बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
०६ साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरेर यही साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

लोकप्रिय
अर्को समाचार
मौद्रिक निति पछि पनि व्यवसायीलाई बैंकको मानसिक दबाब
०५ साउन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
मौद्रिक निति पछि पनि व्यवसायीलाई बैंकको मानसिक दबाब

कोरोना भाईरसको माहामारी तथा लकडाउनको प्रभावमा थलिएका व्यवसायीका लागी नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत राहत प्याकेज घोषणा गरेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले पिडित उद्योगी तथा व्यवसायीलाई किस्ता असुल्ने नाममा मानसिक दबाब दिन नछाडेको व्यवसायीले बताएका छन् ।  

राष्ट्र बैंकले लकडाउनको मारमा परेका उद्योगी व्यवसायी र ऋणीहरूका लागी मौद्रिक निति मार्फत राहतत प्याकेज घोषणा गरेको ४ दिन बितिसक्दा समेत दोलखाका बैंक तथा बित्तिय संस्थाका कर्मचारीले कोरोनाका कारण पिडित बनेका व्यवसायीलाई कर्जाको किस्ता तथा व्याज असुलीका नाममा घरमै पुगेर मानसिक यातना दिईरहेको भन्दै दोलखा उद्योग बाणिज्य संघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।  

राष्ट्र बैंकले मौद्रिक निति मार्फत लकडाउनको मारमा परेको निजी क्षेत्रका उद्योग र व्यवसाय पुनः उठाउने गरी राहत प्याकेज अघि सारेपनि जिल्लाका बैंक तथा बित्तिय संस्थाले सावाँ तथा व्याज असुलीका नाममा घरमा पुगेर परिवार समेतलाई मानसिक दबाब दिन नछाडेको भन्दै दोलखा उद्योग बाििणज्य संघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।  

संघले वक्तव्य निकालेर समस्याग्रस्त बनेको उद्योग व्यवसाय पुन उठाउन भुमिका खेल्नुपर्नेमा घर घरमा पुगेर व्यवसायीलाई धम्क्याउने र मानििसक तनाव दिने कार्य बन्द गर्न आग्रह गरेको छ । संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठद्धारा जारी वक्तव्यमा राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेको ऋणीहरूलाई राहत हुने गरी मौद्रिक निती जारी गरे घर घरमा पुगेर व्यवसायीहरूलाई किस्ता र व्याज नतिरे कालोसुचीमा राखिदिने र लिलाम गर्ने भन्दै परिवारकै अगाडी मानसिक यातना दिने क्रम नरोकिएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न भनिएको छ ।  

‘कोरोनाको प्रभावमा परेका व्यवसायीहरूका लागी मौद्रिक नितिले धेरै कुरा सम्बोधन गरिसकेको छ, तर उक्त मौद्रिक निति पछि समेत सावाँ तथा व्याज असुल्ने नाममा मानसिक रुपमा दबाब दिन छाडिएको छैन’ श्रेष्ठले भने, ‘कोरोनाले संसारभरी नै तनाव दिएको यो अवस्थामा जिल्लाका बैंक तथा बित्तिय संस्थाको यस्तो कार्यले कुनै उद्योगी व्यवसायी वा ऋणीको पारिवारिक या निजी जिवनमा नराम्रो भए त्यसको परिणाम सम्बन्धीत संस्थाले नै भोग्नु पर्नेछ’ ।  

अध्यक्ष श्रेष्ठले कोरोनाका कारण डुबिरहेको व्यवसायलाई उकास्ने दायित्व सम्बन्धीत व्यवसायी संगै कर्जा दिने बित्तिय संस्थाको समेत भएकाले सहकार्य गरेर दोलखाको व्यवसाय र अर्थतन्त्र उकास्न आग्रह गरे ।  

यसै बिच उद्योग बाणिज्य संघ दोलखाले चरिकोटको प्रभु बैंक र सेन्चुरी कर्मशियल बैंकका शाखा प्रमुख र कर्मचारीले ऋणी तथा व्यवसायीहरूलाई घरघरमै पुगेर दुव्र्यवहार गरेको आरोप समेत लगाएको छ । बिज्ञप्तीमा ति बैंकका शाखा प्रबन्धक र कर्मचारीले किस्ता र व्याज उठाउने नाममा पिडित बनेका व्यवसायीलाई दुव्र्यवहार गरेको आरोप लगाईएको छ । जिल्लाका व्यवसायी र बैंकहरूको सम्बन्धमा आँच आउने कार्यशैली देखाउने शाखा प्रमुखहरूलाई संघले कार्बाहीको माग समेत गरेको छ । यस अघि उद्योग बाणिज्य संघ दोलखाले कोरोनाको माहामारी पछि परेको असर बारे जिल्लामा रहेका बैंक तथा बित्तिय संस्थाहरू संग छलफल समेत गरेको थियो ।  

सहकारी पनि उस्तै

व्यवसायीहरूका अनुसार कोरोनाको मारमा परेका ऋणीहरूबाट किस्ता र व्याज उठाउने नाममा जिल्लाका ठुला सहकारीहरूले मानसिक तनाव दिन शुरु गरेका छन् ।  

‘यसको पसलमा कति पैसा जम्मा हुन्छ र लिएर जान पाईन्छ भनेर सञ्चालक र कर्मचारीहरू दिनभर ऋणीहरूका पसलमा बस्न शुरु गरेका छन’ चरिकोटका एक हाड्वयर व्यवसायीले भने, ‘ऋण तिर्नुपर्छ भन्ने थाहा छ, तर उठाउने नाममा पसलमा आएर बसेर मानसिक रुपमा दबाब दिन थालेका छन’ ।  

राष्ट्र बैंकले राहत प्याकेज घोषणा गरेपनि सहकारीहरूले सदस्यहरूलाई उचित सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन सकेका छैनन् । केही सहकारीका सञ्चालक समितिले असार सम्म्म ब्याज छुट स्किम ल्याएपनि व्याज दिन नसक्नेहरूलाई साउन देखी फेरी हर्जाना लगाउन शुरु गरेका छन् । यसले लकडाउनको मारमा परेर किस्ता हाल्न नसकेका ऋणीहरू फेरी सहकारीबाट हर्जानाको तनावमा पर्न शुरु गरेका छन् ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस