दैलेखमा १५ जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधिएको छ। नेकपा एमाले माधव समूहले बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी समानान्तरण बनाएपछि माधव समूहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको हो।
नेकपा एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडा अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण सोधिनेमा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, वडा नम्वर –१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ, नगरसभा सदस्य रमेश केसी, हर्कबहादुर नेपाली र नमराज शाही, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डा विन्द्रासैनी नगरपालिकका उपमेयर ताराकुमारी शाही, नौमुले गाउँपालिका –४ का वडा अध्यक्ष गजबहादुर ढेंगामगर, गाउँसभा सदस्य दिपक हमाल, भगवतीमाई गाउँपालिकाका –४ का वडा अध्यक्ष कृष्णबहादुर थापा, २ का वडा अध्यक्ष कर्णबहादुर शाही, डुगेश्वर गाउँपालिका –२ का वडा अध्यक्ष राजु केसी, आठविस नगरपालिका –५ का वडा अध्यक्ष कर्णबहादुर आले र गुराँस गाउँपालिकाका गाउँसभा सदस्य पशुपती शर्मा छन्।
त्यस्तै प्रदेश कमिटी सदस्य टेकबहादुर खाण, बरुनाथ योगी, सावित्री मल्ल, मयाराम अधिकारीलाई आवश्यक कार्बाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ । स्पष्टीकरणमा चित्तबुझदो जवाफ नआएमा र पार्टीको हितविपरित जाने जो कोहीलाई पनि दलको विधानअनुसार कार्बाही हुने एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए।
त्यस्तै पार्टीका जिल्ला सदस्यदेखि गाउँपालिकाका पदाधिकारी र विभिन्न भ्रातृ संगठनका ११ जनालाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ।
समानान्तर कमिटीका अध्यक्ष बरुनाथ योगीले आफूहरुले नेकपा एमाले पुनर्गठन गरेकोले आधिकारिक आफूहरु भएको दाबी गर्दै स्पष्टिकरण र कार्बाहीको धम्कीले फरक नपर्ने बताए।
नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन।
'पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने,'अब ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो।'
उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे।
नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। उनले बैठकमा सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।