ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला
०५ चैत्र २०७७
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।  

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता खनाल र नेपाल समूहलाई राष्ट्रिय कार्यकर्ता भेला गरे कारबाही गर्ने चेतावनी दिए पनि भेला रोकिएन। ‘हामी मन, वचन र कर्मले पार्टी एकताको पक्षमा छौं, विभाजनको पक्षमा छैनौं, पार्टी एकता जोगाउँछौं। अर्को पक्ष हामी छुट्टिएर गए हुन्थ्यो भन्नेमा छ तर हामी पार्टी फुटाउने वा छुट्टिने पक्षमा छैनौं, एकताका पक्षमा छौं’, भट्टराईले भने। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमालेको एकतालाई खारेज गरेका कारण पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किएको तर ओली पक्षले एकलौटी ढंगले केन्द्रीय कमिटीमा सदस्य थप र मनमौजी गर्न थालेकाले त्यसलाई सच्याउन भेला गर्नुपरेको भट्टराईले बताए।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए ब्यानरमा अर्कै नाम हुन्थ्यो। यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका छ, हाम्रो मेहनत, पसिना छ, लाखौं सदस्यको सहभागिता र नेताको भूमिका छ, मन, वचन र कर्मले यो पार्टी विभाजन हुन दिँदैनौं’, उनले भने। उनले सर्वोच्चको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको र त्यसैका आधारमा एकता हुनुपर्छ भनेर भेला राखिएको प्रष्ट पारे। ‘२०७५ साल जेठ २ गतेको संगठनमा फर्कन र त्यसैलाई एकताको मुख्य आधार बनाउनुपर्छ भनेर भेला आयोजना भएको हो’, उनले भने, ‘हामी समान्नातर कमिटी चलाउँदैनौं, २०७५ जेठ २ गतेअघिको कमिटी चलाउँछौं’, भट्टराईले भने।  

भट्टराईले पार्टी अध्यक्ष ओलीले चैत ७ गतेका लागि बोलाएको बैठक केन्द्रीय कमिटीको नभएको बताए। उनले पार्टी २०७५ जेठ २ गतेको अवस्थामा नफर्किएसम्म आफूहरू कुनै पनि बैठकमा सहभागी नहुनेसमेत बताए। पार्टी अध्यक्ष ओलीले कारबाही गर्ने चेतावनी दिए पनि त्यसका लागि तयार भएरै भेला गरिएको आयोजक पक्षले जनाएको छ। ‘हामी नेकपा एमालेलाई बलियो बनाउने अभियानमा छौं, पार्टी विधिले सञ्चालन गर्नुपर्छ। हामिले नवौं महाधिवेशनको नीति, विधि र विधानअनुसार पार्टी चल्नपर्छ भनेका छौं। पार्टीलाई विधिमा चलाउने दायित्व अध्यक्षको हो’, भेलामा सहभागी केन्द्रीय सदस्य ठाकुर गैरेले भने।

गुट बनाउने ओली  

एमाले वरिष्ठ नेता खनालले पार्टीभित्र ओलीले मदन भण्डारी फाउण्डेसनका नाममा गुटगत भेलाको सुरुवात गरेको आरोप लगाएका छन्। भेलालाई सम्बोधन गर्दै खनालले मदन भण्डारीका नाममा ओलीले गुट भेला गर्दै गुटबन्दीलाई संस्थागत गरेको आरोप लगाए। उनले ओलीकै कारण पार्टीमा विधि, पद्धति मिचिनुका साथै वैचारिक र सैद्धान्तिक विचलन आएको बताए।  

‘ओलीले पार्टीमा निरंकुशता लाद्ने, पार्टीलाई बेवास्ता गर्ने, विधि पद्धति मिच्ने काम गरेका छन्। विधि मिच्ने र गुटबन्दी गर्ने काम उनकै हो’, खनालले भने। ओलीको नेतृत्वमा सरकार गठन भएपछि ३ वटा बजेट ल्याउँदा पनि पार्टीका नीति र स्रोतहरू प्रतिविम्बित हुन नसकेको खनालले बताए। ओलीले पार्टी घोषणापत्रअनुसार कुनै पनि काम गर्न नसकेको र बजेटमा घोषणापत्रमा भएका कुनै पनि कार्यक्रम समावशे खगरेको आरोप खनालले लगाए।  

जबज ओलीले नै हटाए  

भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले म नै राष्ट्र हुँ भन्ने ओलीले माओवादी केन्द्रसँगको एकीकरणका बेला जनताको बहुदलीय जनवादलाई पार्टीबाट खुसुक्क हटाएको बताए। ओलीमा आफूलाई केन्द्रविन्दुमा राख्ने व्यक्तिवादी र तानाशाही प्रवृत्ति रहेकै कारण जबज सिध्याउने काम भएको नेपालको भनाइ थियो। ‘जबज सिध्याउने काम तपाईं (ओली) ले गर्नुभयो, जबजबारे अडान लिनुभएन, खुसुक्क हटाउनुभयो। आज आएर मदन भण्डारीको विरासत हामीले थामेको भनेर नक्कली कुरा गर्नुहुन्छ उहाँ,’ नेपालले भने। ओलीले जबजको नारा दिएर निरंकुश प्रवृत्ति कायमै राखेको पनि नेपालले बताए।  

दस समूहमा छलफल  

भेलामा सहभागीलाई १० समूहमा विभाजन गरी छलफल सुरु गरिएको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरी छलफल थालिएको हो। ‘प्रदेश, विभाग र जनवर्गीय संगठन गरी भेलामा सहभागीलाई १० समूहमा राखेर छलफल गर्ने र सुझाव लिने काम भइरहेको छ’, रिजालले भने।

एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते आफू निकट केन्द्रीय सदस्यहरूको बैठक राखेर नेपाल–खनाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका थिए। त्यसको प्रतिवाद गर्न र आगामी यात्रा तय गर्न नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो। ओली पक्षले एकलौटी रूपमा महाधिवेशन मिति घोषणा गर्ने, केन्द्रीय समितिमा सदस्य थप्नेलगायतका निर्णय गरेको थियो।

एमाले जोगाउन राष्ट्रिय भेला  

भेलामा वरिष्ठ नेता नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी जोगाउन कार्यकर्ता भेला गर्नुपरेको बताएका छन्। ‘आन्दोलनमा उतार–चढाव र विचारमा तलमाथि भएका अनेकौं कठिन क्षणहरूमा यसले आन्तरिक लोकतन्त्रको बलमा आफूलाई एकताबद्ध नै राखेको छ र कठिनाइमाथि विजयी भएको छ। अरू कैयन् पार्टी विचारका हिसाबले क्रान्तिकारी छन् तर नेकपा एमालेको लोकतान्त्रिक चरित्रले उनीहरूभन्दा यसलाई अगुवा देखाउँछ। अरू कैयन् पार्टीले लोकतन्त्रको दाबी गर्छन् तर श्रमजीवी वर्गप्रति नेकपा एमालेको प्रतिबद्धताले यसलाई तिनीहरूभन्दा अब्बल राख्छ। यही हो नेकपा एमालेको जीवन,’ प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘तर आज पार्टीमा जे हुँदैछ, त्यसले पार्टीलाई न त क्रान्तिकारी न त लोकतान्त्रिक रहन दिन्छ। अर्थात् हामी आज नेकपा एमालेका आधारभूत मूल्यहरूको रक्षा र विकासको चिन्ताले भेला भएका छौँ। हामी नेकपा एमालेका लागि यही हो आजको असाधारण परिस्थिति।’

नेपालले प्रतिवेदनमा भारतले नेपाललाई नाकाबन्दी गरेपछि प्रधानमन्त्री बनेका ओलीमा व्यत्तिवादी सोच हाबी भएको उल्लेख गरेका छन्। ‘वस्तुतः नाकाबन्दीको सामना गरेको सरकारको प्रधानमन्त्रीका रूपमा कमरेड केपी ओलीको लोकप्रियता बढेपछि उहाँमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गए। सरकारमा भएको र सरकार लोकप्रिय नै भएको हुँदा अध्यक्षका रूपमा पार्टी सञ्चालनमा उहाँका कमजोरी ओझेलमा परेका थिए’, प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा नेकपा एमालेले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा पुगेको उल्लेख छ। ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए। उहाँलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौं प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे। त्यसको पराकाष्टा वामपन्थीहरूको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो’, प्रतिवेदनमा लेखिएको छ।  

नेता नेपालले प्रतिनिधिसभा विघटनको दुर्घटना टरेकै बेला संविधानको गलत व्याख्या गर्दै सर्वोच्च अदालतले दुई पार्टीको राजनीतिक एकतालाई अस्वीकार गर्दै एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्‍याएको उल्लेख गरेका छन्। त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाहरूको प्रतिकूल भएको प्रतिवेदनमा उल्लेख छ। ‘त्यसमा समेत हर्ष बढ्याइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउनु भयो’, प्रतिवेदनमा उल्लेख छ।  

एकीकरणपूर्वको अवस्थाबाट पार्टी जीवनलाई सुचारु बनाउने सम्भावना अझै बाँकी हुँदाहुँदै पनि अध्यक्ष ओली नेकपा एमालेलाई समेत विभाजित गर्न अगाडि बढेको आरोप नेपालको छ। ‘यसक्रममा गत फागुन २८ गते उहाँ (ओली) ले आफ्नो गुटको भेला गर्नुभयो र पार्टीको विधान र परम्पराविपरीत त्यसै भेलालाई नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य जारी गर्नुभयो। यसरी कमरेड केपी ओली सुनियोजित रूपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न नेकपा एमालेका समस्त सदस्यलाई गोलबद्ध गर्नु अनिवार्य भयो। त्यही ऐतिहासिक दायित्व बोधका साथ यो राष्ट्रिय भेला आयोजना गरिएको हो’, नेपालको प्रतिवेदनमा उल्लेख छ।  

भेलामा पुराना नेता  

भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली, कमल कोइराला, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रितलगायत उपस्थित थिए। २०२८ सालमा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदलीय व्यवस्था पुनर्बहालीसँगै २०४७ सालमा अन्तरिम सरकारको मन्त्री भएका थिए।  

नेपाल–खनालको भेलामा सहभागी भए कारबाही गर्ने चेतावनी ओली पक्षले दिएको छ। तर आयोजक पक्षले यसलाई पार्टीको आधिकारिक भेला दाबी गरेको छ। ओली पक्षका महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ विज्ञप्तिमार्फत नेपाल–खनालको भेलामा नजान र गए कारबाही हुने सर्कुलर गरेका थिए। ओली पक्षले कारबाही गर्ने धम्की दिए पनि भेलामा उत्साहजनक सहभागिता रहेको आयोजक पक्षले जनाएको छ। भेला उद्घाटन सत्रमा करिब ५ हजारजना र बन्द सत्रमा ४ हजार ५ सय जना सहभागी भएको दाबी आयोजक पक्षको छ।

लोकप्रिय
अर्को समाचार
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष
२६ माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।

बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस