नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।
आजको भेटवार्तामा प्रचण्डले गौतमलाई आफूहरुको पक्षमा आउन आग्रह गरेका थिए। जवाफ गौतमले आफू अझैपनि पार्टी एकताको पक्षमा रहेको बताएको स्रोतले जनाएको छ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल पक्ष दुई कित्तामा छुट्टिएका थिए। तर, गौतम भने आफू तटस्थ रहेको बताउँदै आएका छन्। उनी अहिलेसम्म कुनै पक्षले बोलाएको बैठकमा गएका छैनन्।
नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन।
'पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने,'अब ढिला गर्नुको अर्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो।'
उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे।
नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। उनले बैठकमा सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।