बैंकको व्याजदर घटाउन माग
२२ असार २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बैंकको व्याजदर घटाउन माग
बैंक व्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्रबैंक विराटनगर मार्फत गभर्नरलाइ ज्ञापनपत्र बुझाउँदै प्रदेश १ काउद्योगीव्यवसायी । तस्बिर : नागरिक

बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।  

उद्योग व्यवसाय फष्टाए मात्रै बैंक पनि फष्टाउने भएकाले बैंकको व्याजदर घटाएर लकडाउनका कारण मारमा परेको उद्योगी व्यवसायीलाई राहत दिन उद्योगी व्यवसायीको माग छ । प्रदेश १ का उद्योगी व्यवसायीको टोलिले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै बैंकको व्याजदर घटाउनुपर्ने, बैंकको किस्ता तिर्ने अवधि थप गर्नुपर्ने, पुर्नकर्जाको सुविधा साना ठूला सबै उद्योगले सहज रुपमा पाउनु पर्ने माग गरेको छ । 

यस्तै लकडाउन अवधिको विमा प्रिमियम छुटदिन, विद्युत डिमाण्ड शुल्क छुट सम्बन्धी सरकारले गरेको निर्णय कार्यान्वयनगर्न,आय कर र राजस्व बुझाउने बारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न उद्योगीहरूले माग गरेका छन् । प्रदेश १ का उद्योगी व्यवसायीका ३६ वटा संघ संस्थाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत संघीय सरकार, आन्तरिक मामिला तथा कानुनमन्त्रीमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । 

यस्तै राष्ट्रबैक विराटनगर कार्यालय मार्फत गभर्नर, विद्युत प्राधिकरण प्रदेश कार्यालय मार्फत कार्यकारी निर्देशक र विमा समितिलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले उठाएका विषयलाई सम्बोधन गर्न माग गरेका हुन् ।

लोकप्रिय
अर्को समाचार
बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग
०१ माघ २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग
सुनचाँदी व्यवसायी संघको अधिवेशनमा सहभागी अतिथि तथा आयोजक। तस्बिर: महेश्वर

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्। सुनचाँदी व्यवसायी संघ उदयपुरको पाँचौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको अवसरमा व्यवसायीहरुले यस्तो माग गरेका हुन्।

अधिवेशन उद्घाटनको क्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिपिन्द्र रामुदामुले बैंकहरुको अचाक्ली चर्को व्याजदर र सरकारको विभिन्न नामका करका कारण व्यापार व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे। उनले बर्तमान सरकार सुनचाँदी व्यवसायीको हितमा नदेखिएको भन्दै कोविड कहरले ध्वस्त अर्थतन्त्र बचाउन लागिरहेका व्यापारी व्यवसायीलाई बैंकको चर्को व्याजदर र सरकारी करले उठ्नै नसक्ने अवस्थामा पुर्याएको बताए।

अर्थतन्त्र ध्वस्त भएको कठिन र प्रतिकुल अवस्थामा पनि व्यवसायलाई निरन्तर सञ्चालन गर्दै आएका व्यवसायीलाई राज्यले सहुलियत व्याजदरमा ऋण, कर छुटजस्ता सेवा सुविधा दिनुपर्ने उनको भनाइ थियो। तर, त्यसको साटो चर्को कर र बढ्दो व्याजदरले व्यवसायीलाई सकसमा पारेको उनको गुनासो थियो। बाणिज्य बैंकहरुले आफुखुशी बढाएको व्याजदरले व्यापारी व्यवसायीको ढाड सेक्ने काम भइरहेको भन्दै उनले यसबारे सरकारले चासो नदिएकाले व्यवसाय चौपट हुने अवस्था सिर्जना भएको बताए।

एकातिर सुनचाँदीको मूल्य उच्च भएर साना व्यवसायीहरु व्यापार गर्नै नसक्ने अवस्थामा पुगेका बेला अर्कोतर्फ बैंकहरुले चर्को व्याजदर वृद्धि गर्नुका साथै सरकारले विभिन्न नामको कर बढाउँदा व्यवसाय बन्द गर्नुपर्ने बाध्यता आउन लागेको उपाध्यक्ष रामुदामुले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुृरका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघ अध्यक्ष रमेश रसाईली लगायतले सनचाँदीमा मिसावट हुने गरेको गुनासो ग्राहकबाट आएको बताउँदै सुद्धताको खाँचो औंल्याए। अविधेशनमा जिल्लाको सुनचाँदी व्यवसायमा अमूल्य योगदान गरेको भन्दै ब्भििन्न व्यक्तिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

खुला शत्रपछि शनिबार अवेर सम्पन्न अधिवेशनको बन्दशत्रले काशीनाथ साहलाई अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बन्दशत्रले निबर्तमान अध्यक्ष गजेन्द्र बराईली र प्रकाश गजमेरलाई अध्यक्षपछिको दोस्रो र तेस्रो वरियताको सदस्य चयन गरेको छ। वरिष्ठ उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, प्रथम उपाध्यक्ष सतिशकुमार साह र द्वितीय उपाध्यक्ष सुरेन्द्र लुहागुनलाई छानेको छ।

त्यसैगरी महासचिव दिपककुमार साह, सचिव प्रदिप वराईली, कोषाध्यक्ष रञ्जिता गजमेर र सहकोषाध्यक्ष रामकुमार विश्वकर्मालाई चयन गरेको निर्वाचन समितिले जनाएको छ। राजेन्द्र पुर्वे, रञ्जित खाती, राम गजमेर, आयुष बराईली, सन्तोष गदाईली, प्रनिश साह र गितादेवी साहलाई सदस्य चयन गरेको छ। सल्लाहकारमा लालबहादुर विक, श्रवण विक, सन्तोषप्रसाद स्वर्णकार, राम बराईली, डिवि लामिछानेलाई छानेको अधिवेशनले सोमनाथ ढुंगानालाई कानुनी सल्लाहकार चयन गरेको निवर्तमान अध्यक्ष गजेन्द्र बराईलीले बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस