहरू जेलमै बसेर लागु पदार्थ तथा कालो धनको कारोबार, जेलबाहिरका व्यवसायीहरूसँग धम्क्याएर ‘चन्दा’ माग्ने, नदिए जिउँदै जलाएर मारिदिनेसम्मका अपराध चलाउन पाए।कतै त्यस्तै चरित्रलाई सांसद र मन्त्री पनि बनाइए।दोषी राजनीतिक दुराशय र अपराध मानसिकता राज्यसत्ता र राष्ट्रिय राजनीतिमा हावी भयो। सबै पक्षले आफ्नो लक्ष्य र पक्षलाई धोका दिएर आज यो विन्दुमा पुगेका हुन्, जुन धोकाले जनता र मुलुकलाई सिकिस्त बनायो।

बिग्रेको सत्ताका तीनमध्ये सबै वा कुनै रूप हुन सक्छ– अनैतिक वा असभ्य सत्ता, भ्रष्ट सत्ता वा अपराधी सत्ता।साढे तीन वर्ष ओलीको सत्ताकालमा, आँटिलोले जे गरे पनि हुन्छ भन्ने आपराधिक मान्यता स्थापना भयो।सत्ता वरिपरि व्यापारीको भेषमा, उद्योगीको अवतारमा, ब्युरोक्रेट्को झाँकीमा, नेताको बहुरंगी चेहरा र चरित्रमा र रक्षकले भक्षक भएको यथार्थमा संरक्षित भयो। तर माधव नेपाल प्रवृत्तिलाई पार्टी नै छाड्न विवश बनाइयो।मित्रलाई मालिक मान्नु पर्दैनथ्यो र शत्रु देख्न पनि हुँदैनथ्यो। तर ओली अहंकारले अन्धो भएर मित्रलाई शत्रु देख्न पुग्यो।२०५९ सालताका सात पार्टीको सडक आन्दोलनमा अध्यक्ष ओलीको खासै सहभागिता थिएन।सात पार्टीको रत्नपार्ककेन्द्रित विरोध कार्यक्रमलाई त उनी भित्तै पुग्ने गरी पखाल्ने र निन्दा गर्थे।अर्कातिर माधव नेपाल गिरफ्तारी दिएर महिनौँ दिनसम्म नजरबन्दमा बसेका थिए।

माधव नेपाल प्रधानमन्त्री भएका बेला माओवादी लडाकु समायोजनले एक खुड्किलो गति लियो। राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) लाई बिदा गरियो र लडाकुहरूलाई माओवादीको नियन्त्रणबाट छुटाएर सरकारको मातहतमा ल्याइयो।संविधान दिन त परै जाओस्, मुलुकको प्रधानमन्त्री छान्न पनि नालायक भइसकेको विघटित संविधानसभाको अकर्मण्यताले गर्दा यिनले प्रधानमन्त्रीबाट त्यागपत्र दिएर पनि सात महिनासम्म कामचलाउका रूपमा आफ्नो भूमिका निर्वाह गरे।नेपालको राजनीतिक इतिहासमा राजीनामा स्वीकृत भएर पनि कामचलाउका रूपमा यति लामो प्रधानमन्त्री भइरहेका व्यक्ति उनै हुन्।

टाढैबाट देखेको हो, बुझिन्छ माधव नेपाल बोलेको कुरा पूरा गरिछाड्ने, राजनीतिमा नैतिकताको हेक्का र महत्त्व राख्ने, सात्विक र सादगीपूर्ण निजी जिन्दगी भएका नेता हुन्।२०६४ को संविधानसभा निर्वाचनमा आफू महासचिव रहेको एमाले पराजित भएर तेस्रो ठूलो दलका रूपमा झरेपछि उनले नैतिकतावश पदबाट राजीनामा दिएकै हुन्। उनी आफ्नो नजिकमा विचारवान्, नैतिकवान् र राजनीतिक दृढता भएका चरित्रलाई प्रश्रय दिन्छन् भन्ने कुरा विभिन्न घटनाद्वारा पनि पुष्टि भएको हो।हालैको सत्ता परिवर्तन र एमालेभित्रको महाभारतमा रामकुमारी झाँक्रीजस्ता नयाँ पुस्ताका उदाहरणीय दृढ महिलाहरूको समर्पण र सक्रियताले उनलाई ऊर्जा र सहयोग मिलेको देखियो।

जे होस् नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्रलाई हित हुने काण्ड कदापि मान्न सकिन्न। आज प्रत्येक नेपालीले आफ्नो इमानदार चेतनालाई न्यायाधीश बनाएर, एमालेको यो दशा र दिशाबाट सावधानीको शिक्षा लिँदै आफ्नै अन्तस्करणको इजलासमा यो देशको भाग्य र भविष्यको फैसला गर्ने बेला आएको छ। परिवर्तनको खोजी गर्दा राष्ट्रियताको जग खल्बलिरहेको छ, प्रणाली र परम्पराका पेचकिलाहरू खुकुलिइरहेका छन्।परिवर्तनका नाममा आइलागेको दुष्परिणामको क्षति कसरी गर्न सकिन्छ, अब त्यतातिर ध्यान दिनुपर्ने अवस्था आउँदैछ। ध्वंसको नियन्त्रण नै तात्कालिक नागरिक धर्म भएको छ।अनि मात्र अरू कुरा सोच्ने अवसर बन्ला।

badrimeena@hotmail.com

अर्को समाचार
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे
०१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।

उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस