गोविन्द केसी
एक वर्षमा एक हजार ७६८ लागूऔषध कारोबारी पक्राउ, १३ सयमाथि मुद्दा दर्ता
नेपालमा लागूऔषध कारोबारविरुद्ध प्रहरीको अभियान गत आर्थिक वर्षमा अझ तीव्र देखिएको छ।
ट्रक र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, कर्णाली राजमार्ग अवरुद्ध
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
कर्णालीमा दुई महिनादेखि ग्यासको हाहाकार
कर्णाली प्रदेशका सुर्खेतसहित विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको दुई महिनादेखि अभाव हुँदा जनजीवन प्रभावित बनेको छ।
दुई अटो ठोक्किँदा एक घाइते, अर्का चालक फरार
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ०६७८ नम्बरको अटोका चालक वीरेन्द्रनगर-१३ निवासी अन्दाजी २५ वर्षीय धनवीर गाहा मगरलाई नियन्त्रणमा लिइएको छ।
कर्णाली निर्माण व्यवसायी महासंघको अध्यक्षमा बम
दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको अधिवेशनमा अध्यक्ष मानव बमको सहजीकरणमा सर्वसम्मत रूपमा प्रदेश कार्यसमिति चयन भएको हो ।
कर्णालीमा भागबन्डा मिलेन
स्रोतका अनुसार एमालेले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहआयोजक सामाजिक विकास मन्त्रालयसहित चार मन्त्रालय मागेको छ, तर नेकपाले तीन/तीन मन्त्रालय लिनुपर्ने अडान लिएको छ।
सुर्खेतमा निर्माण व्यवसायी अधिवेशन : निर्माण क्षेत्रका चुनौतीबारे साझा धारणा तय गर्ने अपेक्षा
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिँदै छ। अध्यक्ष पदका प्रमुख दाबेदारका रूपमा महासचिव मानव बमको नाम चर्चामा रहेको भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको महासंघ स्रोतले जनाएको छ।
अटोको ठक्करबाट वृद्धको मृत्यु
अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।
२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी प्रहरीको फन्दामा
चेक अनादर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।
Loading...