पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी
०४ साउन २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी

नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको संख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेको हो।

'नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन्।'

उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्य रहेको उल्लेख गरेका छन्।

एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पारे। एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताएका छन्।

'दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो। तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन', उनले भने, 'यो कुरा नवौँ महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ। विसं २०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए।'

सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेका छन्। 

'नेतृत्वका आकाङ्क्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइनेजस्ता अनियमित कामका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो। एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अर्को समाचार
प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णत असफल भयो: ओली
०८ फागुन २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णत असफल भयो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहोर्‍याए। सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे।

उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ। गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ। विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन्। थप कुनै योजना, आयोजनाहरु छैनन्। यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को बिरोध हो। एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो। झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ? त्यो प्रयास गर्नु हो। त्यही काम यस गठबन्धनले गरिराखेको छ। यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका बिरोध। विकासको एजेण्डा छै,न, सुशासनको एजेण्डा छैन। भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन। र, यो गठबन्धन नितान्त एमालेका बिरुद्ध केन्द्रित छ। हामीले यो कुरा बुझेका छौं। र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्नसक्छांै। तर अहिले यो गठबन्धन कायम छ। यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रुपमा असफल भयो। मैले त एक वर्षको समिक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन। अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि। केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो। अरु केही छैन। सरकार असफल भएको छ। यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ। अराजकतातिर जाँदो छ। जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस