अस्पतालको वार्डमै तीज मनाउने चेली
२४ भदौ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
अस्पतालको वार्डमै तीज मनाउने चेली
नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा रहेका बिरामीको सेवा गर्दै नर्स। तस्बिर: अर्जुन ओली/नागरिक

बाहिर जताततै हरितालिका तीजको रौनक छाएको छ। तीजको अवसरमा थुप्रै चेलीहरू आफ्नो माइती घर पुगेका छन्। तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन। 

तीजको पूर्वसन्ध्यामा कोभिड वार्डमा भेटिएकी मधुले बिरामीको सेवा गर्ने आफ्नो पेसा भएकाले चार्डपर्वले आफूलाई खासै नछुने बताइन्। ‘चाडपर्वमा रमाईलो गर्ने इच्छा भए पनि नर्सिङ पेसा अरूको जस्तो धेरै दिनसम्म बिदा लिएर मनाउँदैनौं,’ उनले नागरिकसँग भनिन्,’ अस्पतालकै वार्डमा जति सक्छौं साथीसँग मिलेर सामान्य रूपले तीज मनाउँछौं।’

बाँकेको कोहलपुर निवासी मधु विगत एक वर्षदेखि भेरी अस्पतालमा कार्यरत छिन्। गत वर्ष पनि कोरोनाबाट आफै संक्रमित हुँदा आफ्नो तीज अस्पतालको वार्डमै बितेको उनी सम्झिन्छिन्। यस वर्ष तीज मनाउने सोच भए पनि पछिल्लो समयमा तीव्र रूपमा बढेको कोरोना संक्रमणले बिरामीको चाप बढेका कारण तीज वार्डमै मनाउने अवस्था आएको उनले बताइन्।

मधुको जस्तै नर्सिङ अधिकृत मौनता अर्यालको पनि तीज यसपटक कोभिड वार्डमै बित्दैछ। चार्डपर्व आए पनि आफ्नो जिम्मेवारीका हिसाबले बिरामीको सेवामै समर्पित हुनुपर्ने अवस्था रहेको उनी बताउँछिन्। ‘चार्डपर्व आउँदा खुसी लाग्ने स्वभाविक कुरा हो, तर कुन कुराले खुसी दिन्छ, त्यो महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘कोभिड वार्डमा धेरैजना संक्रमितले अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ, उहाँहरूको सेवा गर्नु हाम्रो लागि महत्वपूर्ण कुरा हो, बिरामीलाई सञ्चो भयो भने त्यहीअनुसार हामी खुसी र सन्तुष्ट हुन्छौं।’

एकातिर कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ, अर्कोतिर नेपाली महिलाको महान पर्व तीजको रौनकता छाएको छ। महामारी बढिरहँदा पनि सबैको ध्यान तीजले तानेको छ। संक्रमण बढ्दा अस्पतालमा संक्रमित बिरामीको चाप पनि बढिरहेको छ। भेरी अस्पतालको कोभिड वार्ड बिरामीले खचाखच भरिएका छन्। कोरोना संक्रमितको चाप बढेका कारण चार्डपर्वको मुखमा नर्स लगायत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको जिम्मेवारी पनि बढेको हो। अस्पताल प्रशासनका अनुसार भेरी अस्पताले अहिले ४० देखी ४५ जना संक्रमित भर्ना छन्।  

अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ कोभिड संक्रमित बिरामीको संख्या बढेकाले सबै नर्सलाई विदा दिएर तीज मनाउन सम्भव नभएको बताउँछिन्। ‘हामी जहाँ ड्युटी गर्छौ त्यही बसेका कर्मचारीको परिवार जस्तो बनेर रमाउन अथवा फ्रेस हुनका लागि विभन्न कार्यक्रम आयोजना गरी तीज मनाउने पहिलेदेखी कै परम्परा हो,’ उनले भनिन्, ‘चौबिसै घण्टा बिरामीको वरिपरी रहेर वा नजिकमा रहेर सेवा प्रदान गर्नुपर्ने हुनाले त्यहाँ छोड्न नमिल्ने हुँदा वार्डमै यस्ता चार्डपर्व मनाउँदै आएको परम्परालाई निरन्तरता दिएका छौं।’ कोरोना संक्रमण अहिले पनि उत्तिकै जटिल अवस्थामा रहेकाले नर्सको जिम्मेवारी झन् धेरै रहेको श्रेष्ठले बताइन्।

लोकप्रिय
अर्को समाचार
भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
२२ मंसिर २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

यही मंसिर ४ गते बर्दियामा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो।  त्यसपछि उनी मंगलबार(हिजो) भेरी अस्पतालमा आएर भर्ना भएका थिए। 

स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

योसँगै बाँकेका ३ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस