बहिनीको एक कलले स्वदेशमै व्यवसायी बनायो
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
बहिनीको एक कलले स्वदेशमै व्यवसायी बनायो
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका व्यावसायिक चौरीपालक कृषक सेनाम नुर्पु घले । तस्बिर : हिमनाथ/नागरिक

२०५७ सालतिरको कुरा हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका सेनाम नुर्पु घले विदेश जान प्रयास गर्दै थिए । उनको बहिनी पहिलै विदेश गइसकेकी थिइन् । उनी यहाँ थोरै चौरी पालेर बसिरहेका थिए । यहाँ भन्दा विदेशमा राम्रो कमाइ हुने आशामा उनको मनले उनलाई विदेश तिर धकेल्दै थियो ।

राहदानी बनिसकेको थियो । जाने तयारी हुँदै थियो । एक दिन उनको बहिनीले फोन गर्दा उनले विदेश जाने आफ्नो योजना सुनाए । कुरा गर्दै जाँदा उनको बहिनीले भनिन् ‘विदेशमा दुःख हुन्छ नआउनुस् । आफ्नै ठाउँमा परिश्रम गरे सुख पाइन्छ ।’  

त्यसपछि उनले चौरी पालनलाई नै अगाडि बढाउने विचार गरे । चौरी थपे । आफूले जानेको सीपको उपयोग गरेर यही केही गर्दा फाइदा पुग्ने र परिवारसँग बस्न पाइने आशाले उनले यसलाई निरन्तरता दिए ।  

उनले चौरी पाल्न थालेको ३६ वर्ष भयो । उनीसँग अहिले ७२ वटा चौरी छन् । तीमध्ये ४० वटा दुहुनो छ । अहिले उनको गोठ सिङ्दप खर्कमा पुगेको छ । उनको गोठ यहाँ जेठ महिनाभरी रहन्छ । असार लागेपछि उनको चौरी गोठ फुलुङ खर्कमा पुग्छ । अहिले लकडाउनको कारण उनले दुध बिक्री गर्न पाएका छैनन् ।  

अहिले चीज उत्पादन केन्द्र बन्द भएका कारण उनले घिउ र दुर्खा बनाइरहेका छन् । दिनको तीन चार किलो उत्पादन हुन्छ । उत्पादन केन्द्र खुलेपछि दुध केन्द्रमा बेच्ने उनको तयारी छ । दुर्खाको बजार छैन । ‘मैले चौरी पाल्न थालेको करिब ३६ वर्ष भयो । सुरुमा थोरै मात्र चौरी पालेको थिएँ’, उनले भने, ‘केन्द्र आएर दुध लिन थालेपछि चौरी बढाएको हो ।’ अहिले केन्द्र बन्द हुँदा समस्या आएका छ । लकडाउनका कारण केन्द्र सञ्चालनमा नआएको हो । ‘विदेश भन्दा यही ठिक होला भनेर चौरी पालन सुरु गरेको हो’, उनले भने, यो भन्दा अघि त यस्तो समस्या आएको थिएन ।’ लकडाउनले गरेर केन्द्रले अहिलेसम्म दुध लिएको छैन ।  

पहिले केन्द्रले बैशाख १ गतेदेखि कार्तिक ८ गतेसम्म दुध लिन्थ्यो । फागुनबाट चौरीको सिजन सुरु हुने भएकाले बैशाखबाट दुध लिँदा ठिक हुन्छ । यसको बाह्रै महिना सिजन हुन्न । अहिले ओखलढुंगादेखि चौरी ल्याएर पालिरहेका छन् । पहिले बिक्रीको समस्या थिएन ।  

कृषकले दुध उपलब्ध गराएकै कारण केन्द्र चलेको बताउँदै उनले अहिले कृषकलाई समस्या पर्दा केन्द्रले हेर्न पर्ने बताए । ‘दुध, छुर्पी र घिउ बिक्री भए पो हामीले ज्यान पाल्ने हो’, उनले भने, ‘अब चौरी किनेको पैसा पनि कसरी उठाउने भन्ने समस्या छ ।’ लकडाउन अघि सबै चौरीको बिमा हुन्थ्यो अहिले बिमा पनि भएको छैन ।  

घिउको बजार भएपनि दुर्खाको बजार छैन । उनी अहिले ३८ वर्षको भए । उनी अहिले वार्षिक ५ लाखसम्म आम्दानी गर्छन् । विदेशमा गएर अर्काको काम गर्नुभन्दा आफ्नै काम गर्ने भनेर यो पेसा अंगालेको उनले बताए । धुन्चे क्षेत्रमा अहिले १५ वटा गोठ छ । रसुवाभरी अहिले सय चानचुन गोठ रहेको उनले बताए ।

खर्कमा घाँस कम हुँदै गयो

यसपाली धेरै हिउँ पर्‍यो । हावाहुरीका कारण धेरै रुखहरू ढल्यो । अहिले चौरी हिँड्ने बाटै छैन । भएका सबै गोठका मान्छे भएर पनि बाटो बनाउन सकिने अवस्था छैन । यो खर्कमा पानी पर्याप्त छैन । खानेपानी धेरै टाढा छ । जाने बाटो छैन । चौरी पाल्ने कृषक घट्छन् कि भन्ने उनलाई चिन्ता लागेको छ । पहिले धेरै खर्क थियो । अहिले खर्क घटेर गयो । रुख र काडाले खर्क छोपिँदै गयो । त्यसकारण खर्कमा घाँस पनि घट्दै गयो ।  

चौरीको संख्या भने बढ्दै गएको छ । उनी अहिले फुलुङ मानेचो व्यवसायी चौरी पालन समूहको अध्यक्ष छन् । यो समूहमा २५ जना सदस्य छन् । उनले यही समूह मार्फत युवालाई समेत आकर्षित गराएका छन् । 

लोकप्रिय
अर्को समाचार
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
०६ साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले गत असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरेर यही साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस