प्रदेश १ मा नेकपा एमालेका १० जना सांसद एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्। नेकपा एमालेका ५१ जना सांसदमध्ये १० जना (एकीकृत समाजवादी)मा जाने निश्चित भएको हो।
१० जना सांसद (एकीकृत समाजवादी)मा जाने निश्चित भइसकेको नेकपा एमालेका सांसद राजन राईले जानकारी दिए। ‘हामी १० जना एकढिक्का छौं’ उनले भने। राईका अनुसार बुधबार प्रदेश १ का सांसदहरूले नयाँ पार्टी रोजेको निर्वाचन आयोगलाई जानकारी दिनेछन्। उनले भने ‘हामी भोलि नै निर्वाचन आयोगमा गएर नयाँ पार्टी रोजेको जानकारी दिंदैछौं। उनले आफूहरूले नयाँ पार्टी रोजेसँगै भर्खरै नेकपा एमालेका नेता भीम आचार्यको नेतृत्वमा बनेको नयाँ सरकार अल्पमतमा पर्ने बताए। ‘हामीले नयाँ पार्टी रोजेसँगै वर्तमान सरकार अल्पमतमा पर्छ,’ उनले भने, ‘यो सरकारलाई विस्थापित गर्ने विपक्षी गठबन्धनका दलहरूबीच सहमति भइसकेकाले एक महिनाभित्रै यो सरकार विस्थापित हुन्छ।’
नेकपा एमालेका १० जनामात्रै सांसद नयाँ पार्टीमा गएको अवस्थामा भीम आचार्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा पर्ने निश्चित छ। तर, अझैसम्म पनि नेकपा एमालेका दुवै खेमाका नेताहरू सांसद तानातानमा तल्लीन छन्।
निर्वाचन आयोगमा औपचारिक रुपमा सांसदहरूले दल छानेको जानकारी नगराएसम्म कति सांसद कता रहन्छन् भन्ने यकिन गर्ने अवस्था छैन। तर, एमालेका १० जना सांसदले नयाँ पार्टी रोजे भीम आचार्य नेतृत्वको सरकार एक महिनामै ढल्ने निश्चित छ। सरकार लामो समय टिक्न नसक्ने आँकलन भइरहेकाले मुख्यमन्त्री भीम आचार्यले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन्।
आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि दुईजना मन्त्री थपेर ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरिए पनि मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकिरहेको छैन। प्रदेश १ मा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। प्रदेशसभाका ९३ जना सांसद मध्ये १ जना सांसदको पद रिक्त रहेको छ।
यस आधारमा प्रदेश १ मा सरकार गठन गर्नका लागि बहुमत पु¥याउन ४७ जना सांसद आवश्यक पर्छ।
सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्। भदौ १५ गते १० सांसदले सनाखत गरेका थिए भने आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालयमा गएर सनाखत गरेका हुन्।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनकुमारी चौधरी, र मनाकुमारी साउँद, पूर्व मन्त्री माया भट्ट, एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र शुसिला बुढाथोकीले सनाखत गरेका थिए।
नेकपा एमालेका सभामुखसहित २५ प्रदेश सभा सदस्य थिए। ती मध्य पठानसिंह बोहरा, लिलाधर भट्ट, मायालु चौधरी, रतन थापा, बलदेव रेग्मी, माया तामाङ बाेहरा र ग्याल्वुसिंह बाेहरा गरि ७ सासंद यसअघि ओली पक्षमा उभिएका थिए। प्रभावशाली मानिएका नेता भीम रावलकै निकट मानिएका १३ सांसदले उनको साथ छोड्दै नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्।
विगतमा माधव समुहमा रहेका एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर भने नेता रावललाई साथ दिँदै एमालेमै रहने निर्णय गरेका छन्। यसअघि नेकपा एकीकृत समाजवादीमा खुलेको भनिएकी राज्यमन्त्री अर्चना गहतराज पनि एमालेकै रहने संकेत गरेकी छन्।
उनी निकटका १३ सांसदले साथ छोडेपछि यसअघि प्रदेश सभामा दह्रो पकड भएका नेता भीम रावललाई धक्का लागेको छ। रावलकै रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने गर्थे। भने एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहाना बमोजिम हुन्थ्यो। प्रदेश सभामा दह्रो पकड रहेकाले प्रदेश सरकारका काम कारबाही पनि उनकै निर्देशनमा प्रभावित हुने गरेका थिए।
एमालेका अध्यक्ष केपी शर्मा माओलीको कटु आलोचक रहेका रावलले अन्तिम अवस्थामा माधवको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि निकटका १३ सासंदले उनको साथ छोडेका हुन्।
रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले स्थायी कमिटीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सासंदले विश्वासको मत दिएका थिए।
नेकपा एमाले स्थायी कमिटीको बैठकले जेठ १० गते प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय विपरित रावलकै निर्देशनमा जेठ १२ गते नेकपा एमाले प्रदेश सभा संसदीय दलको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको थियो। भने जेठ १४ गते एमालेका २ मन्त्री फिर्ता बाेलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जसपाका २ सासंद थिए। १३ जना सासंद नेकपा एकीकृत समाजवादी गएसँगै माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) को १३ बरावर संख्या पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।