प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो। शुक्रवार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिवद्धता समेत व्यक्त गरे।
प्रमुख सचेतक गिरीले भने, ‘सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस्। भद्रगोल पनि नहोस्। अव्यवस्था पनि नहोस्। सडक कुरुप पनि नबनोस्। तर सँगसँगै यसलाई मर्यादित र व्यवस्थित गर्नसक्ने हो भने हाम्रो जस्तो सानो इकोनोमी भएको, अहिलेको जुन आर्थिक स्थिति छ। यस्तो बेलामा सानोसानो पूँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्नसक्छ। तर यसलाई नीतिबाट गाइड गर्नु पर्यो। विधिबाट गाईड गर्नुपर्यो। कानूनद्वारा व्यवस्थित गर्नुप¥यो। यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले भन्ने मलाई लाग्छ।’
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्।
मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहोर्याए। सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे।
उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ। गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ। विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन्। थप कुनै योजना, आयोजनाहरु छैनन्। यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को बिरोध हो। एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो। झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ? त्यो प्रयास गर्नु हो। त्यही काम यस गठबन्धनले गरिराखेको छ। यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका बिरोध। विकासको एजेण्डा छै,न, सुशासनको एजेण्डा छैन। भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन। र, यो गठबन्धन नितान्त एमालेका बिरुद्ध केन्द्रित छ। हामीले यो कुरा बुझेका छौं। र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्नसक्छांै। तर अहिले यो गठबन्धन कायम छ। यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रुपमा असफल भयो। मैले त एक वर्षको समिक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन। अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि। केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो। अरु केही छैन। सरकार असफल भएको छ। यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ। अराजकतातिर जाँदो छ। जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।