पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई अपिल
०७ साउन २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई अपिल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रम गरेर पोखरामा बुधबार पुष्पलाल स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई आग्रह गरेका छन् । पार्टी विभाजनले जनताको चाहनामाथि कुठाराघात गर्नुका साथै समग्र कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउने भन्दै उनीहरुले पार्टी एकतालाई अझ मजबुत पारेर जान सुझाव दिएका हुन् ।

कार्यक्रमका प्रमुख वक्ता नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी एक हुनुको विकल्प नभएको बताए । पार्टी विभाजनको कुनै गुञ्जायस छैन,‘उनले भने,‘नेतृत्वले कार्यशैली सुधारेर पार्टी एकताबद्ध बनाउनुको विकल्प छैन ।’ पार्टी अहिले विशिष्ट अवस्थामा रहेको भन्दै यसलाई जोगाई राख्नु नेतृत्वसँगै नेता, कार्यकर्ताको पनि कर्तव्य भएकोमा उनले जोड दिए ।

अधिकारीले भारतीय बिस्तारवादले नेपालको भूमि मिचेको दाबी गरे । कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका क्षेत्र भारतले कब्जा गरेको छ,‘उनले भने,‘उक्त जमिन फिर्ता ल्याउनका लागि पनि हामी भारतसँग लड्नुपर्छ ।’ उनले भारतीय बिस्तारवादले भूमि मिचिरहँदा उत्तरतर्फको छिमेकी राष्ट्र चीनले भने एक ईञ्च पनि भूमि नमिचेको दाबी गरे ।

नेता अधिकारीले नेकपाले कांग्रेसलाई हेर्ने दृष्टिकोणसमेत स्पष्ट (क्लियर) गर्नुपर्ने बताए । कांग्रेस प्रतिक्रियावादी नै हो,‘उनले भने,‘हामीले कांग्रेसलाई हेर्ने दृष्टिकोण क्लियर गर्नुपर्छ र त्यहाँ रहेका श्रमजिवी, ईमान्दार, देशभक्तहरुलाई फिर्ता ल्याउनुपर्छ ।’ उनले नेकपाका केन्द्रीय सदस्यहरुको सम्पूर्ण सम्पती पार्टीकरण गर्नुपर्नेसमेत बताए । साम्यवादसम्म पुग्ने कार्यदिशा बनाएको नेकपाका नेताहरुले व्यक्तिगत सम्पती राख्न नहुने उनको भनाई थियो ।

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण)ले जस्तोसुकै परिस्थितिमा पनि पार्टी एकता जोगाई राख्नुपर्नेमा जोड दिए । एजेण्डावाइज रुपमा नेताहरुको बिचार र दृष्टिकोण फरक हुनसक्छ,‘उनले भने,‘तर कम्युनिष्ट सिद्धान्तमा रहेर अहिलेको एकताको पक्षमा सम्पूर्ण नेता कार्यकर्ता दृढतापूर्वक उभिनुपर्छ ।’ उनले बिचारको बहस गर्दै जानुपर्ने तर एकता भने जोगाई राख्नु देश र जनताका लागि अपरिहार्य भएकोमा जोड दिए ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बखानसिंह तमु (आभाष)ले सञ्चालन गरेका थिए ।

लोकप्रिय
अर्को समाचार
एमाले विघटित कार्य दलको बैठकः पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड
१६ साउन २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले विघटित कार्य दलको बैठकः पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन।  

'पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने,'अब ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो।'

उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे।

नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। उनले बैठकमा सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भएको बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस