नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै
१३ भदौ २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै

प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ। गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो। आकांक्षी धेरै र मन्त्रालय थोरै हुँदा कसरी मिलाएर लाने भन्ने गृहकार्यमा नेता नेपाल लागेका छन्।

नयाँ दल गठनमा नेपाललाई हरतरहले सहयोग गरेका नेताहरूले मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर सरकार र पार्टीमा कुनै जिम्मेवारी नपाएका नेता–कार्यकर्ता तथा सांसद अहिले नेपालको पार्टीमा छन्। उनीहरूलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बाध्यतामा नेता नेपाल छन्। तर, थोरैलाई मात्र अवसर दिन सकिने अवस्थामा पार्टी रहेको नेपालनिकट नेताहरूले बताएका छन्। नेकपा एसको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने भएपछि कसकसलाई मन्त्री बनाउने भन्ने दबाब नेता नेपालमा पर्नेछ। नेपाल आफैं संसदीय दलका नेता हुने भएकाले खासै समस्या हुँदैन।  

नेपालले नेता मुकुन्द न्यौपानेलाई तत्काल सरकारमा पठाइहाल्ने सम्भावना देखिन्छ। कल्याणीकुमारी खड्का संसदीय समितिमा रहेका कारण उनलाई त्यही नै राख्ने सोचमा नेपाल देखिन्छन्। सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीले पनि सरकारमा जान चाहेका छन्। सरकारमा जान चाहनेमा निरादेवी जैरु र प्रेमबहादुर आले पनि छन्। ओलीले मन्त्रीबाट हटाएपछि रुष्ट आले नेपाल समूहमा आएका हुन्। नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीले पनि सरकारमा सहभागी हुने मन गरेका छन्। त्यस्तै सरला यादवले उपसभामुखमा दाबी गरिरहेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति बन्न चाहिरहेका छन्। कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीको दाबी गरिरहेका छन्।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकार सामेल हुने आकांक्षीमा पर्छन्। नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्। थापाले पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। थापाका पति वामदेव गौतमले पनि केही दिनमा एमालेबाट राजीनामा दिएर एकीकृत समाजवादीमा सहभागी हुने जनाइसकेका कारण पनि थापालाई सरकारमा पठाउनुपर्ने बाध्यतामा नेता नेपाल छन्।

प्राप्त हुने मन्त्रालयहरूमा ६ जना, राष्ट्रिय सभाको प्रमुख सचेतक तथा सचेतकामा दुईजना, प्रतिनिधिसभाको प्रमुख सचेतक तथा सचेतकमा दुईजना तथा विकास समितिका सभापतिमा दुईजना गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारे एकीकृत समाजवादी पार्टीका नेताहरू अलमलमा छन्। धनबहादुर बुढा, प्रेम आले र किसान श्रेष्ठ पार्टी नफुट्दै सरकारमा सहभागी हुनुपर्छ भनिरहेका हुनाले उनीहरूलाई पनि समेट्नुपर्ने दायित्व नेता नेपालमा छ। किसान श्रेष्ठ तनहुँमा समाजवादी पार्टीको कार्यालयसमेत खोलेर एक कदम अगाडि बढिसकेका छन्।  

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका लागि ताकेता गरिरहेको बेला सो पार्टीले सरकारमा जाने निर्णय गरिसकेकाले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ। सरकारमा नेपाल नेतृत्वको पार्टीलाई ६ देखि ७ मन्त्रालय दिने तयारी भएको छ। सरकारमा नेपाली कांग्रेसपछि दोस्रो प्राथमिकताका साथ एकीकृत समाजवादीलाई सहभागी गराउने बताइए पनि कति र कुनकुन मन्त्रालय भन्ने अझै तय भएको छैन। 

सो पार्टीलाई सञ्चार मन्त्रालय दिएर सन्तुलन मिलाउने तयारी भइरहेको पनि जनाइएको छ। नेपाल नेतृत्वको पार्टीको बैठकले राष्ट्रिय परिषद्बाट पदाधिकारी चयन नभएसम्म अन्तरिम हाई कमान्ड गठन गरेर सरकारमा जाने निर्णय गरेको छ। साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई समेटेर हाई कमान्ड बनाइएको हो। हाई कमान्डमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्। हमालबाहेक अरू एमालेको स्थायी कमिटीमा थिए।

सरकारमा जाने मन्त्रीको नाम भने यही हाई कमान्डले चयन गर्ने मुकुन्द न्यौपानेले बताए। उनका अनुसार सरकार विस्तारको तयारी भएकाले पार्टीले सहभागी हुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटब्युरो र स्थायी कमिटी चयन गरिने जानकारी पनि उनले दिए। मन्त्रालय बाँडफाँट टुंगिएपछि सरकारमा जाने मन्त्रीहरूको नाम तय हुने न्यौपानेको भनाइ छ।

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे
०१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन्छौँः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए।

उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। तपाई बिदा हुनुहुन्छ। भोट हाल्दैनौँ भनेको छु। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरे बाहिर निस्किन्छौँ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस