संग्रह
दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट
बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगी व्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् ।
बहिनीको एक कलले स्वदेशमै व्यवसायी बनायो
२०५७ सालतिरको कुरा हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका सेनाम नुर्पु घले विदेश जान प्रयास गर्दै थिए । उनको बहिनी पहिलै विदेश गइसकेकी थिइन् । उनी यहाँ थोरै चौरी पालेर बसिरहेका थिए । यहाँ भन्दा विदेशमा राम्रो कमाइ हुने आशामा उनको मनले उनलाई विदेश तिर धकेल्दै थियो ।
व्यवसायीलाई चार महिनाको भाडा छुट दिने नगरपालिकाको निर्णय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।
बजार खोल्ने कि बन्द गर्ने ?
ललितपुर र काठमाडौं महानगरपालिकाले व्यवसायीहरूलाई दिनभरी पसल खोल्न र विस्तारै व्यवसाय अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर जनप्रतिनिधिलाई सोधेर उच्च सावधान अपनाएर सटर खोल्न सुरु गरेका पनि प्रहरीले भने संक्रमण बढेको भन्दै जारी लकडाउनलाई कडा गर्ने नीति लिनथालेको छ । व्यापारिक केन्द्र न्युरोडमा प्रहरी र व्यवसायीबीच यही कारणलार्ई लिएर मंगलबार झडप नै भयो ।
रसुवागढी नाका खोल्न व्यवसायीले पहल थाले
करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् ।
व्यवसायीको ढोकामा पुगेर सिडिओले भने : ‘सामाजिक दुरी कायम गरिदिनुस’
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा माइकसहित सुरक्षाकर्मी साथमा लिएर खलंगाबजारमा निस्किएपछि धेरैले निषेधाज्ञा जारी हुने अड्कल काटे ।
आर्थिक चपेटामा सैलुन व्यवसायी
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सावधानीस्वरूप लागू गरेको बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय जेठ २८ गते गर्यो । ८० दिनदेखि बन्द पसल सञ्चालन गर्दा व्यापारी खुसी थिए । अर्काेथरिका व्यापारीमा भने निरासाको बादल हटेन । वरिपरिका पसल निर्वाध चलेका छन् त्यहिँ भिडमा रहेको जयकुमार ठाकुरको सैलुन खुलेन ।
बैंकको व्याजदर घटाउन माग
बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।
मौद्रिक निति पछि पनि व्यवसायीलाई बैंकको मानसिक दबाब
कोरोना भाईरसको माहामारी तथा लकडाउनको प्रभावमा थलिएका व्यवसायीका लागी नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत राहत प्याकेज घोषणा गरेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले पिडित उद्योगी तथा व्यवसायीलाई किस्ता असुल्ने नाममा मानसिक दबाब दिन नछाडेको व्यवसायीले बताएका छन् ।
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।