आर्थिक चपेटामा सैलुन व्यवसायी
१९ असार २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
आर्थिक चपेटामा सैलुन व्यवसायी

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सावधानीस्वरूप लागू गरेको बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय जेठ २८ गते गर्यो । ८० दिनदेखि बन्द पसल सञ्चालन गर्दा व्यापारी खुसी थिए । अर्काेथरिका व्यापारीमा भने निरासाको बादल हटेन । वरिपरिका पसल निर्वाध चलेका छन् त्यहिँ भिडमा रहेको जयकुमार ठाकुरको सैलुन खुलेन । मोबाइल, खाद्यान्न तथा अन्य पसलहरू खुल्दा चैत ११ गतेदेखि उनको पसलमा ताला झुण्डिएको छ । यस्तोमा उनलाई सुखी होइन झन निरास बनाएको छ । उनीजस्तै वीरेन्द्रनगरस्थित यरीचौकका अधिकांश पसल खुला छन् । तर विडम्बना त्यहिँ पसलका भिडमा रहेको न्यू लुक्स जेन्स पार्लर भने बन्द छ ।

लकडाउनको ठूलो मारमा परेका जयकुमार ठाकुरको पनि सैलुन बन्द छ । उनले आफू मात्र होइन आठजनालाई रोजगारी दिएका थिए । अहिले उनीहरू सहित सुर्खेतका सबै सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । अन्य व्यवसाय सञ्चालन खुले पनि सैलुन व्यवसाय सञ्चालनका लागि सरकारले थप निर्णय नगर्दा जीविको पार्जनका लागि समस्या हुँदै आएको सैलुन व्यवसायीहरू बताउँछन् । सरकारले व्यवसाय खोल्न पाउने विभेदकारी निर्णय गर्दा आफ्नो व्यवसाय ठप्प भएको सैलुन व्यवसायीको छाता संगठन नेपाल नाइ संघ सुर्खेतले जनाएको छ ।

जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरू खुला गर्न दिने निर्णय गरेको थियो । निजीसहितका सबै निर्माण कार्य, विकास आयोजना तथा सपिङ मल, सैलेन सेन्टर, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्रीबाहेक) पार्टी प्यालेस, सिनेमा हलबाहेकका व्यापार–व्यवसाय तथा पसलहरू खुला गर्ने निर्णय गरेको थियो । यो निर्णय अव्यावहारिक र विभेदकारी भएको सैलन व्यवसायी विनोद ठाकुरको भनाइ छ । ‘अरु पसलमा आउँदा जोखिम नहुने र सैलुनमा आउँदा जोखिम हुने हुँदैन,’ उनले भने, ‘सरकारले विभेदकारी निर्णय गर्यो ।’ सैलुन व्यापारीहरूलाई पनि सुरक्षात्मक सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने अर्का सैलुन व्यापारी शम्भु ठाकुरको माग छ ।

जनकपुरबाट पाँच वर्ष अघि वीरेन्द्रनगर आएका विनोद ठाकुरको आय स्रोत यही पसल हो । लकडाउनले व्यवसाय बन्द हुँदा दैनिक गुजारा गर्न समस्या भएको छ । ‘दिनमा कमाउँदै साँझबिहानको छाक टार्ने गथ्र्ये,’ उनी भन्छन्, ‘पसल बन्द हुँदा ऋण काडेर दैनिकी चलाइ रहेको छुँ ।’ पसल बन्द हुँदा उनको मात्र रोजगारी खोसिएको छैन सुर्खेतका करिब एक सय जनाभन्दा बढीको रोजगारी खोसिएको छ । अरु व्यापार जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउनु पर्ने भन्दै शुक्रबार सैलुन व्यापारीहरूले संयुक्तरूप जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

न्यून आर्थिक अवस्था भएका सैलुन व्यवसायीलाई समस्या हुँदा जीविका चलाउन समस्यो भएको अर्का सैलुन व्यवसायी मनोज ठाकुर बताउँछन् । ‘हाम्रो अन्य कुनै वैकल्पिक व्यवसाय पनि छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जीविका निर्वाह, औषधि उपचार गर्न र कोठा भाडा तिर्न समस्या भएको छ ।’ उनीहरूले पसल सञ्चालन र ऋणको ब्याज मिनाहका लागि पहल गरिदिन प्रशासनलाई आग्रह गरेका छन् । दैनिक एक हजारदेखि पाँच हजारसम्म आम्दानी गर्ने उनीहरूको आम्दानीको स्रोत नै सैलुन हो ।

सुर्खेतमा हाल करिब ५० वटाभन्दा बढी सैलुन पसल छन् । सरकारले अर्काे निर्णय नगर्दा ती सबै पसल बन्द अवस्थामा छन् । सरकारले पसल सञ्चालनका लागि निर्णय गर्नुपर्ने त्यो भएन भने सैलुन व्यवसायीका परिवारलाई खानपिनका लागि सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन् ।

लोकप्रिय
अर्को समाचार
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
०६ साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरेर यही साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस