व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना
०७ पौष २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय अगाडि धर्ना दिंदै विराटनगरका उद्योगी व्यापारीहरू। तस्बिरः चुमन बस्नेत /नागरिक

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्। मोरङ व्यापार संघबाट बिरोध र्‍यालीसहित पुगेका उद्योगी व्यापारीले राष्ट्रबैंकको विराटनगर स्थित कार्यालय अगाडि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म धर्ना दिएका हुन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजना तथा उद्योगी व्यवसायीहरूका विभिन्न संघसंस्थाको एकबद्धतामा विराटनगर स्थित राष्ट्र बैंकको कार्यालयमाधर्ना दिइएको हो। उद्योगी व्यवसायीहरूले माग पुरा नभए थप सशक्त आन्दोलन अगाडी बढाउने बताएका छन्। राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्मजारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।

अध्यक्ष रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए। उनले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजीकर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए। रिजालले भने,'अबको आन्दोलन माग पुरा नभएसम्म रोकिंदैन।’ 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थ नीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए। अध्यक्ष घिमिरेले अहिलेको विकराल परिस्थिति र आर्थिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार भएको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले चर्को व्याजदरका काराण समग्र अर्थतन्त्रमै समस्या देखिन थालेको बताए। उनले आफूहरूले पटक–पटक व्याजदर घटाउने उपाय दिंदासमेत नेपाल राष्ट्र बैंकले ध्यान नदिएको र सरकारले पनि आफूहरूको माग सुनुवाइ नगरेका कारण आन्दोलनमै उत्रन बाध्य भएको बताए।  

लोकप्रिय
अर्को समाचार
नीतिगत भ्रष्टाचार रोक्न माग
१८ मंसिर २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नीतिगत भ्रष्टाचार रोक्न माग
‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ अन्तरसंवादमा धारणा राख्दै पूर्व अर्थमन्त्री युवराज खतिवडा र कांग्रेस नेता मिनेन्द्र रिजाल। तस्बिर : चुमन/नागरिक

नीतिगत भ्रष्टाचार रोक्न मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्। मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा उद्योगी व्यवसायीले नीतिगत भ्रष्टाचार रोक्न माग गरेका हुन्।

उद्योगी शंकरलाल अग्रवालले नीतिगत भ्रष्टाचार रहेसम्म आर्थिक विकास संभव नरहेको बताए। उनले नेपालका उद्योगीहरूले यतिवेला अपेक्षा गर्ने आधारसमेत नदेखिएको धारणा राखे। उत्पादन गर्नेभन्दा उपभोक्तालाई महँगीको मारमा पार्ने सरकारी नीतिले अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको उनको भनाइ छ। ‘उत्पादन बढाउने, माग सिर्जना गर्ने भन्दा उपोभोक्तलाई महँगीमा पार्ने सरकारी नीतिले चौतर्फी समस्या निम्त्याइरहेको छ।’

अग्रवालले राजनीतिक र व्यक्तिगत स्वार्थका आधारमा नीति निर्माण गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र थिलथिलो बनाइसकेकाले अब यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए।

उद्योगी खेमचन्द्र जैनले नीतिगत भ्रष्टाचार नहटेसम्म आर्थिक क्षेत्रको विकास संभव नहुने बताए। ऋण लिएर देश चलाउने प्रवृत्तिले विदशेबाट लिने ऋणभन्दा तिर्नुपर्ने ब्याज बढी हुने अवस्थामा पुगेको जैनको भनाइ छ। उनले प्राप्त हुने वैदेशिक ऋणभन्दा लिएको कुल ऋणको तिर्नुपर्ने ब्याज बढी हुने अवस्था आइसकेका कारण समयमै सचेत नभए संकट निम्तिने बताए।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगी व्यवसायीलाई कस्ने र थुन्ने सरकारको नीतिले अर्थतन्त्रमा सुधार नआउने बताए। उनले कुरा सुन्नेभन्दा थुन्ने र उद्योगी व्यवसायीलाई विभिन्न कानून देखाएर तर्साउने प्रवृत्तिले समस्याको समाधान नहुने धारणा राखे।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले चर्को ब्याजदरको समस्या बिस्तारै हल हुने क्रममा देखिएको धारणा राखे। ब्याजदर घट्दै गएर अर्थतन्त्र चलायमान बन्दै जाने अवस्था सिर्जना हुँदै गएको बताए। राजनीतिक तजबिजीको आधारमा आर्थिक नीतिहरू बनाउँदा अर्थतन्त्रमा समस्या देखिने गरेको बताए।

खतिवडाले विगतमा राजनीतिक तजबिजीकै आधारमा सामान आयातको कोटा तोकिँदा समग्र अर्थतन्त्रमा नै शिथिलता देखिएको बताए। वस्तु आयातमा १० प्रतिशतको मार्जिनलाई एकैपटक सय प्रतिशत पु¥याउनु गलत भएको बताए।

खतिवडाले भने ‘सामान आयातमा १० प्रतिशत मार्जिनको नीतिलाई राजनीतिक तजबिजीको आधारमा एकै पटक सय प्रतिशत पुर्‍याउनु गलत भयो।’ खतिवडाले उत्पादनमा प्रोत्साहनको नीति ठीक रहे पनि निर्यातमा प्रोत्साहनको नीति विभेदरहित बनाउनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपालको अर्थतन्त्रको चरित्र फेरिएको बताए। उनले उपभोग गर्न सक्ने तर उत्पादन गर्न नसक्ने अवस्थाले अर्थतन्त्रमा समस्या निम्त्याएको धारणा राखे।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस