भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ। संघले एक कार्यक्रमबीच दुई देशका राजदूतहरुलाई भक्तपुरमा स्वागत गरी यसबारे छललफ गरेको हो। थाईल्याण्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत गरी भक्तपुर जिल्लाको आर्थिक विकासमा थाईल्याण्ड र श्रीलंकाका छलफल भएको हो।
कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको हकहितको रक्षाका साथ साथै उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघले थाईल्याण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने कुरा बताए। श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्शसित भ्रातृत्व सम्बन्ध विकासका लागि गर्नु पहल र सहयोगका लागि धन्यबाद ज्ञापन गरे। थाईल्याण्डका उद्योग वाणिज्य संघहरुसित सम्बन्ध स्थापित गर्न सहयोगका लागि पनि थाईल्याण्डका राजदूतलाई अनुरोध गरे।
कार्यक्रममा थाईल्याण्डका राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पुर्याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताए। उनले भक्तपुर उद्योग वाणिज्य संघको न्यानो आतिथ्यताको लागि हार्दिक आभार व्यक्त गरे।
त्यस्तै श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको कुरा सुनाउँदै श्रीलंका र नेपाल दुबै पर्यटन उद्योगमा केन्द्रित मूलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताइन्। उनले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पुर्याउने विश्वास दिलाइन्।
संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्योग व्यवसाय क्षेत्रको विकासका लागि सहकार्य आवश्यक भएको बताइन्। कार्यक्रममा संघका सल्लाहकार, कार्यसमिति सदस्य एवं बिभिन्न बस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो। छलफलपछि दुई राजदूतहरुलाई भक्तपुरका विभिन्न सम्पदाहरुको अवलोकन भ्रमण गराइएको थियो।
नीतिगत भ्रष्टाचार रोक्न मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्। मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा उद्योगी व्यवसायीले नीतिगत भ्रष्टाचार रोक्न माग गरेका हुन्।
उद्योगी शंकरलाल अग्रवालले नीतिगत भ्रष्टाचार रहेसम्म आर्थिक विकास संभव नरहेको बताए। उनले नेपालका उद्योगीहरूले यतिवेला अपेक्षा गर्ने आधारसमेत नदेखिएको धारणा राखे। उत्पादन गर्नेभन्दा उपभोक्तालाई महँगीको मारमा पार्ने सरकारी नीतिले अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको उनको भनाइ छ। ‘उत्पादन बढाउने, माग सिर्जना गर्ने भन्दा उपोभोक्तलाई महँगीमा पार्ने सरकारी नीतिले चौतर्फी समस्या निम्त्याइरहेको छ।’
अग्रवालले राजनीतिक र व्यक्तिगत स्वार्थका आधारमा नीति निर्माण गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र थिलथिलो बनाइसकेकाले अब यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए।
उद्योगी खेमचन्द्र जैनले नीतिगत भ्रष्टाचार नहटेसम्म आर्थिक क्षेत्रको विकास संभव नहुने बताए। ऋण लिएर देश चलाउने प्रवृत्तिले विदशेबाट लिने ऋणभन्दा तिर्नुपर्ने ब्याज बढी हुने अवस्थामा पुगेको जैनको भनाइ छ। उनले प्राप्त हुने वैदेशिक ऋणभन्दा लिएको कुल ऋणको तिर्नुपर्ने ब्याज बढी हुने अवस्था आइसकेका कारण समयमै सचेत नभए संकट निम्तिने बताए।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगी व्यवसायीलाई कस्ने र थुन्ने सरकारको नीतिले अर्थतन्त्रमा सुधार नआउने बताए। उनले कुरा सुन्नेभन्दा थुन्ने र उद्योगी व्यवसायीलाई विभिन्न कानून देखाएर तर्साउने प्रवृत्तिले समस्याको समाधान नहुने धारणा राखे।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले चर्को ब्याजदरको समस्या बिस्तारै हल हुने क्रममा देखिएको धारणा राखे। ब्याजदर घट्दै गएर अर्थतन्त्र चलायमान बन्दै जाने अवस्था सिर्जना हुँदै गएको बताए। राजनीतिक तजबिजीको आधारमा आर्थिक नीतिहरू बनाउँदा अर्थतन्त्रमा समस्या देखिने गरेको बताए।
खतिवडाले विगतमा राजनीतिक तजबिजीकै आधारमा सामान आयातको कोटा तोकिँदा समग्र अर्थतन्त्रमा नै शिथिलता देखिएको बताए। वस्तु आयातमा १० प्रतिशतको मार्जिनलाई एकैपटक सय प्रतिशत पु¥याउनु गलत भएको बताए।
खतिवडाले भने ‘सामान आयातमा १० प्रतिशत मार्जिनको नीतिलाई राजनीतिक तजबिजीको आधारमा एकै पटक सय प्रतिशत पुर्याउनु गलत भयो।’ खतिवडाले उत्पादनमा प्रोत्साहनको नीति ठीक रहे पनि निर्यातमा प्रोत्साहनको नीति विभेदरहित बनाउनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपालको अर्थतन्त्रको चरित्र फेरिएको बताए। उनले उपभोग गर्न सक्ने तर उत्पादन गर्न नसक्ने अवस्थाले अर्थतन्त्रमा समस्या निम्त्याएको धारणा राखे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।