यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, किर्तिपुरमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ।
मदन भण्डारी फाउण्डेशनको बैठकले २०७७ सालको सो पुरस्कार नरहरीनाथ गा.पा.४ कालिकोटकी सहकरी र इच्छाकामना गाउँपालिका ३ का गुरुङलाई दिने निर्णय गरेको हो।
उक्त पुरस्कार २०७८ साल असार १४ गते मदन भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने फाउण्डेसनले जनाएको छ। समाजमा सकारात्मक योगदान प्रदान गर्नुहुने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यस अघि हाँस्य कलाकार महजोडी, शहिद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।
यसपटक सम्मानपत्रसहित एकलाख धनराशीको पुरस्कार स्टाफ नर्स सुनिता सहकरी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्न लागिएको हो। फाउण्डेशनले जनस्वास्थ्यको क्षेत्र, विशेषतः कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीहरुको सेवामा दिनरात खटेर सेवा गर्नुभएकोमा उहाँहरुको योगदानको उच्च मूल्याङ्क गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो।
नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
यही मंसिर ४ गते बर्दियामा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी मंगलबार(हिजो) भेरी अस्पतालमा आएर भर्ना भएका थिए।
स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
योसँगै बाँकेका ३ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।